लिसेस्टर सिटीका प्रशिक्षक रानिएरी बने वर्षको उत्कृष्ट प्रशिक्षक

टिभी अन्नपूर्ण २६ पुस, काठमाडौं ।

लिसेस्टर सिटीका प्रशिक्षक क्लाउडियो रानिएरी वर्षको उत्कृष्ट पुरुष प्रशिक्षकको अवार्ड हात पारेका छन् ।

फिफाले ज्युरिचमा गरेको द बेष्ट फिफा अवार्डमा रानिएरीले वर्षको उत्कृष्ट पुरुष प्रशिक्षकको अवार्ड जितेका हुन् । रानिएरीले रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानलाई पछि पार्दै अवार्ड जितेका हुन् । रानिएरीले २२ दशमलव ६ प्रतिशत मत पाए ।

दोस्रो स्थानमा रहेका जिदानले १६ दशमलव ५६ तथा तेस्रो स्थानमा रहेका फर्नान्डो सान्तोसले १६ दशमलव २४ प्रतिशत मत पाए । यस्तै जर्मनीकी पूर्व प्रशिक्षक सिल्भिया नेइदले वर्षको उत्कृष्ट महिला प्रशिक्षकको अवार्ड जितिन् ।

Related posts

Leave a Comment