वहालवालामन्त्री नै सर्वसाधरणलाई गाडीले हानेर भागे के पारसप्रवृत्ति हावी भएकै हो ?

सरकारका वहालवालामन्त्री तप्तबहादुर बिष्टले राजधानीको बानेश्वरचोकमा एक सर्वधारणलाई गाडीले हानेर भागेका छन ।

बानेश्वरमा चोकमा बा ४८ प ९२५० नम्बरको मोटरसाइकललाई दिएको झण्डावाल गाडीले ठक्कर दिदाँ मोटरसाईकलमा सवार २ जना घाईते भएका छन ।

तीब्र गतिमा आएको बा १ झ ७१६३ नम्बरको झण्डावाल गाडीले मोटरासाईकललाई हानेर घाईतेको उद्धारसमेत नगरि भागेको थियो ।

दुर्घटनाका सम्बन्धमा टिभी अन्नपूर्णसँग कुराकानी गदैं राज्यमन्त्री बिष्टले आफ्नो गाडीले मोटरसाईकललाई ठक्कर दिएको स्विकारेका छन ।

उनले भने मोटरसाईकल चालकले गलत दिशाबाट आएर आफ्नो गाडीलाई ठक्कर दिदाँ मोटरसाईकलमा सवार घाईते भएको आफुले जानकारी पाएपनि तत्कालै आक्रोशित जनमानसका कारण उपचारका लागी लैजानसक्ने अवस्था नभएकाले छाडेर भाग्नुपर्दा ग्लानी महशुस भएको प्रतिक्रिया दिए ।

Related posts

Leave a Comment