युरोप सह-संयोजकमा कमलको उम्मेदवारी, पोर्चुगलवासी भन्छन ‘कमल’ सुख दुःखका साथी हुन

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौं विश्वसम्मेलनबाट बन्ने नयाँ नेतृत्वका लागी युरोप सह-संयोजकको रुपमा भिम केसी ‘कमल’ ले आफ्नो उम्मेदवारी घोषणा गरेका छन ।
पोर्चुगलमा रहेर लामो समयदेखी एनआरएनएमा सक्रिय कमलले संघमा युरोपका नेपाली समुदायको सहभागिता बढाउने एवं विश्वभरका नेपाली समुदायलाई अझै गोलवद्ध बनाउने अभियानसहित आफ्नो उम्मेदवारी घोषणा गरेको बताएका छन ।
विदेशमा रहेर पनि आफ्नो नियमित व्यवसायसँगै नेपालभित्र र बाहिर रहेका नेपाली समुदायको सेवामा समर्पित भिम केसी कमलले युरोप क्षेत्रका नेपाली समुदायका दुःखसुखमा सक्रिय सहभागिता जनाउदै आएका छन ।
गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्षसमेत रहेका कमल नेपालमा गएको महाभूकम्प र बाढि पहिरोपीडितका लागी विभिन्न चरणमा भएका राहत संकलन तथा वितरणमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
नेपालको शैक्षिक उन्नयनमा समेत शिक्षासेवामार्फत आफ्नो उर्वर समय खर्चेका कमलले पोर्चुगल र यसआसपासका मुलुकमा पुग्ने नेपालीका लागी आवास, शिक्षा र रोजगारीका क्षेत्रमा समेत परार्मश र सहयोग गदै आएको पोर्चुगलमा रहेका नेपाली समुदायका प्रतिनिधीहरु बताउछन ।
एनआरएनको आठौं विश्वसम्मेलन काठमाण्डौको हायात होटलमा आँउदो असोज २७ देखी ३१ सम्म हुदैंछ ।
सम्मेलनले आगामी कार्यकालका लागी नयाँ नेतृत्व चयन गर्नेछ । एकाधबाहेक सर्वसहमतिमै नेतृत्व चयन गरेको एनआरएनएको आठौं विश्वसम्मेलनबाट पनि सहमतिमै नयाँ नेतृत्व चुन्ने संकेत देखिएको छ ।
सबैभन्दा महत्वका साथ हेरिएको अध्यक्ष पदका लागी वर्तमान उपाध्यक्ष भवन भट्टले यसअघि नै उम्मेदवारी घोषणा गरिसकेका छन भने अर्का अध्यक्षका प्रत्यासी का रुपमा चर्चा गरिएका कुमार पन्तले भट्टलाई सघाउने भएका छन ।
दुईपटकसम्म अध्यक्ष बनेका शेष घले आफ्नो कार्यकाल अझै लम्बाउने मनस्थितीमा भएपनि अब अध्यक्ष बन्न नपाउने एनआरएनएको बिधानका कारण पत्नी जमुना घलेलाई उम्मेदवार बनाउन लविङ शुरु गरेका छन । वर्तमान कार्यसमितिमै महिला संयोजकका रुपमा रहेकी घलेले भने अहिलेसम्म आफुले उम्मेदवारी दिने बिषयमा मुख खोलेकी छैनन । भट्ट र पन्तवीच हुनसक्ने बिवादलाई मध्येनजर गदैं सर्वसहमतिमा जमुना घलेलाई अध्यक्ष बनाउन सकिने मौका कुरेर बसेका वर्तमान अध्यक्ष शेष घलेले भने भट्ट र पन्तवीचको नयाँ समिकरण बनेपछि अध्यक्षकै रुपमा टिबी कार्कीलाई समेत अघि सार्न सक्ने चर्चा एनआरएनए वृत्तमा चल्न थालेको छ ।

Related posts

One thought on “युरोप सह-संयोजकमा कमलको उम्मेदवारी, पोर्चुगलवासी भन्छन ‘कमल’ सुख दुःखका साथी हुन

Leave a Comment