अष्ट्रियाली नागरिकबाट नेपाली बालक बलात्कृत

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नेपाली बालकमाथि यौन दुराचार गरेको आरोपमा अष्ट्रियाका एक नागरिकलाई पक्राउ गरेको छ ।

ब्युरोबाट खटिएको टोलीले नेपाली नाबालकलाई ललाइफकाइ विभिन्न प्रलोभनमा पारेर यौन दुराचार गरेको आरोपमा अष्ट्रियाका नागरिक किण्डलर माकुर्सलाई बिहीबार पक्राउ गरी सार्वजनिक गरेको हो ।

ब्युरोको टोलीले उपत्यका बाहिरबाट यौन शोषणका लागि ल्याइएका एक नाबालकसमेत मार्कुसलाई ठमेलबाट पक्राउ गरेको हो । जबर्जस्ती करणीअन्तर्गत बाल यौन दुराचार अपराधमा अधिकतम १३ वर्ष कैद सजाय तथा पीडितलाई मनासिव माफीको क्षतिपूर्ति भराउने कानूनी व्यवस्था रहेको छ ।

Related posts

Leave a Comment