चन्द्रागिरी केबलकार धार्मिक पर्यटनको नमुना : प्रधानमन्त्री (भिडियोसहित)

टिभी अन्नपूर्ण ३० मंसिर, काठमाडौं ।

पाँच महिना पहिलेदेखि सञ्चालनमा आएको चन्द्रागिरी केबलकारको आज औपचारिकरुपमा उद्घाटन भएको छ ।

साउन २४ गते बैदिक विधीअनुसार उद्घाटन गर्दै सञ्चालनमा आएको केबलकार आजदेखी औपचारिकरुपमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नु भएको छ ।

औपचारीक रुपमा उद्घाटन हुनुअगावै चन्द्रागिरी केबलकारले पाँच महिनाको अवधिमा दुई लाख २५ हजार यात्रुले चन्द्रागिरीको अबलोकन गरिसकेका छन् । अहिले सम्म केबलकारले १४ करोड बराबरको कारोबार गरिसकेको चन्द्रागिरी हिल्स लिमिटेडका अध्यक्ष चन्द्र प्रसाद ढकालले जानकारी  दिनुभयो ।

tv annapurna

चन्द्रागिरि हिल्स लिमिटेडले बनाएको केवलकारको उद्घाटन गर्दै दाहालले निजी क्षेत्रको भिजन, इच्छाशक्ति, पूँजी, विज्ञान र प्रविधिको समिश्रणले चन्द्रागिरि केबलकारसहित पर्यटकीय गन्तव्यको रुपमा विकास भएको बताउनुभयो । कार्यक्रममा उहाँले निजी क्षेत्र विकासको संवाहक भएको बताउनुभयो। प्रधानमन्त्री पुष्पकमल दाहालले निजी क्षेत्रले सम्मान गर्न योग्य परियोजना निर्माण गरेकोले सरकार र निजी क्षेत्र सहकार्य गरेर अघि बढ्नु पर्ने बताउनुभएको छ ।

‘चन्द्रागिरि परियोजना समयमै सम्पन्न गरेर सरकार र कर्मचारीलाई चुनौती थपिएको छ,’ उहाँले भन्नुभयो, ‘हामीले कल्पना गरे भन्दा नमुना रुपमा परियोजना सम्पन्न भएको पाएँ ।’

3

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी कार्यवाहक अध्यक्ष भवानी राणाले निजी क्षेत्र सरकारसँग सहकार्य गर्न चाहेको बताउनुभयो । ‘हामी सरकारसँग सहकार्य गर्न चाहान्छौं,’ उहाँले भन्नुभयो, ‘त्यसका लागि सरकार पनि तयार हुनुपर्यो।’

केबलकार चढेर २५ सय मिटरभन्दा बढी उचाइमा रहेको चन्द्रागिरि पुगेर मनोरम दृष्यावलोकन गर्न सकिन्छ । नेपाल आउने पर्यटकको बसाई लम्बाएर मुलुकको अर्थतन्त्रमा टेवा पुर्याउने जोखिम मोलेर परियोजना कार्यान्वयनमा ल्याएको चन्द्रागिरी हिल्स  लिमिटेडका अध्यक्ष चन्द्र  प्रसाद ढकालले बताउनुभयो । केबलकार सञ्चालन आएपछि सरकारलाई मासिक ६० लाख रुपैयाँ राजस्व तिरिरहेको बताउनुभयो ।

चन्द्रागिरि डाँडामा होटल, रिसोर्ट निर्माण भइरहेका छन् । काठमाडौंको धुलोधुवाँबाट केही समय छुटकारा पाउन चन्द्रागिरि उपयुक्त पर्यटकीय गन्तव्य भएको छ । चन्द्रागिरि डाँडामा भालेश्वर महादेवको मन्दिर, भ्युटावर, थिएटर र सम्मेलन हलसमेत निर्माण गरिएका छन् ।

4

आइएमई समुहका अध्यक्ष चन्द्र ढकाल, हेमराज ढकाल, भाटभटेनी समुहका मिन बहादुर गुरुङ, कल्याण गुरुङ, हाथवे इन्भेष्टमेन्टका अम्बिका प्रसाद पौडेल, नवराज नेपालको लगानीमा चन्द्रागिरि पर्यटकीय गन्तव्य निर्माण गरिएको हो ।

2

काठमाडौंको थानकोट गोदामचौरदेखि केबलकार चढेर नौ मिनेटमै चन्द्रागिरि पुग्न सकिन्छ । केबलकारमा ११ वटा टावर (रिले स्टेसन) निर्माण गरिएको छ । केबलकारको तारमा यात्रु ओसार्न ३६ वटा डब्बा (गोन्डला), एउटा मेन्टिेनेन्स क्यारियर र दुई लगेज क्यारियर जडान गरिएको छ । केबलकारले हरेक घण्टा एक हजार यात्रु ओसार्न सक्छ । यात्रुको सुरक्षालाई मध्यनजर गरी उच्च प्रविधि जडान गरेर हरेक टावर र डब्बाको प्राविधिक अवस्थालाई कम्युटरबाट निगरानी गर्ने व्यवस्था मिलाएको कम्पनीले जनाएको छ ।

Related posts

Leave a Comment