नेपालमा भारु २ हजार चल्ने बनाउन पहल सुरु

टिभी अन्नपूर्ण २८ पुस, काठमाडौं ।

नेपालमा भारु २ हजारको नयाँ नोटको बैधानिब कारोबारको लागि नेपालले प्रस्ताव गरेको छ ।

भारतले ५ सय र एक हजारको पुरानो नोटमा प्रतिवन्ध लगाएपछि २ हजारको नयाँ नोट प्रचलनमा ल्याएको छ । तर, नेपालमा यसको कारोबार अहिलेसम्म बैध छैन । भारतले आफ्नो फरेन एक्चेन्ज म्यानेजमेन्ट एक्ट अन्तरगत फेमा नोटिफिकेसन जारी गरेपछि मात्र कारोबार बैध हुन्छ ।

भारु ५ सय र १ हजारको पुरानो नोट सटहीबारे छलफल गर्न नेपाल राष्ट्र बैंकको टोली अहिले भारतमै छ । यो टोलीले भारतीय केन्द्रीय बैंकसँगको छलफलमा पुरानो नोट सटहीका साथै २ हजारको नयाँ नोट नेपालमा चलाउने विषय उठाउनेछ ।

२ हजारको नोट नेपालमा चलाउने विषय लिखित एजेण्डामा नभएपनि छलफलमा उठ्ने राष्ट्रबैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले जानकारी दिए । अर्को साता भारत जान लागेका परराष्ट्रमन्त्री प्रकाशशरणmे पनि यस विषयमा कुरा उठाउने भएका छन् ।

Related posts

Leave a Comment