पोखरा लेकसाइडको रेष्टुरेण्टमा आगोलागी, करिब २ करोड बढिको क्षति

अन्तिम पौडेल, टिभीअन्नपूर्ण पोखरा ।
पोखराको बाराहीचोकमा अबस्थित ट्राइ स्टार रेष्टुरेण्टमा मंगलबार राति भीषण आगलागी भएको छ । आगलागीले रेष्टुरेण्ट पूर्णरुपमा जलेर नष्ट भएको प्रत्यक्षदर्शीहरुले जनाएका छन् । राति करिब १० बजे २५ मिनेट आगोले रेष्टुरेण्ट जलेर पूर्णरुपमा ध्वस्त भएको छ । रेष्टुरेण्टको तल्लोतलामा रहेको एक ट्राभस एजेन्सी, एटिएम काउन्टर, मनिचेन्जर जलेको छ । काठैले निर्मित उक्त रेष्टुरेण्ट स्थानीय धमेन्द्र बाटाजुले एक वर्षअघि सञ्चालनमा ल्याएका थिए । रुफ टपसहितको उक्त रेष्टुरेन्ट पर्यटकको आकर्षणको केन्द्र समेत थियो । मध्यरातसम्म पनि आगो नियन्त्रणमा आएको छैन । आगो नियन्त्रणका पोखरा उपमहानगरपालिका र पोखरा एयरपोर्टका तीन वटा दमकल र खानेपानी प्रयोग गरिएको थियो । आगोलागीबाट रेष्टुरेण्ट अगाडीका दुईवटा मोटर साइकल जलेका छन्। आगो लागेको थाहा पाएपछि स्थानीयबासी,सुरक्षाकर्मी,सर्वसाधारण घटनास्थल पुगेका थिए । आगोलागी कसरी भयो भन्नेबारे थाहा हुन सकेको छैन । आगोलागीबाट करिब २ करोड बढिको क्षति भएको प्रहरीको अनुमान छ । प्रहरीका अनुसार क्षेत्रीय प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय बैदाम,नेपाली सेना, सशस्त्र आगो निभाउने प्रयासमा छन् ।

Related posts

Leave a Comment