अपांग महासंघको ठहारः ‘बौद्धिक अपांगता भएका मानिस गरिबीको दुष्चक्रमा’

काठमाडौँ | बौद्धिक अपांगता भएका अधिकांश मानिसको सामाजिक जीवन गरिबीको दुष्चक्रमा परेको पाइएको छ ।  राष्ट्रिय अपांग महासंघले आज आयोजना गरेको छलफल कार्यक्रममा सहभागी वक्ताले उनीहरुले शिक्षा प्राप्त गर्न नसक्ने हुँदा रोजगारी पाउन नसक्ने समस्याका कारण गरिबी बढ्ने गरेकामा चिन्ता गरेको छ । अटिज्म (सुस्त मनस्थिति), डाउन सिन्ड्रम(बौद्धिक अपांगता) र मनोसामाजिक अपांगतालाई लिइएको छ ।

महासंघका महासचिव राजु बस्नेतले उनीहरुलाई सामाजिक रुपान्तरणका लागि सरकारी तथा गैरसरकारी संस्थाले आर्थिक सशक्तीकरणका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।

महासंघका पूर्वसचिव महेश्वर घिमिरेले उनीहरु शारीरिक र मानसिक समस्याले ग्रसित हुने हुँदा समाजमा स्थापित गर्न कठिन रहेको बताउँदै बौद्धिक अपांगताका समस्याबारे सरकार गम्भीर हुनुपर्ने बताए ।

पत्रकार रवीन थपालियाले बौद्धिक अपांगता भएका मानिस आफ्नो अधिकारका लागि संघर्ष गर्न नसक्ने हुँदा उनीहरुलाई सरकारले उपलब्ध गराउने आरक्षणको सुविधाबारे सरोकार पक्ष अनभिज्ञ रहेको जानकारी गराउनुभयो ।

 

Related posts

Leave a Comment