काठमाडौं उपत्यकामा भूकम्पको सामान्य धक्का

काठमाडौं उपत्यकामा भूकम्पको सामान्य धक्का

काठमाडौं उपत्यकामा भूकम्पको सामान्य धक्का महसुस भएको छ । ९ बजेर २३ मिनेटमा कम्पन महसुस भएको हो ।  रामेछापलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्प ४.६ रेक्टरस्केलको रहेको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ । धेरैदिनपछि आएको भूकम्पको धक्काका कारण राजधानीवासीहरु झस्किदैं घरबाहिर निस्एिकाभएपनि यसबारे विस्तृत विवरण आउन बाँकी छ ।

Read More

एकैदिन देखियो खतरनाक रोग पोखरामा बर्डफ्लु काठमाण्डौमा स्वाइनफ्लु

एकैदिन देखियो खतरनाक रोग पोखरामा बर्डफ्लु काठमाण्डौमा स्वाइनफ्लु

टिभी अन्नपूर्ण, १५ फागुन, काठमाडौं । पोखरामा पंक्षीमा लाग्ने बर्डफ्लु भेटिएकै दिन काठमाण्डौमा स्वाईफ्लुका बिरामी फेला परेका छन । पोखरामा हाँसमा बर्डफ्लु भेटिएकै दिन काठमाण्डौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा स्वाइन फ्लु देखिएको हो । एक साता अगाडी ज्वोरो आउने र घाँंटी दुख्ने भएपछी काठमान्डौका एक जना व्यक्ति शुक्रराज ट्रपिकल अस्पताल आएका थिए । परिक्षणको क्रममा एच वान एन वान भाइरस पोजेटिभ देखिएको डा. शेरबहादुर पुनले बताए । बिशेषगरि मधुमेह, उच्च रक्तचाप, अंग प्रत्यारोपण गरिएका ब्यक्ति र डाइलासिस् गरिरहेका बिरामी र रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाइ स्वाइनफ्लु…

Read More

बाटो बिस्तारका लागी काठमाण्डौमा हजारौ रुख काटिए , श्वास फेर्न मुश्किल

बाटो बिस्तारका लागी काठमाण्डौमा हजारौ रुख काटिए , श्वास फेर्न मुश्किल

टिभी अन्नपूर्ण १४ फागुन, काठमाडौँ । वन कार्यलयको अनुमतिबिनै उपत्यकाका बिभिन्न भागमा सडक बिस्तारका नाममा हजारौ रुख कटिएकोमा सोे क्षेत्रका स्थानीयले गुनासो गरेको छन । बल्खु दक्षिणकाली, साँखु चावहिलसहित थानकोट पानीघाट क्षेत्रको बाटोबिस्तारका क्रममा हजारौ रुख काट्दा वन कार्यलयले समेत व्यवास्ता गरेको भन्दै स्थानीयले गुनासो गरेका हुन । कानुनत वन कार्यलयको रोहोबरमा यसको जाँचबुझ गरि काट्ने र काँटेको ठाँउमा दोब्बर रुख रोप्नुपर्ने कानुनी प्रावधान भएपनि यसको कुनै लेखाजोखा सम्म नराखिएको भन्दै सो क्षेत्रका स्थानीयले गुनासो गरेका हुन । अहिले यि क्षेत्रमा काईयो, कपुर उकाठ प्रजातीका हजारौं रुखहरु सडक बिस्तारका लागी…

Read More

तेत्तिस बिगाहा जग्गा र करोडौंका उपकरणहरु १० बर्षदेखि खाली

तेत्तिस बिगाहा जग्गा र करोडौंका उपकरणहरु १० बर्षदेखि खाली

टिभी अन्नपूर्ण १४ फागुन, रुपन्देही। बुटवल नगरपालिका– १२ रामनगरस्थित बुटवल औद्योगिक क्षेत्रमा बन्द अवस्थामा रहेको बुटवल धागो कारखाना सञ्चालन गर्न नसक्दा उक्त जग्गा अनुत्पादक क्षेत्रमा गएको भन्दै बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले फिर्ता माग गरेको छ । व्यवस्थापन कार्यालयको नाममा रहेको एक सय ४४ रोपनी जग्गा लामो समयदेखि प्रयोगविहीन अवस्थामा छ । सो जग्गा धागो कारखनाबाट फिर्ता लिएर नयाँ उद्योग स्थापना गर्न चाहने उद्योगीलाई प्रदान गर्ने योजना कार्यालयको रहेको छ । “जग्गामा अन्य उद्योग खोल्न सकिने सम्भवना छ,” व्यवस्थापन लिमिटेडका प्रमुख तुलबहादुर रानाले भन्नुभयो । विसं २०६४ देखि बन्द रहेको…

Read More

चिसो टहरामा लगलग कामेर रात फालेकी रामप्यारी, ५० हजारले उपचार गरौं वा घर ?

