हातहतियारसहितका सुरक्षाकर्मी राख्न अन्तर्राष्ट्रिय वायुसेवालाई सजिलो

हातहतियारसहितका सुरक्षाकर्मी राख्न अन्तर्राष्ट्रिय वायुसेवालाई सजिलो

टिभी अन्नपूर्ण ९ माघ, काठमाडौं । नेपालका विमानस्थलमा अवतरण गर्ने अन्य राष्ट्रका वायुसेवाले वायुयानभित्र हातहतियारसहितका सुरक्षाकर्मी एयरमार्सल राख्न सजिलो हुने भएको छ। नागरिक उड्डयन सुरक्षा नियमावली २०७३ ले इनफ्लाइट सेक्युरिटी अफिसर राख्न पाउने बाटो खोलेको हो। नियमावलीअनुसार गृह मन्त्रालयबाट स्वीकृति लिएर सुरक्षाकर्मी राख्न पाइन्छ। नियमावली कार्यान्वयनमा आइसकेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारीहरूले भने विमानस्थल व्यवस्थापनलाई जानकारी गराएर कुनै पनि विमानले एयरमार्सल राखेको जानकारी नभएको बताएका छन्। भारतीय वायुसेवा कम्पनीहरूले नेपालबाट भारत उडान गर्ने यात्रुलाई अतिरिक्त चेकजाँचपछि मात्र वायुयानमा छिर्न दिन्छन्। विमानस्थल सुरक्षाको जाँच प्रक्रिया पूरा गरी जहाज चढ्नेवेला यात्रुको शरीर…

Read More

स्ववियु चुनावका लागि विद्यार्थीहरुको तयारी तिब्र, त्रिविले अझै चुनाव तालिका सार्वजनिक गरेन्

स्ववियु चुनावका लागि विद्यार्थीहरुको तयारी तिब्र, त्रिविले अझै चुनाव तालिका सार्वजनिक गरेन्

टिभी अन्नपूर्ण ९ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्ववियु चुनाव घोषणा गरेसंँगै विद्यार्थी संगठनहरू चुनाव आफ्नो पक्षमा पार्न लागी परेका छन्। तीन ठूला विद्यार्थी संगठन चुनावको रणनीतिसहित काममा जुट्न थाले पनि त्रिवि भने प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपतिको प्रतिक्रिया पर्खेर बसेको छ। त्रिविले १४ फागुनमा स्ववियु चुनाव गर्ने घोषणा गरेको छ। अब एक महिनाभन्दा केही दिन बढी रहँदासम्म उसले चुनावसम्बन्धी कार्यतालिका सार्वजनिक गर्न सकेको छैन। त्रिविले कार्यतालिका सार्वजनिक नगरेको भन्दै विद्यार्थी संगठनका पदाधिकारीले आलोचना गर्न थालेका छन्। त्रिविले स्ववियु चुनावका लागि शिक्षाध्यक्ष प्रा.डा. सुधा त्रिपाठीको अध्यक्षतामा केन्द्रीय निर्वाचन कमिटी गठन गरिसकेको…

Read More

कप्तान रामोस चम्किएपछि, रियलको जित,

कप्तान रामोस चम्किएपछि, रियलको जित,

टिभी अन्नपूर्ण ९ माघ, काठमाडौं । पहिलो हाफमै हेड मार्फत सर्जियो रामोसले २ गोल गरेपछि लालिगा लिग लिडर रियल मड्रिडले मालगा विरुद्ध कठिन जित निकालेको छ । उनले कर्नर बललाई ३५ औं मिनेटमा हेड मार्फत गोल गरेका थिए, भने दोस्रो गोल टोनी क्रुसको फ्रि किकलाई ४३औं   मिनेटमा गोलमा परिणत गरेका थिए । मालगाको लागी जे अनोरले ६३ औं मिनेटमा सान्तोना गोल गरेका थिए । यो जित सँगै रियल ४३ अंकका साथ शिर्ष स्थानमा रहेको छ ।

