अख्तियारले राष्ट्र बैैंकबाट १ अर्ब बढि लगानीको बिवरण माग्यो, ३ हप्तादेखी अनुसन्धान

बैंक कर्जा लिएर नाघिसकेकोे म्याद थप्दै भाका बढाएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल राष्ट्र बैंकबाट कागजपत्र उठाएको छ ।

विभिन्न मितिमा उद्योग व्यवसायका लागी भन्दै भएको एक अर्ब रुपैयाँभन्दा बढीको लगानीको विवरण अख्तियार प्रमुखकै निर्देशनमा राष्ट्र बैंकबाट झिकाएको नेपाल अख्तियार स्रोतले जानकारी दिएको छ ।

गैरकानुनी कर्जा प्रवाहमा अनुसन्धान गर्न भन्दै ३ हप्तापहिले नै अख्तियारले सबै कागजात तानेर अनुसन्धान शुरु गरेको भएपनि कुन कुन उद्योग र फर्म र व्यक्तिमाथी अनुसन्धान भईरहेको छ भन्ने बारे भन्ने स्रोतले बताएन । एक अर्बभन्दा बढी ऋण लिई चुक्ता हुन बाँकी, भाखा नाघेका व्यापारिक फर्म, उद्दोग, संस्था एवं कम्पनीहरूको विवरण झिकाएको भने स्रोतको भनाई छ । विभिन्न प्रयोजन राखेर ठूलो परिमाणमा लिएको ऋण दुरुपयोग भएको भन्दै छानबिनको मागसहित अख्तियारमा परेको उजुरीका आधारमा राष्ट्र बैंकबाट सबै बिवरण झिकाएर अनुसन्धान शुरु भएको होे ।

यसरि भएको ऋण लगानीको अवस्था जोखिमपूर्ण र शंकास्पद रहेको दाबी समेत अख्तियारमा परेको उजुरीमा उल्लेख थियो । यसरि शुरु भएको अनुसन्धानमा अख्तियारको पत्रअनुसार राष्ट्र बैंकले मुलुकभरका बैंकबाट विवरण संकलन गरी अख्तियारमा पठाउनुपर्ने उल्लेख भएपनि पहिलोपटक उपत्याकाभित्रको बिवरण राष्ट्र बैंकले अख्तियारलाई बुझाएपनि देशभरको बिवरण भने संकलनकै क्रममा रहेको राष्ट्र बैंक स्रोत बताउछ । अख्तियारमा सबै बिवरण प्राप्तभईसकेपछि अनुसन्धानमार्फत कारबाही अघि बढाउनुपर्ने अवस्था देखिएमा कानुनअनुसार कारबाहीको प्रक्रियामा जानेछ ।

Related posts

Leave a Comment