खाना खादैं गर्दा आफ्नै साथीले एकलाख चोरेर बाल्कोनीमा फालेपछि….

खाना खाईरहेको बेला आफ्नै साथीहरुकावीचमा हराएको कृष्ण प्रसाद ताम्रकारको पैसा भेटिएको छ ।
भक्तपुर टिबुक्छे बस्ने कृष्णप्रसाद ताम्राकारको हराएको एक लाख २५ हजार रुपैयाँ प्रहरीले भेटाइदिएको हो । शुक्रबार राति भक्तपुरको शिवा गेष्ट हाउसमा साथी भाइहरुसंग खाना खाने क्रममा उनको साथमा रहेको रकम हराएकाले ताम्राकारले प्रहरीमा उजुरी गरेका थिए । महानगरीय प्रहरी प्रभाग दरवारस्क्वायर भक्तपुरमा जानकारी गराएपछि सोही गेष्ट हाउसबाट रकम फेला पारेको महनगरीय प्रहरी परिसर भक्तपुरका प्रबक्ता कृष्ण प्रसाईले जनाए।

खवर पाउनासाथ प्रहरी टोली खटी गई खोजतलास गर्दा सोही गेष्ट हाउसको ब्रण्डामा कागजमा बेरिएको अवस्थामा फेला परेको हो । फेला परेको रकम परिसर भक्तपुरमा बुझाइएकोमा अनुसन्धान गर्दा सो रकम निज कृष्णप्रसाद ताम्राकारको नै भएकोले निजलाई परिसर प्रमुख प्रहरी उपरीक्षक किरण राणाले शनिबार रकम हस्तान्तरण गरिएको छ ।
उक्त पैसा आफ्नै साथीहरुमध्येले चोरेपनि लुकाउन नसक्ने भएपछि सोही घरकै बाल्कोनीमा फालेको प्रहरीको आशंका छ ।

Related posts

Leave a Comment