१९ वर्षमुनिको एशिया कप छनौट: नेपाल ९ विकेटले विजयी

काठमाडौं । मलेशियामा जारी १९ वर्षमूनीको एसिया कप छनौट प्रतियोगितामा नेपाल ९ विकेटले विजयी भएको छ ।

बुधबार विहान मलेशिया किनरारा ओभल मैदानमा भएको खेलमा टस जितेर व्यटिङ रोजेको भुटनले जम्मा ५० रन मात्र जोड्न सक्यो ।

नेपालले कप्तान दीपेन्द्रिसंह ऐरीको ५ विकेटको सहयोगमा भुटानलार्इ ५० रनमै समेट्दै जित निकालेको हो ।

नेपाली बलरहरू सामु निरिह देखिएको भुटानी टोली २५ ओभरमै अल आउट भएको थियो । नेपालले पाएको लक्ष्य एक विकेटको नोक्सानीमा हासिल गर्दै खेल ९ विकेटले जितेको हो ।

भुटानका तर्फबाट उगेन दोर्जी १३ र तासी फुन्सो १६ ले रन बनाए ।

नेपालका संदिप लामिछानेले ७ ओभर बलिङ गर्दै ७ रन खर्चेर ४ विकेट लिए भने कप्तान दीपेन्द्रले ८ ओभर बलिङ गर्दै २३ रन दिएर ५ विकेट लिए । यस्तै नन्दन यादवले एक विकेट लिए ।

नेपालका सन्दिप सुनारले २१, महोम्मद आरिफ सेख र अनिल कुमार शाहले नटआउट क्रमशः २३ र ५ रन बनाए ।

नेपालले भोलि मलेशियाको क्लव अमानमा सिंगापुरसँग प्रतिस्पर्धा गर्नेछ ।

Related posts

Leave a Comment