जानी राखौ मेथिका फाईदाहरु

जानी राखौ मेथिका फाईदाहरु

टिभी अन्नपूर्ण ११ फागुन, काठमाडौं । अनुहार चम्किलो बनाउँछ – भिजाएको मेथी पिसेर दहीमा मिसाई लेप बनाएर अनुहारमा लगाउनाले अनुहार चम्किलो हुन्छ । डन्डीफोर हटाउँछ – डन्डीफोर आएर हैरान भएकाहरूले राति मेथीका दाना पानीमा भिजाउने । भोलिपल्ट बिहान त्यसमा अझै पानी थपेर मनतातो बनाउने । पानी सेलाएपछि त्यसमा कपास भिजाएर मुख पुछ्ने । छालाको सुक्खापन हटाउँछ – पानीमा मेथीको धुलो भिजाउने । लेप बनाएर अनुहारमा लगाउने । आधा घण्टापछि धुने । यसो गर्दा अनुहारको छाला सुक्खा हुँदैन । कपाल झर्न दिँदैन – मेथीले कपाल झर्नबाट रोक्छ । एउटा सिसाको बट्टामा…

Read More

अनिन्द्राका कारण र यसबाट बच्ने उपायहरु

अनिन्द्राका कारण र यसबाट बच्ने उपायहरु

टिभी अन्नपूर्ण ११ फागुन, काठमाडौं । एउटा मानिसलाई कति निन्द्राको आवश्यकता पर्दछ भन्ने बारे जानकारी हुनु अत्यावश्यक छ । कसैलाई ८, ९ घण्टासम्म निद्राको आवश्यकता पर्छ त कोहि ४, ५ घण्टा मै निन्द्रा पुगेको अनुभव गर्दछन् । सामान्य रुपमा अनिन्द्रा भन्नाले बेलुका सुत्ने समयमा निन्द्रा नपर्नु, निन्द्रा परे पनि रातिमा निन्द्रा खुल्नु र फेरि सुत्न नसक्नु तथा बिहान अति नै चाडो निन्द्रा खुल्नु भन्ने बुझिन्छ । अनिन्द्रा को समस्या ३० देखि ३५ वर्षका बयस्कहरुमा र त्यो भन्दा माथिको उमेर समुहमा अझ धेरै भएको मानिन्छ । राति निदाउन कठिनाई भएको अवस्था,…

Read More

एक साताभित्र निर्वाचन आचारसंहिता लागू

एक साताभित्र निर्वाचन आचारसंहिता लागू

टिभी अन्नपूर्ण १० फागुन, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले छिट्टै छलफल गरी निर्वाचनसम्बन्धी आचारसंहिता ल्याइने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा डा यादवले एक साताभित्र निर्वाचनसम्बन्धी आचारसंहिता लागू गरिने जानकारी दिनुभयो । उहाँले निर्वाचनलाई कसैले कुनै बहानामा रोक्न नहुने बताउँदै अब कुनै हालतमा पनि निर्वाचन हुने स्पष्ट पार्नुभयो ।  उहाँका अनुसार निर्वाचनका लागि २१ हजारभन्दा बढी मतदान केन्द्र र २५ हजारभन्दा बढी मतपत्र बाकस चाहिन्छ । निर्वाचनका लागि स्थानीय तहमा कर्मचारीको आवश्यकता रहने हुँदा नयाँ संरचनानुसार चाँडो कर्मचारी राखिएमा निर्वाचन गर्न सहज…

Read More

क्षेत्रीय पुष्प व्यापार मेला हुने

क्षेत्रीय पुष्प व्यापार मेला हुने

टिभी अन्नपूर्ण १० फागुन, पोखरा। पोखरा सभागृहमा यही फागुन १२ गतेदेखि १६ गतेसम्म छैठौं पश्चिमाञ्चलस्तरीय क्षेत्रीय पुष्प प्रदर्शनी तथा व्यापार मेला हुने भएको छ । ‘ पुष्प व्यवसाय प्रवद्र्धनका लागि पुष्प व्यापार मेला’ नाराका साथ फ्लोरिकल्चर एसोसिएसन कास्कीको आयोजनामा हुने सो मेलामा ३५० भन्दा बढी प्रजातिका फूल प्रदर्शन गरिने संयोजक पङ्कज पौडेलले जानकारी दिनुभयो ।  मेलामा राखिने २९ वटा कक्षमा परम्परागत फुलका साथै कटफ्लावर, सुनगाभा, सिजनल फूल, बोन्साइँ बिरुवा प्रदर्शनी गरिने छ । प्रदर्शनीमा रु २० हजारदेखि रु ५० हजार पर्ने बिरुवा बिक्रीका लागि राखिने बताइएको छ ।

