भिडियो खिचेको विवादमा एकको ज्यान गयो, दुई पक्राउ

कपिलवस्तुमा भिडियो खिचेको विषयमा सामान्य विवाद हुँदा एक जनाको ज्यान गएको छ । जिल्लाको मायादेवी गाँउपालिका ४ पिपरा बस्ने वर्ष २३ को जाबेद मुसलमान र सोही स्थानका बद्दाम भन्ने ईस्तियाक अहमद मुसलमान बीच भिडियो खिचेको विषयमा सामान्य विवाद भएको थियो ।

सोही विषयलाई लिएर ईस्तियाक अहमदले जाबेको टाउकोमा काठको खटियाको पाटी (सिरई) ले हिर्काएर गम्भिर घाइते बनाएका थिए ।

जाबेदको उपचारको क्रममा बुधबार भीम अस्पताल भैरहवामा मृत्यु भएको हो । घटनामा संलग्न दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए ।

प्रहरीले घटनामा संग्लन ईस्तियाक अहमद र २८ वर्षीय गफ्फार भन्ने सद्दाम अहमद मुसलमानलाई पक्राउ गरी शुक्रबार सर्वजानिक गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार