केयुकेको बिल नतिरेका ग्राहकले मेलम्चीको पानी नपाउने

केयुकेको बिल नतिरेका ग्राहकले मेलम्चीको पानी नपाउने

टिभी अन्नपूर्ण ८ माघ, काठमाण्डौ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेले दुई अर्ब १२ करोड पाँच लाख रूपैयाँ महसुल उठ्न बाँकी रहेको बताएको छ । यसरि महसुल नतिरेका ग्राहकलाई व्यक्तिगत रुपमा पत्र लेखी छिटो महसुल तिर्न सूचित गरिएको र समयमा नै बिल नतिरे त्यस्ता ग्राहकलाई मेलम्चीको पानी बितरण नगर्ने खानेपानी लिमिटेडका महाप्रबन्धक डा.महेशकुमार भट्टराईले बताउनु भएको छ  ।  २०७४ असोजभित्र मेलम्चीको पानी उपत्यकामा आउने भएपछि लिमिटेडले यस्तो तयारी गरेको हो । “लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालयले उपत्यकामा हाल बिच्छ्याइरहेको पाइप फेरि बिच्छ्याउन सडक खन्न झन्झट हुने भएकाले महसुल नतिरेका ग्राहकको घरसम्म पनि…

Read More

प्रचण्डले जनतालाई धोका दिए–सन्तोष

प्रचण्डले जनतालाई धोका दिए–सन्तोष

टिभी अन्नपूर्ण ८ माघ, काठमाण्डौ । नेकपा माओवादी स्थायी कमिटी सदस्य तथा जनपरिषद् प्रमुख सन्तोष बुढामगरले माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले जनतालाई धोका दिएको दाबी गर्नुभएको छ । माओवादी प्यूठानको चौथो जिल्ला सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै उहाँले माओवादी क्रान्तिलाई धोका दिएकाले एकीकृत जनक्रान्ति सुरु गरेको बताएका छन् । उहाँले नेपालको राजनीति क्रान्ति र गैरक्रान्तिबीच धु्रवीकरण बन्दै गएको बताउनु भएको छ । उहाँले दस वर्षे जनयुद्ध लडेर राजनीति उपलव्धिलाई संसदीय व्यवस्थाले गुमाउँदै गएकाले गैरसंसदीय कम्युनिस्टहरू एक हुनुको विकल्प नरहेको औल्याउनु भएको छ  । अधुरै रहेको क्रान्तिलाई पूरा गर्न आफ्नो पार्टी एक…

Read More

टेलिकमको वाषिर्क उत्सवको दिनबाट प्रिपेड ग्राहकलाई पनि फोर–जी सेवा

टेलिकमको वाषिर्क उत्सवको दिनबाट प्रिपेड ग्राहकलाई पनि फोर–जी सेवा

टिभी अन्नपूर्ण ८ माघ, काठमाण्डौ । नेपाल टेलिकमको पोष्टपेडमा फोर–जी दर्ता गर्ने ग्राहकको संख्या बढ्दै गएपछि माघको २२ गतेदेखि जीएसएम प्रिपेड ग्राहकलाई पनि फोर–जी सेवा दिने भएको छ । गत पुस १७ गतदेखि टेलिकमले काठमाडौं र पोखराका पोष्टपेड ग्राहकलाई फोर–जी सेवा दिन सुरु गरेको थियो । अब टेलिकमको वाषिर्क उत्सवका अवसर पारेर फोरजीको प्रिपेडमार्फत ब्यवसासयिक लञ्चिङ गर्न लागिएको हो । टेलिकमले ३९ करोड रुपैयाँ बराबर खर्चिएर फोर–जी सेवा प्रारम्भ गरेको हो । काठमाडौंमा फोर–जीका लागि काठमाडौंमा ३ सय ८ वटा बिटीएस टावरलाई अपग्रेड गरिएको छ भने पोखरामा ७९ वटा टावरको…

