दुर्गमका लागी पठाएको औसधी बाटोमै गायब, बिरामी मर्कामा

टिभी अन्नपूर्ण २८

पुस, काठमाडौं ।

दुर्गमका स्वस्थ्यचौकीमा पठाएको औसधी बिचैमा गायब हुने गरेको देखिएको छ ।
सरकारले विपन्न जनताको उपचारमा सहज् होस भनी स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला अस्पतालमा निःशुल्क औषधि पठाउने गरेपनि औषधि बीच बाटोमै गायब हुने गरेको तथ्य फेला परेको हो ।
यसरी सरकारले पठाएको औषधि तोकिएको स्थानमा नियमित नपुग्दा मुगु, कालिकोट, रुकुम, डोटीलगायत जिल्लाका दुर्गम भेगका जनता चर्को मूल्य तिर्न बाध्य छन ।

जिल्ला स्वास्थ्य कार्यालयले पठाएको औषधि यातायातको सुविधा नभएका गाउँमा पुर्याउन समस्या भएको स्थनीय स्वास्थ्य सस्थाका कर्मचारी बताउछन । बिशेषगरि जिल्लाको सोरुकोट, नाथर्पु, थोतु, भीई, कालाईरारा, धैनकोटलगायत मुगु सदरमुकाम गमगढीबाट उत्तरी क्षेत्रका गाविसमा औषधि नपुग्ने समस्या देखिएको छ । यो बिषयमा धेरैपटक स्वास्थ्य मन्त्रालय र यसमातहतका निकायमा गुनासो गरेको भएपनि सम्बन्धित निकायले चासो नदेखाएको उनिहरुको आरोप छ ।

Related posts

Leave a Comment