लोकमान अख्तियारका अयोग्य लडाकु घोषणा !

राजेशचन्द्र राजभण्डारी २५ पुस, काठमाडौं ।

लोकमानसिंह कार्कीलाई नेपालको सम्मानित सर्बोच्च अदालतबाट अयोग्य लडाकु घोषणा गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग फेरि एकपटक चर्चामा आएको छ ।

कसलाई के को धन्दा घरज्वाइ लाई खाने कै धन्दा भने जस्तो अदालतले लोकमानलाई अयोग्य भनिदिएपछि अहिले नेपालमा जहातहि खुशीयाली छाएको छ ।

अहिले सर्बोच्च अदालतले गरेको फैसला लोकमान नेपालको सबैभन्दा बढी भ्रष्टाचारी मान्छे हो अहिले भ्रष्टाचारीलाई कारवाही भएको हो कि भन्ने प्रचारप्रसार भएको छ । अहिले देशमा भएका सबै भ्रष्टाचारी एकजुट भएर खुशीयाली मनाएको देखिन्छ । अहिले आएर अख्तियार प्रमुख हुन कार्कीको योग्यता नपुग्ने ठहर अदालतले गरेर नयाँ बहस सृजना गरिदिएको छ ।

अचम्म पनि कति अचम्म भने अहिले आएर लोकमानर्सिह कार्कीको योग्यता पुगेन हिजो उनलाई अख्तियार प्रमुखमा नियुक्ति दिने समयमा के हेरेर दिइयो यसको जवाफ दिने कसले जनआन्दोलन दबाउन महत्त्वपूर्ण भुमिका खेलेको रायमाझी आयोगले समेत दोषि ठहर्‍याएका ब्यक्ति भनेर अहिले जुन बिषय बस्तु अगाडि सारिएको छ यसको कुनै अर्थ छैन ।

साच्चै भन्ने हो भने अख्तियार प्रमुख बनाउने समयमा पनि यो कुरा नउठेको हैन । सबै कुरा हुँदाहुँदै पनि खिलराज रेग्मी प्रमुख हुँदा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष झलनाथ खनाल लगायतका नेताहरू कै शिफारिसमा कार्कीलाई अख्तियार दुरुपयोग अनुसुन्धान आयोगमा सिफारिस गरिएको हो । अहिले खालि कार्कीलाई मात्र अयोग्य लडाकु घोषणा गरेर पुग्दैन उनलाई सो पदको लागि सिफारिस गर्ने नेपालका महान नेता महोदयलाई कारवाही गर्न पर्ने कि नपर्ने यसको जवाफ सारा नेपाली जनताले खोजि रहेका छन् ।

कुनै मान्छेलाई नेपाली नागरिकता दिनुपर्ने भएमा सिफारिस गरेर जिल्ला प्रशासनमा पठाइन्छ तर त्यो सिफारिस भएको मान्छे नेपाली हैन भन्ने ठहर भए नागरिकता लिने उनलाई र शिफारिस गर्ने मान्छे सबै कानुनी कारवाहीमा पर्ने गर्छन् तर बिडम्बना नै मान्नुपर्छ कार्की अयोग्य अरू सबै योग्य । अहिले लोकमानलाई नैतिक चरित्र नभएको भनी सर्बोच्च अदालतले ठहर गरेको छ ।

कहि नभएको जात्रा हाडि गाउँमा भने झै अहिले आएर अख्तियार प्रमुखलाई नैतिक चरित्रको नभएको फैसला गरेपछि कार्कीले अहिलेसम्म सम्म गरेको सबै काम कारवाही पनि अयोग्य भएको भन्ने अर्को फैसला पनि सँगसँगै गरेको भए धेरै राम्रो मान्न सकिन्थ्यो । तर अहिलेको फैसला राम्रो भए पनि अपुरो भने अबश्य देखिन्छ । अहिलेसम्म लोकमानले गरेको काम पनि चरित्र हिन न‌ै मान्नु पर्छ ।

हुनत देशमा भएका भ्रष्टाचारी कमिशन खोरीलाई कारवाही गर्ने निकाय हो अख्तियार जसको नैतिकता चरित्र हुदैन त्यस्तै मान्छेले नराम्रो काम गर्छ त्यस्तो मान्छेलाई कारवाही गर्ने मान्छे पनि नैतिक वान ह‌ैन लोकमान जस्तै चरित्र हिन हुनुपर्छ भनेर फ‌ैसला हुनुपथ्र्यो । हैन भने ३ बर्ष सम्म आखो हेरेर बसेको थियो हाम्रो सरोकारवाला निकायले ।

