रुससँग ट्रम्पबारे यौनजन्य भिडियोकाण्डः ट्रम्पले गरे गुप्तचर विभागको आलोचना

टिभी अन्नपूर्ण २८ पुस, काठमाडौं ।

अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले देशको गुप्तचर विभागको चर्को आलोचना गरेका छन् ।

रुससँग राष्ट्रपति ट्रम्पबारे आपत्तिजनक जानकारी रहेको भन्ने अमेरिकी गुप्तचर विभागको दस्तावेजप्रति उनले आपत्ती जनाएका हुन् । यो दस्तावेज लिक हुनुमा गुप्तचर विभाग नै जिम्मेवार रहेको भन्दै ट्रम्पले आलोचना गरेका छन् । गएको नोभेम्बरमा भएको चुनावमा विजयी भएपछिको पहिलो पटक पत्रकार सम्मेलनमा ट्रम्पले रुससँग आफू विरुद्ध आपत्तिजनक जानकारी छ भन्ने दस्तावेज आधारहिन र झुट रहेको दाबी गरे ।

गुप्तचर विभागको लिक भएको दस्तावेजमा रुसी अधिकारीसँग ट्रम्प यौनकर्मी महिलासँग गएको भिडियो रेकर्डिङ रहेको उल्लेख छ । यस्तै ट्रम्पको व्यवसायका बारेमा पनि विस्तृत जानकारी रुसी अधिकारीसँग रहेको र यसले ट्रम्पलाई असर गर्न सक्ने दस्तावेजमा उल्लेख छ ।

गुप्तचर विभागले गलत तथा झुटो खबर सार्वजनिक हुन दिनु लज्जास्पद रहेको ट्रम्पको भनाई छ ।  नाजी जर्मनीले गर्ने जस्तै व्यवहार गुप्तचर विभागले गरेको ट्रम्पको आरोप छ । चुनावी अभियानदेखि नै ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच राम्रो सम्बन्ध छ ।

गएको राष्ट्रपतीय चुनावमा पुटिनको निर्देशनमा डेमोक्र्यापिटक पार्टी तथा हिलारी क्लिन्टनको इमेल ह्याक भएको प्रतिवेदन गुप्तचर विभागले सार्वजनिक गरेको छ । विभागले रुस ट्रम्पलाई जिताउने पक्षमा लागेको आरोप पनि छ । ट्रम्पले भने सबै कुरा गलत भएको बताउँदै आएका छन् ।

Related posts

Leave a Comment