फाल्गुनन्द गोल्डकपको उपाधि झापा यूनाइटेडलाई

टिभी अन्नपूर्ण २५ पुस, पाँचथर ।

आठौं फाल्गुनन्द गोल्डकप प्रतियोगिता झापा यूनाइटेडले जितेको छ ।

डिफेन्डिङ च्याम्पियन कर्णसिंह सोनाम ताप्लेजूङलाई २–१ गोल अन्तरले हराउँदै झापाले उपाधि उचालेको हो । पुस १५ देखि शुरु भएको प्रतियोगिता आईतबार सकिएको हो ।

फिदिम उमाविको खेल मैदानमा भएको फाइनलमा बिर्ता यूनाईटेडका लागि दोस्रो हाफको २६औं मिनटमा योगेश गुरुङले गोल गरेका थिए । खेलको अन्तिम मिनटमा कर्णसिंह सोनामका रजिन धिमालले फ्रि किकको सदुपयोग गर्दै अग्रता भङ्ग गरे । खेलको निधारित समय १–१ को बराबरीमा सकिएको थियो ।

अतिरिक्त समयमा बिर्ता यूनाइटेडका बुद्ध चेम्जोङले चौथो मिनटमा गोल गरे । बुद्धको गोलनै बिर्ता झापाका लागि उपलब्धिपूर्ण रह्यो । उपाधिसहित बिर्ता यूनाइटेडले ट्रफिसहित नगद दुई लाख ५० हजार पाएको छ । उपबिजेताले नगद एक लाख ५० हजारमा चित्त बुझाएको छ ।

Related posts

Leave a Comment