Read More

रुनीको २५० औँ किर्तिमानी गोल,

रुनीको २५० औँ किर्तिमानी गोल,

टिभी अन्नपूर्ण ९ माघ, काठमाडौं । म्यानचेस्टर युनाइटेडका कप्तान वायने रुनी क्लबका सर्वकालिन सर्वाधिक २५० गोल गरेका छन् । इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको स्टोक सिटीसँगको खेलमा गोल गरेका रुनीले यो कीर्तिमान बनाएका हुन् । रुनीले स्टोक सिटीसँगको खेलमा इन्जुरी समयमा गरेको बराबरी गोल युनाइटेडका लागि गरेको दुई सय ५० औं गोल हो । रुनीले सन बबी चार्लटनको कीर्तिमान तोडेका हुन् । चार्लटनले दुई सय ४९ गोल गर्दै कीर्तिमान बनाएका थिए । रुनीले गरेको दुई सय ५० औं गोल प्रिमियर लिगको यो सिजनमा दोस्रो गोल हो । सन्…

Read More

बैतडीमा बाल बिवाहकाे जालाेः १६ वर्षमै बिहे, २० वर्षमा २ सन्तानसहित स्थायी बन्ध्याकरणा

बैतडीमा बाल बिवाहकाे जालाेः १६ वर्षमै बिहे, २० वर्षमा २ सन्तानसहित स्थायी बन्ध्याकरणा

टिभी अन्नपूर्ण ९ माघ, बैतडी । गाँजरी–५, धौल्याडीकी निर्मला धामीले २० बर्षमै परिवार नियोजनको स्थायी बन्ध्याकरण गरिन् । उनले १६ बर्षको उमेरमा विहे गरेर दुई सन्तान जन्माइसकेकी छिन् । उनले गत महिना गाँजरी स्वास्थ्य चौकीमा स्थायी बन्ध्याकरण मिनिल्याप गराइन् । जिल्लामा ‘विहेबारी बीस बर्ष पारी’ भन्ने नारासहित बालविवाहविरुद्धको अभियान चलिरहेको छ तर धामीजस्तै किशोरीको सानैमा विहे गरेपछि छिट्टै सन्तान जन्मने गरेका छन् । स्वास्थ्य कार्यालयले आयोजना गरेको मिनिल्याप९महिलाको स्थायी बन्ध्याकरण शिविरमा निर्मलाका पति सोपान पनि सँगै थिए । २३ बर्षीय सोपान गाजरी माविमा कक्षा १० मा पढ्छन् । उनले ६ कक्षामा…

Read More

स्वबियु चुनाब कुनै हालतमा रोकिन्नः उपाध्यक्ष तामाङ

स्वबियु चुनाब कुनै हालतमा रोकिन्नः उपाध्यक्ष तामाङ

टिभी अन्नपूर्ण ८ माघ, काठमाण्डौ नेकपा (माओवादी केन्द्र) निकट अखिल(क्रान्तिकारी) का वरिष्ठ उपाध्यक्ष रन्जित तामाङले आगामी फागुन १४ गतेका लागि तय गरिएको स्वबियु चुनाब कुनै हालतमा नरोकिने बताउनुभएको छ । शनिबार अखिल (क्रान्तिकारी) प्रदेश नं. ५ को स्वबियु विशेष प्रशिक्षण कार्यशालाू लाई बाँकेको नेपालगन्जमा उद्घाटन गर्दै नेता तामाङले बिद्यार्थीहरुले रगत बगाएर स्थापित गरेको सस्थालाई मृत्युबरण गर्नबाट रोक्नका लागि भए पनि स्वबियु चुनाब गरिनुपर्ने बताउनुभएको हो । यो हामीलाई कसैले निगाह गरेर दिएको संस्था होइनू, उहाँले भन्नुभयो हाम्रा कयौं अग्रजहरुले रगत बगाएर स्थापित गरेको सस्था नै खारेजी हुन सक्ने संकेतहरु देखा…

Read More

सबै जारको पानी सुरक्षित हुदैन, जारको पानी किन्दा ध्यानदिनु पर्ने कुरा

सबै जारको पानी सुरक्षित हुदैन, जारको पानी किन्दा ध्यानदिनु पर्ने कुरा

टिभी अन्नपूर्ण ८ माघ, काठमाण्डौ तपाई जारको पानी पिउनु हुन्छ भने ध्यानदीनुहोस सबै जारको पनि पिउन योग्य हुदैनन् । जारको पानी किन्दा तपाईले बिभिन्न कुरामा ध्यानदिनु पर्ने हुन्छ । जस्तै  जार कुच्चिएको, फुटेको, पुरानो भएर धुलोमैलो लागेको, जारको भित्री भागमा लेउ लागेकोजस्तो देखिएमा त्यस्तो जारको पानी प्रयोग नगनुहोस  । जारको टाउकोमा लगाइएको क्यापमा अनुज्ञापत्र लिएको छ÷छैन राम्ररी हेर्नहोस । त्यस्तै डिएफसिक्युसी (डपार्टमेन्ट अफ फुड टेक्नोलोजी एन्ड क्वालिटी कन्ट्रोल नम्बर) पनि हेर्नुपर्छ । यस्तो नम्बर छ भने उत्पादन खाद्य प्रविधिको नियमनमा छ भन्ने बुझ्नुपर्छ , यदि छैन भने त्यस्तो जारको पानी…

