पुर्नर्निमाण प्राधिकरणको सीईओ ज्ञवाली बर्खास्त, गोविन्द पोख्रेल नियुक्त

टिभी अन्नपूर्ण २७ पुस, काठमाडौं ।

सरकारले पुर्नर्निमाण प्राधिकरणको सीईओ सुशील ज्ञवालीलाई हटाएको छ ।

बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले ज्ञवालीलाई हटाएर योजना आयोगका पूर्व उपाध्यक्ष गोविन्द पोख्रेललाई नियुक्त गरेको छ ।ज्ञवालीलाई हटाउँदै सरकारले गोविन्द पोखरेललाई नयाँ सीईओ नियुक्त गरेको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले जानकारी दिए ।

मन्त्रिपरिषदको बुधबार बसेको बैठकले दुई पटक सोधिएको स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै बर्खास्त गर्ने निर्णय गरेको हो । केपी शर्मा ओली सरकारले ज्ञवालीलाई सीईओ नियुक्त गरेको थियो । सरकार फेरिएसँगै सीईओ हटाउन सत्तारुढ कांग्रेसको दबाब चर्को थियो ।

तीन साताअघि सोधिएको स्पष्टिकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै ज्ञवालीलाई गत शुक्रबार सरकारले ‘तपाईंलाई किन नहटाउने ?’ भन्दै पुनः पत्राचार गरेको थियो । ज्ञवालीले भने आफूले उल्लेख्य काम गरेको दाबी गर्दै सरकार नै असहयोगी भएको आरोप लगाएका थिए ।

ज्ञवालीले नतिजा देखिने गरी कुनै काम नगरेको भनी सोधिएको पुनः स्पष्टिकरण पत्रको व्यहोरा नै तथ्यपरक नभएको उल्लेख गरेका थिए । उनले अर्थ मन्त्रालयले बजेट उपलब्ध नगराएको, सामान्य प्रशासन मन्त्रालयले कर्मचारी उपलब्ध नगराएको र मन्त्रिपरिषद् कार्यालयले नीतिगत विषयमा ढिलाइ गरेकाले उल्लेख्य उपलब्धि हासिल हुन नसकेको उल्लेख गरेका थिए ।

Related posts

Leave a Comment