लोकसेवाद्धारा ५०४ शाखा अधिकृतका लागि दरखास्त आह्वान

टिभी अन्नपूर्ण २९ मंसिर, काठमाडौं ।

लोक सेवा आयोगले राजपत्रांकित तृतीय श्रेणीको अप्राविधिक तर्फ ५०४ शाखा अधिकृत पदको लागी दरखास्त आह्वान गरेको छ ।

आयोगले संयुक्त तथा एकीकृत परीक्षा प्रणाली अन्तर्गत प्रतियोगितात्मक लिखित परीक्षाका लागि दखास्त आह्वान गरेको हो । आयोगले सबै सेवामा खुला र समावेशी गरी ५०४ शाखा अधिकृतका लागि दरखास्त आह्वान गरेको हो । खुला तर्फ दुई सय ७४ तथा दुई सय ३० पदको लागि दरखास्त आह्वान गरेको छ । व्यवस्थापिका संसद, कानुन, न्याय, परराष्ट्र, सामान्य प्रशासन, लेखा, राजस्व, लेखापरीक्षण सेवामा दरखास्त आह्वान भएको हो ।

महिलाबाट ७३ तथा ६५, आदिवासी जनजातीबाट ६६ तथा ५८ जनाको माग गरिएको छ । त्यस्तै मधेशी तर्फबाट ५१ र ४४, दलितबाट १९ र १७, अपांगबाट १० र ७ पिछडिएको क्षेत्रबाट २२ जनाको माग गरिएको छ ।

आउँदो पुष १९ गतेसम्म सामान्य र त्यसपछि पुष २६ गतेसम्म दोब्बर दस्तुरमा दरखास्त दिन सकिने आयोगले जनाएको छ । अनलाइन तथा आयोगका क्षेत्रीय कार्यालय, अञ्चल कार्यालय तथा जिल्ला हुलाक कार्यालयबाट निवेदन बुझाउन सकिनेछ ।

psc

Related posts

Leave a Comment