राष्ट्रिय वाणिज्य बैंकमा २४९ जनाको लागि जागिर खुल्यो

टिभी अन्नपूर्ण २८ भदौ, काठमाडौं ।

राष्ट्रिय वाणिज्य बैंकले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । वाणिज्य बैंकले केन्द्रीय कार्यालय, क्षेत्रीय कार्यालय र शाखा कार्यालयहरुमा रिक्त रहेका विभिन्न पदका लागि दरखास्त आह्वान गरेको हो ।

बैंकको मानव संशाधन विभागले मंगलबार एक सूचना जारी गर्दै खुल्ला प्रतियोगिताबाट २४९ जनाको लागि दरखास्त आह्वान गरेको छ ।

जसअनुसार सहायक प्रवन्धक ६९ जना, वरिष्ठ सहायक १९ जना, वरिष्ठ सहायक (नगद) ५० जना, वरिष्ठ सहायक (कम्प्युटर अपरेटर) ६ जना, सहायक ५५ जना र सहायक (नदग) ५० जना माग गरिएको छ भने त्यसमासमावेशी सिद्धान्त समेत अवलम्बन गरिएको छ ।

इच्छुक र योग्य उम्मेद्वारले एक महिनाभित्र तोकिएको स्थानमा दरखास्त बुझाउन सक्नेछन् । यस्तै त्यसपछिको सातदिन भित्र पनि दोब्बर दस्तुर तिरेर दरखास्त बुझाउन सकिने छ ।

jagir

Related posts

Leave a Comment