चिसो टहरामा लगलग कामेर रात फालेकी रामप्यारी, ५० हजारले उपचार गरौं वा घर ?

टिभी अन्नपूर्ण १४ फागुन, काठमाडौँ । महादेवस्थान नगरपालिका– ७ कुन्ताका रामप्यारी राई दनुवारले भूकम्पपछि ऋण गरेर श्रीमान्को मुटुको शल्यक्रिया गराउनुभयो । भूकम्पबाट घाइते सासूको उपचार जारी छ । भएको सम्पत्ति श्रीमान् र सासूको उपचारमा सकिएपछि उहाँले अहिलेसम्म घर निर्माण गर्न सक्नुभएको छैन । रामप्यारीका श्रीमान् हीरा पहिलेदेखि नै मुटुका रोगी हुनुहुन्थ्यो । उहाँका सासूलाई बाथ रोगका कारण बाहिरभित्र गर्न बैसाखीको सहारा चाहिन्छ । त्यसैले घरको सम्पूर्ण जिम्मेवारी रामप्यारीको काँधमा छ । “जेठी छोरी अपाङ्ग भएका कारण घरमै थन्किएकी छिन, छोरा र छोरी पढाउने जिम्मेवारी पनि मेरै काँधमा छ,” उहाँले पीडा…

Read More

एनसेलको ग्राहक हो भने तपाई यसरि प्रयोग गर्नुहोस निशुल्क फेसबुक

एनसेलको ग्राहक हो भने तपाई यसरि प्रयोग गर्नुहोस निशुल्क फेसबुक

टिभी अन्नपूर्ण १४ फागुन, काठमाडौँ ।  तपाई धेरैलाई थाहा छ होला केहि दिनदेखी एनसेलले मोबाइलबाट फेसबुक चलाउने आफ्ना ग्राहकलाई निःशुल्क सेवा दिन थालेकोे छ । तर एनसेलले फेसबुकसँगको सहकार्यमा ९० दिनको लागी दिएको फ्रि सेवा प्रयोग गर्न नजानेर भने धेरै प्रयोगकर्ताले यो सेवा नलिएका पनि हुन सक्छन । तपाई यसरी प्रयोग गर्नसक्नुहुनेछ एनसेलबाट फेसबुक चलाउने फ्रि सेवा । फेसबुक फ्री योजना अन्तर्गत एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकहरुले फेसबुकमा निःशुल्क आफ्नो स्ट्याटस पोस्ट गर्न, फोटाहरु अपलोड गर्न, अरुको स्ट्याटस हेर्न, लाईक, सेयर तथा कमेन्ट गर्न सक्नेछन्। एनसेलको यो अफर लागु…

Read More

डेनमार्कका राजकुमार नेपाल भ्रमणमा

डेनमार्कका राजकुमार नेपाल भ्रमणमा

टिभी अन्नपूर्ण १३ फागुन, काठमाडौं । केयर नेपाल र डेनमार्क दूतावासको विशेष आमन्त्रणमा डेनमार्कका राजकुमार योकिम होल्गर बाल्दीमार क्रिश्चियन दशदिने नेपाल भ्रमणमा आइपुगेका छन् । केयर नेपाल र डेनिस राजदूतावासको निमन्त्रणमा उनी यही फागुन २२ गतेसम्म बस्ने गरी आज नेपाल भ्रमणमा आइपुगेको केयर नेपालका कार्यक्रम निर्देशक डा पपुलर जेन्टलले जानकारी दिए । राजकुमार योकिमले काभ्रेपलाञ्चोक, गोरखा, तनहुँ, स्याङ्जा, कास्की, धनुषा, सिरहा र सिन्धुली जिल्लाका विभिन्न क्षेत्रमा सञ्चालन भएका कार्यक्रमबारे जानकारी लिनेछन् । नेपालमा भूकम्पपछि पुनःनिर्माणका बहुआयामिक पक्षका बारेमा छलफल भइरहेका अवस्थामा डेनमार्कका राजकुमारले भूकम्प प्रतिकार्य कार्यक्रम, खाद्य सुरक्षा तथा जीविकोपार्जन,…

