खुल्यो राष्ट्रिय वाणिज्य बैंकमा २५० जनाको लागि जागिर

टिभी अन्नपूर्ण, भदौ २९

राष्ट्रिय वाणिज्य बैंकले विभिन्न पदहरुमा २४९ कर्मचारीको लागि आवेदन माग गरेको छ । बैंकले प्रशासनमा सहायक प्रवन्धक ६९ कर्मजारी माग गरेको छ । यसमा आवेदन दिने आवेदकले अर्थशास्त्र वा ब्यवस्थापन संकायमा स्नातकोत्तर उत्तिर्ण गरेको हुनु पर्छ ।

त्यस्तै बैंकले कम्प्युटर तथा प्रशासनमा ७५ जना वरिष्ठ सहायक र सहायक पदका लागि १०५ जना कर्मचारी माग गरेको हो । वरिष्ठ सहायकका लागि आवेदन दिनेले अर्थशास्त्र वा ब्यवस्थापन संकायमा स्नातक तथा सहायकका लागि १२ कक्षा वा सोसरह उत्र्तिण भएको हुनुपर्ने गरी शैक्षित योग्यता तोकिएको छ ।

माग गरिएका कर्मचारीमा महिला, दलित, आदिबासी तथा जनजाति, अपाङ्ग र पिछडिएकमा क्षेत्रको आरक्षण कोटा छुट्याइएको छ ।

योग्यता पुगेका इच्छुक व्यक्तिले असोज २८ गतेसम्म आवेदन दिन सक्ने छन । दरखास्त बैंकको केन्द्रीय कार्यालय सिंहदरवार प्लाजामा बुझाउनु पर्ने हुन्छ । लिखित परिक्षा लोक सेवा आयोगले लिने छ ।

महिला कर्मचारीका लागि ६ महिना र पुरुष कर्मचारीलाई १ वर्षे परीक्षणकाल तोकिएको छ ।

Related posts

Leave a Comment