अमेरिका क्यानडा लगायत दर्जन मुलुकमा निर्यातका लागी जुट्यो सरकार

वाणिज्य मन्त्रालयले नेपालमा उत्पादित वस्तुको बिक्रीवितरणका लागि सम्भावित १० मुलुकलाई छानेर ति देशको सम्भावाना र चुनौतिका बिषयमा अध्ययान थालेको छ ।

नेपाली वस्तुको व्यापार विविधीकरण र बजारीकरणका लागि सबै भन्दा बढि सम्भावना भएका मुलुकमा निर्यात प्रवर्द्धन र सम्भाव्यना पहिलाउने रणनीतिअनुसार वाणिज्य मन्त्रालयले त्यस्ता देशको प्रोफाइल नै तयार गरेर काम थालेको हो ।

मन्त्रालय स्रोतका अनुसार भारत, चीन, अमेरिका, जर्मनी, बङ्गलादेश, जापान, इटली, क्यानडा, बेलायत र फ्रान्स गरी १० ओटा मुलुकलाई केन्द्रमा राखेर अहिले सम्भाव्यताको बिस्तृत अध्ययान हुदैछ ।

केही बर्षअघिदेखी नै यो अध्ययान थाल्ने तयारी गरिएको भएपनि नेपालको अस्थिर राजनीति र सम्बन्धित देशको कानुनी जटिलताका कारण यसमा ढिलाई भएको थियो । नेपालबाट खासगरी तयारी पोशाक, धागो, अदुवा, अलैंची, छालाजन्य वस्तु, जडीबुटी, पश्मिना, नेपाली कागज, चियालगायत वस्तु निर्यात हुने गरेको छ ।

पछिल्लो समय शुरुभएको अध्ययानपछि सम्बन्धित देशको माग, निर्यातको अवस्था, यसका समस्या, र चुनौतिका बिषयमा बिस्तृत अध्ययान हुनेछ । अध्ययानपछि ति मुलुकमा १ दर्जन वस्तु तत्काल निर्यातको सम्भावना रहेकाले नेपालको बढ्दो व्यापारघाटा कम गर्न सहयोग पुग्ने मन्त्रालय स्रोतको दाबी छ ।

Related posts

Leave a Comment