Read More

नेपालले एसीसी इमर्जिङ कप खेल्दै

नेपालले एसीसी इमर्जिङ कप खेल्दै

टिभी अन्नपूर्ण १३ फागुन, काठमाडौं । नेपालले एसीसी इमर्जिङ कप खेल्न पाउने भएको छ । चैत १२ देखि बंगलादेशमा हुने यो प्रतियोगितामा भारत र पाकिस्तानसहित ४ टेष्ट देशको यू-२३ वा ए टिमसहित ८ देशले भाग लिनेछन् ।   विश्व क्रिकेट लिग च्याम्पियनसिपको तालिका नजिक पर्ने भन्दै यूएईले नाम फिर्ता लिएपछि एसीसीले एकदिवसीय मान्यता प्राप्त देशलाई मात्र खेलाउने निर्णय लिएको थियो । एसीसी बोर्ड बैठकको यो निर्णयले नेपालले इमर्जिङ कप गुमाउने अवस्था आएको थियो । तर, हङकङले प्रतियोगिता खेल्ने बचन दिएको छ । साथै नेपालले पनि निर्णयमा पुनर्विचार गर्न अपील गरेका…

Read More

अब कोलकत्ता–नेपाल पानीजहाज चल्छ : भारतीय राजदूत

अब कोलकत्ता–नेपाल पानीजहाज चल्छ : भारतीय राजदूत

टिभी अन्नपूर्ण १३ फागुन, काठमाडौं । नेपालका लागि भारतीय राजदूत रणजित रायले कोशी ‘हाइड्याम’ बने पछि कोलकत्ता–नेपाल पानीजहाज चल्ने बताएका छन्। रिपोटर्स क्लबमा बोल्दै राजदूत रायले कोशी ‘हाइड्याम’ र कमला डाईभर्सन प्रोजेक्टसमेत बन्ने विश्वास व्यक्त गरे। उनले भने,‘यो भयो भने नेपालमा सिँचाई हुन्छ भने भारतमा बाढी नियन्त्रण हुन्छ।’ त्यस्तै कोशी ‘हाइड्याम’ निर्माण भएपछि कोलकाता–नेपाल पानीजहाज चल्नेछ।’ कोशी ‘हाइड्याम’ बने नेपाली भूभाग डुबानमा पर्ने नेपाली विज्ञहरुले बताइरहेका बेला भारतीय राजदूतको यस्तो धारणा सार्वजनिक गरेका हुन्। तीन बर्षे कार्यकाल पुरा गरेर भारत फर्कन लागेका रायले पञ्चेश्वर परियोजनाले पूर्वाधार विकासमा ठूलो तरंग पैदा…

Read More

कमाइको १० प्रतिशत आफ्नो बुवा आमालाई

कमाइको १० प्रतिशत आफ्नो बुवा आमालाई

टिभी अन्नपूर्ण १२ फागुन,काठमाडौँ। अब आम्दानीको १० प्रतिशत रकम बाबुआमालाई छुट्याउनुपर्ने भएको छ । महिला, बालबालिका तथा समाजकल्याणमन्त्री कुमार खड्काले बाबुआमालाई आफ्नो आम्दानीको १० प्रतिशत छुट्याउनुपर्ने नियम आउन लागेको जानकारी दिए । व्यवस्थापिका–संसद् महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिको बिहीबारको बैठकमा मन्त्री खड्काले ज्येष्ठ नागरिक ऐन संशोधनको अन्तिम चरणमा रहेको र यसले जन्मदिने बाबुआमालाई वृद्धाश्रममा पुर्याउने प्रवृत्तिलाई अन्त्य गर्ने बताए । बाबुआमालाई तिनका सन्तानले आफ्नो आयको कम्तीमा १० प्रतिशत छुट्याउनुपर्ने र बाबुआमाले पनि आफ्ना सन्तानलाई आफ्नो शतप्रतिशत अंश दिन नपाउने गरी ऐन संशोधन हुन लागेको हो । अहिले मन्त्रालयले…

Read More