चन्द्रागिरि केवलकारले सुरु गर्‍यो नि:शुल्क बस सेवा (भिडियोसहित )

टिभी अन्नपूर्ण

१७ पौस, काठमाडौं ।

काठमाडौंको नयाँ पर्यटकिय गन्तव्य चन्द्रागिरि केवलकारका लागि आइतवारदेखि काठमाडौंमा निशुल्क बस सेवा सुरु भएको छ । चन्द्रागिरि हिल्स लिमिटेडद्धारा निर्माण भएको चन्द्रागिरि केवलकारमा जाने यात्रुका लागि कम्पनीले निशुल्क बस सेवा सुरु गरेको हो ।
निशुल्क बस सेवाको कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालले थानकोटस्थित केवलकारको बेस स्टेशन परिसरमा सेवा शुभारम्भ गरे । निःशुल्क बस सेवाको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले भालेश्वर महादेवको दर्शन गर्न आउने दर्शानार्थी तथा चन्द्रागिरी घुम्न आउने पर्यटकहरुलाई थप सहज हुने बताए । ‘हामीले अधिकतम सेवा दिने उद्देश्यले निशुल्क बस सेवा पनि सुरु गरेका हौं,’ उनले भने । यात्रुलाई सहज र सुलभ सेवा दिनु नै कम्पनीको प्राथमिकता भएको उनले बताए ।chandragiri

कार्यक्रममा कम्पनीका सञ्चालक अम्बिकाप्रसाद पौडेलले चन्द्रागिरी क्षेत्रको धार्मिक, ऐतिहासिक तथा पर्यटकीय महत्वको बारेमा प्रकाश पारे ।कम्पनीले चन्द्रागिरी केबलकार चढेर भालेश्वर महादेवको दर्शन गर्न आउने दर्शानार्थी तथा घुम्न आउने पर्यटकहरुको लागि अशोक लेलेण्डको ४२ सीट क्षमताको बस सेवाको व्यवस्था गरेको छ ।बसहरु प्रत्येक दिन बिहान साढे सात बजे काठमाडौंको महाराजगञ्ज र कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केटबाट लाग्ने कम्पनीले जनाएको छ ।

महाराजगञ्ज भाटभटेनीबाट छुट्ने बस नयाँ बषपार्क, बालाजु भाटभटेनी, स्वयम्भू, कलंकी हुँदै चन्द्रागिरी केबलकार पुग्ने छ भने कोटेश्वर भाटभटेनीबाट छुट्ने बस बालकुमारी, ग्वार्को, सातदोबाटो, एकान्तकुना, बल्खु, कलंकी हुँदै चन्द्रागिरी केबलकार पुग्नेछ । बसहरु पुन सोही रुटबाट हुँदै फर्कने कम्पनीले जनाएको छ ।
नेपालको आन्तरिक पर्यटनलाई प्रबद्र्धन गर्ने एवं बाहृय पर्यटकहरुको नेपाल बसाईलाई एकदिन लम्ब्याउने उद्देश्यले डाँडामा चन्द्रागिरी हिल्स लिमिटेडको स्थापना गरिएको कम्पनीले जनाएको छ।timthumb

समुन्द्री सतहबाट करिव १,५०० मिटरको उचाईंमा रहेको चन्द्रागिरी फेदीबाट केबलकार चढेर २,५५१ मिटरको उचाईंमा अवस्थित ‘भालेश्वर महादेव’ को दर्शन गर्न सकिन्छ ।म्यानुअल बालउद्यान, भ्यु टावर, रेष्टुरेन्टर, बहुउद्देश्यीय हलसहित निर्माण गरिएको चन्द्रागिरी डाँडाबाट राजधानी सहर, सगरमाथादेखि पश्चिममा काञ्जिरोवाहिमाल एवं अन्य हिमश्रृंखला सहित सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, गोरखा, तनहुँ, मकवानपुर, चितवनका पहाडी क्षेत्रसमेत देख्न सकिन्छ ।

साउनदेखि व्यावसायिक रुपमा सञ्चालनमा आएको केवलकारको मंसिर ३० गते उद्घाटन गरिएको थियो । केवलकारमा अष्ट्रियन कम्पनी डोप्लमेयरको प्रविधि जडान गरिएको छ । केवलकारको प्रतिघण्टा एकहजार जना यात्रु बोक्ने क्षमता रहेको छ । केवलकार सञ्चालनमा आएदेखि शनिबारसम्म २ लाख २५ हजारजनाले केवलकार चढिसकेको कम्पनीले जनाएको छ । कम्पनीले निशुल्क सञ्चालन गरेका बस अशोक लेल्याण्ड कम्पनीको   रहेका छन |

Related posts

Leave a Comment