लोकमानसिंह कार्की अख्तियार प्रमुख भएपछि देशमा भएका भ्रष्टाचारीहरू हायल कायल भने भएकै थिए । दिनहुँ भ्रष्टाचार भएको रकम सहित अख्तियारले मान्छे समातेर कारवाही अघि बढाएको हो तर अख्तियारले पनि ठूलो भ्रष्टाचारीलाई कारवाही नगरी सानातिना मात्र समातेको कुरा पनि बाहिर नआएको भने हैन । तर पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग कै कारणले अहिले पनि भ्रष्टाचार गर्ने मान्छेहरू तर्सिरहेका छन् । कसैलाई डरलाग्छ भने सबैलाई अख्तियार कै डर छ अरू कसैसँग कोहि पनि डर मान्दैनन् । अहिले आएको सर्बोच्चको फैसलाबाट लोकमानलाई कारवाही भए पनि अख्तियार र लोकतन्त्र भने कमजोर भएको छ ।

अहिले आएको फैसालले लोकमानलाई ब्यक्तिगत रूपमा घाटा भए पनि धेरै घाटा भने देशलाई हुने देखिन्छ । कमजोर हुदै गएको भ्रष्टाचारीहरूले पुर्नजीवन पाएको देखिन्छ । सर्बोच्च अदालतले लोकमान बिरूद्द फैसला गरेपछि धेरै भ्रष्टाचारीहरूले राहत महसुस गरि खुशी साटासाट गरे कतिपयले त भोजभतेर नै गरेको कुरा समेत बाहिर आएको छ ।

अहिले लोकमानलाई कारवाही भएपछि उनलाई हिजो सो पदको लागि सिफारिस गर्ने नेताहरूले सार्वजनिक रूपमा माफि माग्नु पर्ने कि न पर्ने त बहस शुरूवात भएको छ । संसदीय सुनुवाइ समिति देखि उनलाई नियुक्ति दिने सबै चरित्रहिन साबित भएका छन् । अब त्यो निकायमा बस्नेलाई के हुने त प्रश्न गम्भीर रूपमा उठेको छ ।

अहिले खालि अख्तियार प्रमुख लोकमानलाई मात्र दोषि देखाएर अरू सजिलोसँग उम्कन भने मिल्दैन । यस्तै गरेर जाने हो भने भोलिका दिनमा कसैलाई पनि अख्तियार प्रमुख बनाए पनि उसले राम्रोसँग काम गर्न सक्दैन । अहिले भएको पनि त्यही हो अहिले भ्रष्टाचारीहरूले लोकमानलाई भन्दा पनि अख्तियारलाई आफ्नो कठपुतली बनाउन खोजेकै हुन । सो हुन लोकमान कार्कि तयार नभएपछि अहिलेको प्रपन्च रचिएको हो । केही समय अघि माओबादी केन्द्रका अध्यक्ष प्रचण्डले लोकमान र आफुबिच कुरा मिलेको कुरा पनि विभिन्न सञ्चारमाध्यममा बाहिर आएको थियो ।

माओबादी लडाकुको हिसाबमा भ्रष्टाचार भएको भनि छानबिन शुरू गर्ने कुरा लगायतका ठुला राजनेताको सम्पत्ति छानबिन गर्न अख्तियार अगाडि बढेको कुरा बाहिर ल्याएपछि लोकमान माथि सँसदमा महाअभियोग प्रस्ताव दर्ता गरिएको कुरा पनि दुनियाँले बुझेकै कुरा हो । संसदमा लोकमान बिरूद्ध अभियोग दर्ता भए पनि प्रक्रिया भने अलपत्र परेकै हो ।

‘कामकुरा एकातिर कुम्लो बोकि ठिमीतिर’ भनेझैं अहिले ३ बर्ष ९ महिनापछि आएर बल्ल लोकमान बिरूद्ध कदम चालिएको छ । लोकमानलाई अख्तियारमा नियुक्ति नगराउन भनेर धेरै आवाज उठेको पनि हो तर रातारात सबै कुरालाई छोडेर अख्तियार प्रमुख किन बनाइयो भन्ने बारे अझै पनि सबै कुरा नेपाली जनताले बुझ्न सकेका छैनन् ।

‘हुनत ओरालो लागेको मृगलाई बाच्छाले पनि खेद्छ’ भनेको सत्य हो अहिले भएको पनि त्यही हो । अहिले लोकमान बारे जे जति अभियोग लागेको छ त्यो कुरा त उनलाई नियुक्ति दिन सिफारिस गर्ने देखि सबै सरोकारवाला निकम्मा साबित भएका छन् ।

अजब नेपालको गजब चाला भने झै लोकमानको सेवा अबधि पुगेन उच्च नैतिक र ख्याति पनि देखिएन, गजबको फैसला । हिजो सर्बोच्च कै प्रधान न्यायाधीश खिलराज रेग्मी मन्त्री परिषद्को अध्यक्ष हुँदा लोकमान अख्तियार प्रमुख भएका हुन भन्ने कुरालाई भुलेका हुन कि कसो नैतिकता त सबैको हेर्नुपर्ने होला नि ! अहिले लोकमान को चिन्ता हैन लोकतन्त्रकै चिन्ता र देशलाई भ्रष्टाचार मुक्त बनाउने कि अझै बढि भ्रस्टिकरण तिर लैजाने भन्ने नै हो ।

Related posts

Leave a Comment