लेबी हटाउने मलेसियाको निर्णय डेढ साता पनि टिकेन्, एक वर्ष पछि धकेलियो

टिभी अन्नपूर्ण २८ पुस, काठमाडौं ।

मलेसिया सरकारले विदेशी कामदारको मासिन लेबीका विषयमा गरेको निर्णय डेढ सातामौ उल्टाएको छ ।

मलेसियाली ब्यबसायीको चर्चाको विरोधपछि मलेसियाले विदेशी कामदारले तिर्दै आएको मासिक लेबी रोजगारदाताले नै तिर्नुपर्ने नयाँ ब्यवस्था उल्टाएको हो । बुधबार बसेको मन्त्रीपरिषद् बैठकले लेबी हटाउने निर्णय एक बर्ष पछि धकेल्ने निर्णय गरेको छ ।

बैठकपछि यातायातमन्त्री लियो तियोङले रोजगारदातालाई बिदेशी कामदार ल्याउन सहज बनाउने र मुलुकको आर्थिक बिकाशलाई गति दिने उदेश्यले नयाँ ब्यबस्था तत्कालै लागू नगर्ने निर्णय भएको जानकारी दिए ।

गत डिसेम्बर ३१ तारिखमा मलेसिया सरकारले इम्प्लोयर म्यान्डेटोरी कमिटमेन्ट शिर्षकको नयाँ ब्यबस्था लागू गर्दै जनवरी १ तारिखदेखि बिदेशी कामदारले तिर्दै आएको लेबी रोजगारदाताले नै तिर्नुपर्ने ब्यबस्था गरेको थियो ।

सरकारको अचानकको निर्णयको बिरोध गर्दै मलेसियास्थित ब्यबसायीले निर्णय सच्चाउन दबाब दिँदै आएका थिए । बिदेशी कामदारको लेबी रोजगारदाताले तिर्दा बिदेशी कामदार महंगो पर्ने र त्यसले मलेसियाली अर्थतन्त्रमा नकरात्मक असर पर्ने उनीहरुको दावी थियो ।

अन्ततः सरकारले ब्यबसायीको यही दावीलाई पत्याउँदै लेबी हटाउने निर्णय सन् २०१८ बाट मात्र लागू गर्ने बताएको छ ।

Related posts

Leave a Comment