Read More

काग्रेस केन्द्रीय समितिले अझै पूर्णता पाउन सकेन

काग्रेस केन्द्रीय समितिले अझै पूर्णता पाउन सकेन

टिभी अन्नपूर्ण ८ माघ, काठमाण्डौ । नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा सभापतिमा निर्वा्चित भएको १० महिना बितिसक्दा पनि उहाँले न कार्यसमितिलाई पूर्णता दिन सके न त पार्टीको विधान अनुसार अन्य काम नै गर्न सकेका छन् । पार्टीको विधान अनुसार महाधिवेशन सकिएको दुई महिनाभित्रमा पार्टीका सबै संरचनालाई पूर्णता दिनुपर्ने रहेको छ । तर १० महिना बितिसक्खा पनि केन्द्रीय सदस्य मनोनयन बाहेक केही गर्न सकेका छैन्न् । पार्टीको विधानमा अनुसार एक उपसभापति एक महामन्त्री र एक सहमहामन्त्री मनोनीत गर्ने व्यवस्था छ । तर सभापति देउवालाई पार्टी सञ्चालनका लागि मनोनयन गर्नुभन्दा नगर्दा सहज…

Read More

सुन तस्करीमा गृह र अर्थ मन्त्रालयको संलग्नता, भईरहेको छानविन नाटकमात्रै– नेता महासेठ

सुन तस्करीमा गृह र अर्थ मन्त्रालयको संलग्नता, भईरहेको छानविन नाटकमात्रै– नेता महासेठ

टिभी अन्नपूर्ण ८ माघ, काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता रघुवीर महासेठले सुन तस्करीमा गृह र अर्थ मन्त्रालयको संलग्नता रहेको र गृहमन्त्रालयमार्फत भईरहेको छानविन नाटकमात्रै भएको  दाबी गर्नुभएको छ । उहाँले भन्नु भयो ‘यो सानो तिनो माछाको काम नै होइन, यसमा स्वयम गृह र अर्थ मन्त्रालयको संलग्नता रहेको छ, अरुबाट यो काम हुनै सक्दैन ।’ शनिबार राजधानीमा आयोजित कार्यक्रममा पूर्वमन्त्री समेत रहेका एमाले नेता महासेठले सुन तस्करीबारे छानविन गर्नको लागि सरकारले स्वतन्त्र छानविन आयोग गठन गर्नुपर्ने समेत माग गनुभएको छ । उहाँले भन्नु भयो ‘प्रचण्डजीले आफ्नो क्रान्तिकारी छवि…

Read More

म संविधान संशोधनको विपक्षमा छैन, तर संशोधनमा राष्ट्रिय सहमति चाहिन्छ–रायमाझि

म संविधान संशोधनको विपक्षमा छैन, तर संशोधनमा राष्ट्रिय सहमति चाहिन्छ–रायमाझि

टिभी अन्नपूर्ण ८ माघ, काठमाण्डौ । त्तारुढ दल नेकपा माओवादी केन्द्रका संसदीय तथा संसदिय दलका उपनेता टोपबहादुर रायमाझीले संविधान संशोधन विद्येयकलाई कोमामा राखेर तत्काल स्थानीय तहको निर्वाचन घोषणा गर्नुको विकल्प नभएको बताउनु भएको छ । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उहाँले भन्नस भयो ‘सदनमा टेबल गरिएको संविधान संशोधन विद्येयक फिर्ता लिने हो वा पेण्डिङ्मा राख्ने हो, त्यो सरकारको कुरा हो, तर संशोधनलाई छाडेर तत्काल स्थानीय तहको निर्वाचनमा जानुपर्छ, र संविधान कार्यान्वयनमा जुट्नुपर्छ ।’ संविधान कार्यान्वयन नभए मुलुक प्रतिगामी दिशातर्फ जाने खतरा समेत रहेको  औंल्याउनु भयो । उहाँले …

Read More

नेपाल अन्तराष्ट्रिय आतंकवादीहरूको सेल्टर बन्ने खतरा

नेपाल अन्तराष्ट्रिय आतंकवादीहरूको सेल्टर बन्ने खतरा

टिभी अन्नपूर्ण ८ माघ, काठमाण्डौ । नेपाल प्रहरीको अपराध अनुसन्धान विभागका एआईजी विज्ञानराज शर्माले नेपालमा आतंकवादीहरूले सेल्टर बनाएर बस्ने खतरा रहेको बताउनु भएको छ । राजधानीमा तीन दिन चलेको अन्तर्रा्ष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) को २३ औं एसिया क्षेत्रीय सम्मेलनको समापनमा शुक्रबार पत्रकारसँग कुरा गर्दै उनले पछिल्लो अनुभवलाई हेर्दा यस्तो सम्भावना देखिएको बताउनु भएको हो । नेपालमा आतंकवाद नियन्त्रणसम्बन्धी कानुन नै नभएको सुनाउँदा अन्य देशका प्रहरी अधिकारीले अचम्म मानेको बताउँदै शर्माले भन्नुभयो, ‘अलकायदा, आईएसआईएस र मुजाहिद्दिन जस्ता आतंकवादी संगठनको गतिविधि छैन भनेर ढुक्क भएर बस्न सकिँदैन ।’ शर्माले सुपुर्दगी सन्धिको…