Read More

सुविधा दिए पनि संस्कृत पढ्दैनन्

सुविधा दिए पनि संस्कृत पढ्दैनन्

टिभी अन्नपूर्ण १० फागुन, काठमाडौं । नेपाली भाषाको जननीका रुपमा संस्कृत भाषा रहे पनि यस शिक्षाप्रति विद्यार्थीको आकर्षण बढ्न सकेको छैन । संस्कृत शिक्षाको संरक्षण एवम् विकासका लागि सरकारले लगानी गर्दै आए पनि लगानीअनुरुप अपेक्षित उपलब्धि हासिल हुन नसक्नु यतिखेर चिन्ताको विषय बनेको छ । प्राचीनकालमा गुरुकुल पद्धतिबाट अध्ययन अध्यापन हुन्थ्यो र संस्कृत सिक्नु अनिवार्य थियो । पूर्वीय संस्कृतिका सम्पूर्ण धार्मिक ग्रन्थ संस्कृत भाषामा रचिए पनि पछिल्लो समयमा यस शिक्षाप्रति आकर्षणभन्दा पनि विकर्षण बढी देखिएको छ । विगतका समयमा संस्कृत शिक्षाका लागि पोखरा र आसपासका क्षेत्र आकर्षक गन्तव्य बने पनि…

Read More

महिला शिक्षामा जोड दिनुपर्ने

महिला शिक्षामा जोड दिनुपर्ने

टिभी अन्नपूर्ण १० फागुन, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले आगामी दिनमा सरकारले महिला शिक्षामा विशेष जोड दिनुपर्ने बताउनुभएको छ । डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको ३७औँ वार्षिकोत्सवका अवसरमा उहाँले समान अवसरका लागि महिला शिक्षामा जोड दिनुपर्ने बताउनुभएको हो ।  क्याम्पस प्रमुख अपराजित अर्यालले ३७ वर्षदेखि क्याम्पसको आफ्नो भवन नहँुदा आशानुरुप प्रगति गर्न नसकेकाले सम्बन्धित निकायलाई सहयोग गर्न आग्रह गर्नुभयो । प्रा हरिहर घिमिरेले समान अवसरका लागि वा आफ्नो अधिकार सुनिश्चित गर्नका लागि महिला सशक्त रुपमा आफैँ लागिपर्नुपर्ने औँल्याउनुभयो । सो अवसरमा यसै वर्ष विद्यावारिधि गर्नुभएका सोही क्याम्पसका प्रा…

Read More

क्याम्पसमा अध्ययन गर्दासम्म मात्र स्ववियुमा रहने

क्याम्पसमा अध्ययन गर्दासम्म मात्र स्ववियुमा रहने

टिभी अन्नपूर्ण १० फागुन, काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन स्ववियुमा निर्वाचित पदाधिकारी र सदस्यहरु क्याम्पसमा अध्ययनरत रहँदा मात्र पदमा बस्न पाउने भएका छन् । यसअघि निर्वाचनमा जितेपछि दुई वर्षसम्म पदमा बस्न पाउने व्यवस्था भए पनि अबको निर्वाचनपछि क्याम्पसमा अध्ययरत रहँदासम्म मात्र उक्त पदमा बस्ने पाउने नयाँ व्यवस्था त्रिभुवन विश्वविद्यालय गरेको छ । त्रिविका रजिस्ट्रार डिल्लीप्रसाद उप्रेतीले निर्वाचित विद्यार्थी अन्तिम परीक्षा दिइसकेपछि उक्त पदमा स्वतः बस्न नपाउने व्यवस्था गरिएको जानकारी गराउनुभयो । उहाँका अनुसार २०६९ सालमा स्ववियु निर्वाचनको तयारी गर्दा त्रिवि पदाधिकारी र विद्यार्थी सङगठनसँगको छलफलपछि त्रिवि सङ्गठन तथा शैक्षिक प्रशासनसम्बन्धी…

