संविधान संशोधन प्रस्तावमा आदिबासी जनजातिको समर्थन

टिभी अन्नपूर्ण

२८ पुस, काठमाडौँ ।

सरकारले व्यवस्थापिका–संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावमा आदिबासी जनजाति महासङ्घले समर्थन जनाएको छ । बिहीबार नेपाल जादिबासी जनजाति महसङ्घले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी संशोधन प्रस्तावमा आफूहरुको समर्थन रहेको जानकारी गराएका हुन् ।

भेटमा महासङ्घका अगुवाहरुले संविधान संशोधनले आदिबासी जनजातिहरुको भावनाको प्रतिनिधित्व गरेको बताउँदै संसदबाट पारित हुने व्यवस्थाका लागि पहल गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो । भेटमा जनजाति अगुवाहरुले विगतमा भएका सहमतिको कार्यान्वयन गर्न, स्थानीय तह पूनर्संरचना आयोगबाट विशेष, स्वायत्त र संरक्षित क्षेत्रको निर्धारण गर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका थिए ।

भेटमा प्रधानमन्त्रीले राजनीतिक शक्ति सन्तुलनले भ्याएसम्म जनजातिका मुद्दाहरुको सम्बोधन गर्ने प्रयास गरिएको जानकारी गराउँदै प्रस्ताव पारित गर्न सबैको सहयोगको अपेक्षा गर्नुभयो । साथै प्रधानमन्त्रीले संघीय आयोगमार्फत् सम्बोधन गर्न बाँकी जनजातिका मुद्दाहरुको अधिकतम् सम्बोधनका लागि प्रयास गरिने जानकारी दिनुभयो ।

Related posts

Leave a Comment