महानगरका फुयाँल र श्रेष्ठमाथि ३ करोड भ्रष्ट्राचारको मुद्दा दायर

टिभी अन्नपूर्ण/

काठमाण्डौं, ३० कात्तिक । काठमाडौं महानगरपालिकाका दुई इञ्जिनियरविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । सरकारी सेवाको दुरुपयोग गरी अकुत सम्पत्ति कमाएको भन्दै उनीहलाई मुद्दा दर्ता गरेको जनाएको छ ।

महानगरपालिकाको वरिष्ठ इञ्जिनियर रामहरि फुयाँल र इञ्जिनियर गम्भिरलाल श्रेष्ठविरुद्ध हिजो सोमबार मुद्दा दायर भएको थियो । आयोगका अनुसार इञ्जिनियर श्रेष्ठको सम्पत्ति छानबिन गर्दा उनीहरुले आय आर्जन गरेको वैध आयको तुलनामा स्रोत नखुलेको सम्पत्ति भेटिएको आयोगले दाबी गरेको छ ।

श्रेष्ठका नाममा १ करोड २९ लाख र फुयाँलका नाममा २ करोड ७३ लाख ९ हजार बराबरको स्रोत नखुलेको सम्पत्ति पाइएको हो ।

Related posts

Leave a Comment