यसोधाले ल्याईन ‘मेरो मन’ म्युजिक भिडियो (भिडियोसहित)

टिभी अन्नपूर्ण १४ पुस, काठमाडौं ।

नेपाली संगीत क्षेत्रमा एक दसकदेखि सक्रिय गायिका यसोधा खालिङ राईको ‘मेरो मन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

जसमा उनलाई गायक बिशो तेन्जिङले गायनमा साथ दिएका छन । शोलुखुम्बुमा जन्मिएकी गायिका यसोधा स्कुल पढ्दादेखि नै गायन क्षेत्रमा सक्रिय थिईन । स्थानिय स्तरमा हुने बिभिन्न साँगितिक कार्यक्रममा नछुटाई सहभागी हुने यसोधाले अध्ययनको शिलशिलामा काठमाडौं आएपछी संगीतको अनौपक्षरिक शिक्षापनि लिएकी थिईन । सन २००६ मा पबिधान खालिङ राइको संगीतमा आफ्नो पहिलो साँगितिक कोशेली  ‘यसोधा १’ बजारमा ल्याएकी थिईन् ।

२००६ देखिनै अमेरिका बसोबास गर्दै आउएकी गायिका यसोधा अमेरिका रहदा पनि गायक जगदिश समाल तथा नरेन्द्र प्यासीबाट थप संगीत सम्बन्धित ज्ञान लिएकी थिईन । दोश्रो एल्बम ‘यसोधा २ ‘ को अन्तिम तयारीमा जुटेकी यसोधा यसै एल्बममा सङ्रहित हुने गीत ‘मेरो मन’ को भिडियोबाट धेरै आशाबादी छिन् ।

गायक, संगितकार, तथा गीतकारको पनि छबी बनाएका एन. बि. दाहालको संगीत र गीतकार गीता खत्रीको शब्द रचनामा तयार भएको गीतलाई फनिन्द्र राइले संगीत संयोजन गरेका छन ।

नेपाली कलाकारसँग सम्बन्धित संस्था ‘आर्टिस्ट नेपाल नेटवर्क’ अन्तर्गतको ‘आर्टिस्ट नेपाल प्रोडक्सन’ को ब्यानरमा निर्माण भएको भिडियोमा मोडेल सम्पदा बानिया र योगेन्द्र राइ प्रस्तुत भएका छन । अमृत सुनुवार तथा टिमको छायाँकन, नन्दा अधिकारीको मेकअप स्टाईल, भुवन लामाको कोरियोग्राफी रहेको भिडियोलाई माधव बेल्बासेले सम्पादन गरेका हुन भने संचारकर्मी नव ढुंगेलले निर्देशन गरेका छन ।

भिडियो हेर्नुहोस् !

Related posts

Leave a Comment