नोबेल शान्ति पुरस्कारका लागि जेलेन्स्कीलाई मनोनयन गर्न माग

काठमाडौं । विभिन्न युरोपेली मुलुकका राजनीतिज्ञहरूको एक समूहले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र त्यहाँका नागरिकलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गर्न आग्रह गरेका छन् ।

विभिन्न युरोपेली मुलुकका ३६ जना राजनीतिज्ञहरूले एउटा खुला पत्रमार्फत् उक्त पुरस्कारका लागि जेलेन्स्की र युक्रेनका नागरिकलाई मनोनयन गर्न आग्रह गरेका हुन् । पत्रमा हस्ताक्षर गर्ने राजनीतिज्ञमा नेदरल्याण्ड, बेलायत, जर्मनी, स्विडेन, इस्टोनिया, बुल्गेरिया, रोमानिया र स्लोभाकियाका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार