उत्तर भारतमा डुंगा डुब्दा २० को मृत्यु

नयाँ दिल्ली । उत्तरी भारतको बाघपत जिल्लामा यमुना नदीमा डुंगा डुब्दा कम्तीमा पनि २० जनाको ज्यान गएको समाचार छ ।

बाग्पतको प्रहरीले दिएको समाचारअनुसार सो डुंगामा रहेकामध्ये धेरैजना हराएका छन् । उनीहरुको खोजी जारी रहेको भए पनि जिवीतै भेट्ने सम्भावना भने कम रहेको प्रहरीको भनाई छ ।

सो डुंगामा ८५ जना व्यक्ति रहेका थिए । प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा उक्त डुंगामा क्षमताभन्दा बढी यात्रु रहेको कारण डुब्न पुगेको हो ।

उक्त डुंगा दुर्घटनापछि अहिले सम्म ८ वटा शव भेटिएको छ । अरु १२ जनालाई जिवीतै उद्वारगरी उपचारार्थ अस्पताल भर्ना गरिएको छ ।

प्रहरी र अन्य उद्वारकर्मीहरुले हराएका ती ३० जनाको खोजी जारी राखेका बाग्पत प्रहरी कार्यालयले जानकारी दिएको छ । प्रहरीकाअनुसार उनीहरुको जिवीतै उद्वारका लागि सक्दो प्रयास गरिएको छ ।

घटनाको जानकारी पाए लगत्तै मुख्यमन्त्री योगी आदित्यनाथले मृतकका परिवारलाई दुई लाख दिने घोषणा गरेका छन् ।

सिन्ह्वा

Related posts

Leave a Comment