अफगानिस्तानमा श्रृँखलावद्ध आक्रमण, ५१ जनाको मृत्यु, ९४ घाईते

टिभी अन्नपूर्ण २७ पुस, काठमाडौं ।

अफगानिस्तानका विभिन्न ठाउँमा श्रृखलावद्ध आक्रमणमा परि कम्तिमा ५१ जनाको ज्यान गएको छ ।

राजधानी काबुलमा रहेका संसद भवन नजिकै तथा कान्दाहार सहर नजिकै भएका विस्फोटमा परि कम्तिमा ९४ भन्दा बढी घाईते भएका छन् । संसद भवन नजिक दुई वटा बम विस्फोट हुँदा ३० जना भन्दा धेरैको ज्यान गएको छ । कान्दाहारको गभरनर्स गेष्टहाउसमा भएको विस्फोटमा परि कम्तिमा ११ जनाको ज्यान गएको तथा अन्य १४ जना घाइते भएको सरकारी अधिकारीले बताएका छन् ।

_93347989_037205896 घाइते हुनेमा अफगानिस्तानका लागि युएईका राजदूत पनि छन् । त्यसअघि हेल्मन्ड प्रान्तमा एक तालिबानी आक्रमणकारीले गरेको आत्मघाती बम विस्फोटनमा परि कम्तिमा सात जनाको ज्यान गएको छ ।

_93350874_mediaitem93350871

गुप्तचर विभागका अधिकारीले प्रयोग गर्ने गेष्टहाउसलाई लक्षित गरि आक्रमण भएको हो । संसद भवन नजिक व्यस्त समयमा भएको दुई बम विस्फोटको जिम्मा तालिबानले लिएको छ । राष्ट्रपति अशर्फ घानीले आक्रमणमा संलग्न सबैलाई पक्राउ गरिने दाबी गरेका छन् । सुरक्षा व्यवस्था कडा पारिएको छ ।

Related posts

Leave a Comment