१० वर्षपछि साहरुख र सलमान एकसाथ पर्दामा देखिने

टिभी अन्नपूर्ण २८ पुस, काठमाडौं ।

बलिउड अभिनेता साहरुख खान र सलमान खान एक दशकपछि एकसाथ पर्दामा देखिने भएका छन् ।

दुई अभिनेताबीचको झगडाले गर्दा लामो समयदेखि एकसाथ पर्दामा नदेखिएका उनीहरु दब छिट्टै एक साथ देखिने भएका हुन् । साहरुखले निर्माण गरेको फिल्म ‘ओम शान्ती ओम’को एक गीतमा सलमान पनि देखिएका थिए । यसपछि, यी दुई एकसाथ पर्दामा देखिएका छैनन् । लामो झगडापछि मिलेका साहरुख खान केहि टीभी शो र अवार्ड शोमा भने एकसाथ देखिएका छन् ।

सलमान खानले अभिनय तथा निर्माण गरिरहेको फिल्म ‘ट्यूबलाइट’मा साहरुख खानले केमियो रोल गर्दैछन् । यो फिल्मको केमियो भूमिकामा सुरुमा कलाकार धमेन्द्रको नाम अगाडि थियो । तर, पछि सलमानले साहरुखलाई यो भूमिकामा खेलाउन चाहे । निर्देशक कविर खान पनि यो कुरामा सहमत भैसकेका छन् ।

केहि दिनमै साहरुख र सलमानले छायांकन गर्ने भारतीय मिडियामा उल्लेख गरिएको छ । करिब १० बर्षपछि साहरुख र सलमानलाई एकसाथ पर्दामा हेर्ने उनीहरुको फ्यानको चाहना अब पुरा हुने भएको छ ।

Related posts

Leave a Comment