बैंकहरुले सामुहिक जमानीमा ३ लाख व्याज नलाग्ने ऋण दिने कामलाई अब प्राथामिकता दिनुपर्ने

 

सरकारले अघि सारेको सामुहिक जमानीमा बन्दै गरेको घर धितो राखेर निब्र्याजी ऋण उपलब्ध गराउने कार्यबिधी अनुसार बैंकहरुले कर्जा प्रवाहलाई सहज बनाउन पूर्ननिर्माण प्राधिकरणले आग्रह गरेको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प पिडितहरुलाई दिने निव्र्याजी ३ लाख रुपैयालाई बैंकहरुले सहज रुपमा दिन तयार नभएको भन्ने गुनासो बढेपछि कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलले यस्तो आग्रह गर्नुभएको हो ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले सामुहिक जमानीमा ऋण उपलव्ध गराउने कार्यविधि २०७४ लाई संशोधन गर्दै बन्दै गरेको घर धितो राखेर पनि निब्र्याजी ऋण पाइने व्यवस्था समेत लागू गरेको छ ।
संशोधन लगत्तै पुर्ननिर्माण प्राधिकरणले संघिय मामिला तथा स्थानिय विकास मन्त्रालय, शहरी बिकास मन्त्रालय, बैकर्स एशोसियशन र महालेखा नियन्त्रणको कार्यालयका प्रतिनिधी सहितको बैठकमा निब्र्याजी ऋण दिने बिषयमा छलफल समेत भएको थियो ।

बैठकमा सहभागी बैकर्स एशोसियनका अध्यक्ष अनिल केशरी शाहले सरकारको नीति अनुसार निव्र्याजी ऋण प्रवाह गर्न आफुहरुलाई कुनै अफ्ठेरो नभएको भन्दै राष्ट्र वैंकसँग समन्वय गरेर कर्जा परिचालनका प्रभावकारी बनाउने बताएका छन ।
त्यसो त यसअघि नै प्राधिकरणले कोष तथा लेखा नियन्त्रण कार्यालयलाई यो कामलाई प्राथमिकतामा राखेर कार्य गर्ने निर्देशन दिन महालेखा नियन्त्रणको कार्याललाई समेत पत्राचार गर्ने निर्णय समेत गरेको थियो ।

प्रवक्ता भूसालका अनुसार बैठकले भूकम्प प्रभावित ३१ वटै जिल्लाहरुमा सम्पुर्ण गाँउपालिका एवं नगरपालिकालाई दोस्रो र तेस्रो किस्ताको लागि आवेदन दिएका लाभग्राहीहरुको निवेदन यथाशिघ्र इन्जिनियरहरुबाट जाँच निरीक्षण गराई भूकम्प प्रतिरोधी ठहरिएका घरहरुलाई तत्कालै भुक्तानीको प्रक्रिया अगाडी बढाउन आ–आफना जिल्ला आयोजना कार्यान्वयन इकाईमा संघिय मामिला तथा स्थानिय बिकास मन्त्रालय एवं शहरी बिकास मन्त्रालयका केन्द्रीय आयोजना कार्यान्वयन इकाईहरुलाई निर्देशन दिएको छ ।

Related posts

Leave a Comment