Read More

१० दिन भित्र तीन वटै तहको निर्वाचनको मिति घोषणा गर्नुपर्छ –ओली

१० दिन भित्र तीन वटै तहको  निर्वाचनको मिति घोषणा गर्नुपर्छ –ओली

टिभी अन्नपूर्ण ८ माघ, काठमाण्डौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अबको १० महिनाभित्र सरकारले तीन वटै तहको निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताउनु भएको छ । एमाले भक्तपुरले शनिबार आयोजना गरेको पार्टीका नयाँ सङ्गठित सदस्यलाई शपथ ग्रहण कार्यक्रममा उहाँले आगामी कात्तिक–मङ्सिरसम्म तीन वटै तहको निर्वाचन गर्ने गरी कार्यतालिका सार्वजनिक गर्न सरकारसँग आग्रह गर्नुभएको छ । सरकारले तीनवटै तहको निर्वाचन कार्यतालिका मिति तत्काल घोषणा गर्न नसक्ने हो भने सत्तामा बसिरहन नमिल्ने बताउनु भएको । चुनाव गराउन नसके सरकार छाड्नुपर्ने औँल्याउँदै अध्यक्ष ओलीले भन्नु भयो, ’आज मेरो प्रधानमन्त्रीसँग कुराकानी हुँदैछ, म…

Read More

छक्कापञ्जा पाईरेसी र कृष्ण सुवेदी आत्महत्याले अर्को मोड लियो

छक्कापञ्जा पाईरेसी र कृष्ण सुवेदी आत्महत्याले अर्को मोड लियो

टिभी अन्नपूर्ण काठमाडौं, ८ माघ । कलाकार दिपकराज गिरीले छक्कापञ्जा पाइरेसी र आत्महत्या प्रकरणबारे छानविन गर्न प्रहरीमा उजुरी दिनुभएको छ । छक्कापञ्जा पाइरेसी प्रकरणमा जोडिएका एक युवाले आत्महत्या गरेपछि आत्महत्याको घटनामा समेत आफूलाई जोडिएकाले यसको निष्पक्ष छानविनको माग गर्दै प्रहरीमा निवेदन दिनुभएको हो  । महानगरीय प्रहरी वृत गौशालामा गिरीले दर्ता गरेको निवेदनमा छक्कापञ्जा प्रकरणमा मुछिएका युवाले आत्महत्या गर्नुमा आफ्नो कुनै हात नरहेकाले यसबारे समेत अनुसन्धान गर्न माग गरिएको छ । पाईरेसीका कारण आफै पीडामा रहेका बेला आफ्नै कारण पाईरेसी प्रकरणमा मुछिएका कृष्ण सुवेदीको आत्महत्या भएको भन्ने आरोपले आफुलाई थप पीडा…

Read More

मधेसीमाथि शंका गर्नु अपारध हो– भट्टराई

मधेसीमाथि शंका गर्नु अपारध हो– भट्टराई

टिभी अन्नपूर्ण ८ माघ, काठमाण्डौ । नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले नेपाली सीमाको मधेसी सामुदायले नै रक्षा गर्दै आएकोले  मधेसी सामुदायको राष्ट्रियता र एकतामाथि शंका गर्नु अपराध भएको बताउनु भएको छ । भैरहवामा आयोजित पार्टी प्रवेश तथा स्वागत कार्यक्रममा भट्टराईले खस आर्यले आफुलाई मात्र नेपाली ठान्ने र मधेसी भारतीय हुन ठान्ने प्रवृत्ति गलत भएको बताउनु भएको छ । पूर्वप्रधानमन्त्री भट्टराईले नेपालमा अहिले जातीय अलगाववादी र पृथकतावादीहरु हावी हुँदै गएको र दुवै एउटै सिक्काको दुई पाटो भएको दावी गर्नुभएको छ । उहाँले मधेसीलाई भारतीय भन्दै जातीय अलगाववादीको कुरा गर्ने एउटा…

Read More