Read More

बझाङमा बङ्गलादेशी उसिना चामल

बझाङमा बङ्गलादेशी उसिना चामल

टिभी अन्नपूर्ण १० फागुन, काठमाडौं । बङ्गलादेश सरकारले उपलब्ध गराएको उसिना चामल सेती अञ्चलका बझाङ् र बाजुरामा ‘कामका लागि खाद्यान्न कार्यक्रम’ मा उपयोग गरिने भएको छ । बझाङ्मा २६ हजार क्विन्टल र बाजुरामा २० हजार क्विन्टल उसिना चामल पठाउन लागेको नेपाल खाद्य संस्थान सेती अञ्चल कार्यालयका निमित्त प्रमुख गङ्गादत्त पन्तले जानकारी दिनुभयो । कामका लागि खाद्यान्न कार्यक्रमअन्तर्गत सडक निर्माणलगायत विकास सम्बन्धी योजनामा सो चामल प्रयोग गरिने छ । यस अघि उक्त चामल भूकम्प प्रभावित क्षेत्र तथा खाद्यान्न अभाव हुने दार्चुला, बझाङ्, बाजुरा, अछामलगायत जिल्लामा ढुवानी अनुदानमा बिक्री वितरण हुने गरेको…

Read More

मेची– महाकाली अभियानः राष्ट्रिय एकता र समृद्धिमा सहयोग पुग्ने विश्वास

मेची– महाकाली अभियानः राष्ट्रिय एकता र समृद्धिमा सहयोग पुग्ने विश्वास

टिभी अन्नपूर्ण १० फागुन, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गतेदेखि चैत ४ गतेसम्म हुन लागेको आफ्नो दलको मेची–महाकाली अभियानलाई अवरोध पुग्ने खालका कार्यक्रम नगर्न सबैलाई आग्रह गर्नुभएको छ । एमाले केन्द्रीय कार्यालय धूम्रबाराहीमा आज ‘मेची महाकाली राष्ट्रिय अभियान’, व्यवस्थापन कार्यालयको आज उद्घाटन गर्दै उहाँले पार्टीको पूर्वनिर्धारित कार्यक्रम भएकाले अवरोध नपु¥याउन सम्पूर्ण राजनीतिक दल र सङ्घसंस्थालाई अनुरोध गर्नुभयो ।  हिमालदेखि तराई तथा पूर्वदेखि पश्चिम पुग्ने सो अभियानबाट मुलुकको राष्ट्रिय एकता, लोकतन्त्र, विकास र समृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । “अभियानमा तय गरिएका नारा वडा,…

Read More

भूकम्पपीडितको नाममा सुविधा उपभोग गरेका विरुद्ध मौखिक उजुरी

भूकम्पपीडितको नाममा सुविधा उपभोग गरेका विरुद्ध मौखिक उजुरी

टिभी अन्नपूर्ण १० फागुन,बनेपा | काभ्रेपलाञ्चोकमा भूकम्पका कारण क्षति नव्यहोरेका व्यक्तिले पनि सरकारले उपलब्ध गराएको अनुदानलगायतका सुविधा उपभोग गरेका मौखिक उजुरी परेको छ । जिल्लाभरबाट त्यस्ता उजुरी आए पनि सबैभन्दा बढी पाँचखाल क्षेत्रबाट करिब एक सयको हाराहारीमा उजुरी आएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिका सदस्य सचिव ध्रुव गंैडाले बताउनुभयो ।  “हामीलाई सहरमा बस्ने र घर नभत्केकाले पनि सुविधा लिएको सूचना आइरहेको छ । ” उहाँले भन्नुभयो, “ पीडित नभएकाले पनि सुविधा उपभोग गरे कानुनअनुसार असुल उपर गरिने भएकाले त्यस्ता व्यक्ति विरुद्ध बेनामे लिखित उजुरी दिन भूकम्पपीडितलाई आग्रह गरिएको थियो…

Read More