Read More

चीनबाट राजदूत पौड्यालले लेखे मुख्य सचिवलाई यस्तो पत्र

चीनबाट राजदूत पौड्यालले लेखे मुख्य सचिवलाई यस्तो पत्र

टिभी अन्नपूर्ण ८ माघ, काठमाण्डौ । चीनका लागि नेपाली राजदूत लिलामणि पौड्यालले मुख्य सचिव सोमलाल सुवेदीलाई फेसबुक स्टाटस मार्फत पत्र  लेख्नु भएको छ  । उहाँले सुवेदीलाई बागमती किनारका विरुवाका विषयमा पत्र लेख्नु भएको हो ।  बागमती संरक्षणका नाममा त्यसका वरपर बागमती सफाइ अभियानका क्रममा रोपिएका विरुवा राती उखेलेको खबरले आफू मर्माहत भएको भन्दै राजदूत पौडलले उक्त काम तत्काल रोक्न आदेश दिन आग्रह गनुभएको छ । उहाँले लेख्नुभएको पत्र मुख्यसचिव श्रीसोमलाल सुवेदीलार्इ हार्दिक अनुरोध ! विगत तीन वर्षदेखि निरन्तर सरसफाइमा संलग्न स्थानीय समुदायले आफ्नो रगतपसिना बगाएर रोपेका र आफ्ना सन्तान जसरी माया…

Read More

गायक यमबुद्धको सम्झनामा आज साँझ दीप प्रज्वलन गरिने

गायक यमबुद्धको सम्झनामा आज साँझ दीप प्रज्वलन गरिने

टिभी अन्नपूर्ण काठमाडौं, ८ माघ । गत माघ १ गते लण्डनमा आत्महत्या गरेका युवा पुस्ताका चर्चित -यापर गायक यमबुद्धको सम्झनामा आज शनिबार साँझ दीप प्रज्वलन गरिने भएको छ । यमबुद्धका शुभचिन्तक (फ्यान) हरुले काठमाडौंको बसन्तपुरमा आज साँझ ६ बजे मैनबत्ती बाली दीप प्रज्वलन गर्न लागेका हुन् । नेपालमा -याप गीतसंगीतलाई स्थापित गर्ने पहिलो व्यक्ति नै यमबुद्ध हुन् । उनका लाखौं लाख प्रशंसकहरु छन् । उनको फेसबुक पेजमा समेत करिब १२ लाख फ्यानहरुले फलो गरेका छन् । यमबुद्धको स्मृतिमा उनका शुभचिन्तकहरुले आज दीप प्रज्वलन गरी श्रद्धाञ्जली व्यक्त गर्न बसन्तपुरमा भेला हुन…

Read More

लगातार दुई खेल हारेको रियल मड्रिडले आज के गर्ला ?

लगातार दुई खेल हारेको रियल मड्रिडले आज के गर्ला ?

टिभी अन्नपूर्ण, ८ माघ, स्पेनिस लालिगामा आज ४ खेल हुदै छन्, जसमा रियल मड्रिड र मालगा भिड्दै छन् । लगातार २ खेलमा हार बेहोरेको रियल खेल जित्नै पर्ने दबाबमा छ । खेल नेपाली समय अनुसार बेलुका ९ बजे मड्रिडको होम सेन्टियागोमा हुनेछ । ४० अकं सहित लिगको शिर्ष स्थानमा रहेको आज जितेमा दोस्रो स्थानको सेभिल्ला संग ४ अकंको दुरमा हुनेछ । त्यस्तै अन्य खेलहरुमा स्पानियोल र ग्रानाडा, डिर्पोटिभ र लेगेन्स्, भिल्लारियल र भ्यालेन्सिया आमन्ने सामन्ने हुदै छन् ।

Read More