सरकार बल्ल बिउँझियोः सार्वजनिक बिदाबारे अध्ययन गर्न गृहमन्त्रालयलाई निर्देशन

टिभी अन्नपूर्ण २७ पुस, काठमाडौं ।

सार्वजनिक बिदा बारे अध्ययन गर्न सरकारले गृहमन्त्रालयलाई निर्देशन दिएको छ ।

सार्वजनिक बिदाबारे व्यापक विरोध तथा चर्चा परिचर्चा भईरहेका बेला सरकारले बिदा पुनरावलोकन गर्न गृहमन्त्रालयलाई निर्देशन दिएको हो । गृहमन्त्रालयलाई सार्वजनिक बिदाबारे अध्ययन गरेर माघ महिना भित्र प्रतिवेदन पेश गर्न भनेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले विभिन्न पर्व, उत्सव तथा दिवसका अवसरमा दिइने बिदाका बारेमा अध्ययन गरेर प्रतिवेदन बुझाउन निर्देशन दिएको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

विभिन्न राजनीतिक दल तथा नागरिक स्तरबाट बुधबार परेको पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा दिनुपर्ने माग बढेका बेला सरकारले यस्तो निर्देशन दिएको हो । यस्तै राष्ट्रिय तथा प्रदेश स्तरमा दिइने बिदाको बारेमा पनि विस्तृत अध्ययन गर्ने मन्त्रिपरिषदले गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।

Related posts

Leave a Comment