चरा चुरुङ्गीहरुको बिचमा पिकनिक मनाउन जगदिशपुर तालमा भिड

शम्भु माली टिभी अन्नपूर्ण २७ पुस, कपिलवस्तु ।

विश्ब सिमसार क्षेत्रमा सुचिकृत जगदिशपुर तालमा चरा चुरुङ्गीहरुको बिचमा पिकनिम मनाउन एक टोली जगदिशपुर तालमा आएको छ ।

नेत्र ज्योति बिज्ञान संस्थानका टिम जाडोमा बिदाका बेला रमाईलो तथा भोज गर्न जददिशपुर तालमा आएका छन। अहिले तिन चार टिम दैनिक रुपमा तालको चरा हेर्न र मनोरजन गर्न पिकनिक मनाउन तालमा आउने गरेका छन ।

दिनहुँ तालमा नयाँ नयाँ चराहरु देख्न थालेपछि पर्यटक खुसी बनेका हुन् । चराहरु बढेसँगै पर्यटकहरुको आगमन पनि बढ्न थालेपछि स्थानिय खुशी भएका छन । जाडोका चार–पाच महिना चुरुङ्गी यहा आई फुल पारी बच्चा हुर्काई फर्कने गर्दछन् । तालमा आज भोली पेकिङ डग, कुर्मा, नील टाउँके, माल्टाज, फिस्टा, खटखटे, भुडीफोर र सुनजुरे लगायतका चुरुङ्गी प्रसस्त देखिन थालेका छन् । त्यस्तै स्थानिय चराहरु पनि ह्बात्तै बढेका छन् । यहा साईबेरिया, चीन, रुश र भारत लगायतका ठाउबाट जाडो छल्न प्रसस्त चुरुङ्गीहरु आउने गरेका बताएका छन ।

पर्यटकिय संभाबना बोकेको तालमा अहिले हुलका हुल चरा चुरुङ्गी देखिन थाले पछि निकै रमाईलो वाताबरण बनेको उनीहरुले बताएका छन् । हजारौं चराहरु घर नजिकै देलौमै देख्न पाई निक्कै रोमाञ्चित वाताबरण बनाएको स्थानियले बताए । तालमा सुनिने चराको कोकिलकण्ड बोली, चिरबिराहट र कलरब जलक्रिडाको दृष्यले उस्तै रमाईलो बनाउँदछ ।

बिश्वमै दुर्लभ मानिएका ६ प्रजातीका चराचुरुङ्गीहरु जगदिशपुर तालमा पाईने हुँदा तालको महत्ब निक्कै बढेको छ । यहाँ सारश, भुडिफोर गरुड र गिद्ध लगायत ६ प्रजातीका दुर्लभ चराचुरुङ्गीहरु पाईने गरेका छन् । तालमा १६० बढी चुरुङ्गीको बास स्थल, ३८ प्रजातीका सरिसृप र ८ प्रजातिका उभयचर पाईने नेपाल पंक्षी संरक्षण संघ (बिसिएन) को अध्ययनले देखाएको छ ।

जैबिक बिबिधताले महत्बपुर्ण भएकै कारण ताललाई रामसार कन्भेन्सन अन्तर्गत सन् २००३ मा अन्तर्राष्ट्रिय सिमसार क्षेत्रमा सुचिकृत गरिएको छ । सिचाई गर्ने उद्देश्यले पानी जम्मा गर्न बनाईएको ताल १५७ हेक्टर क्षेत्रफलमा फैलिएको छ । जिल्लाको निग्लिहबा गाबिस–१ र ४ मा पर्ने ताल मानब निर्मित ताल मध्ये नेपालकै सबैभन्दा ठुलो ताल हो ।

Related posts

Leave a Comment