विराटनगर विमानस्थल शनिबारबाट सुचारु हुने

विराटनगर ।

तीन दिनसम्म परेको अविरल वर्षासँगै आएको बाढीका कारण अबरुद्ध भएको विराटनगर विमानस्थल एक हप्तापछि शनिबारदेखि सुरु हुने भएको छ ।

वर्षासँगै आएको बाढीले विराटनगर विमानस्थलमा एक फिट हिलो जम्मा भएको थियो । काठमाडौंबाट आएको सेनाको स्पेशल टाक्स फोर्स, इटहरी, हिले र विराटनगर विमानस्थलमा रहेको सेनाको टोलीले रनवेमा बाढीले बगाएर ल्याएको माटोको लेदो सफा गरेपछि विमानस्थल सुचारु हुने भएको हो ।

मोरङको बूढीगंगा गाउँपालिकास्थित केसलिया खोलाले सिंचाईको बाँध भत्काएर विराटनगरमा छिरेको पानीले विमानस्थल पनि जलमग्न भएको थियो । पानी र हिलोका कारण विमानस्थलको रनवे, ट्याक्सीवे, टर्मिनल भवन र सुरक्षा निकायको व्यारेकमा तीनदेखि चार फिटसम्म पानी जमेको थियो ।

काठमाडौंपछि जहाज बढी उडान र अवतरण हुने विराटनगर विमानस्थल बाढीका कारण अबरुद्ध हटेलगत्तै काठमाडौं आवतजावतमा सहज हुने नागरिक उड्डयन प्राधिकरण विराटनगरका प्रवक्ता सन्तोष ढकालले बताउनुभयो ।

Related posts

Leave a Comment