विराटनगरको एयरपोर्टमा रहेको वर्षा मापन केन्द्र नै डुवानमा

विराटनगरको एयरपोर्टमा रहेको वर्षा मापन केन्द्र नै डुवानमा परेको छ । वर्षा मापन केन्द्र नै डुबानमा परेपछि त्यस क्षेत्रमा वर्षा मापन गर्न नसकिएको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालले बताउनुभयो ।

बिहीबार रातिदेखि शुक्रवार विहानसम्म विराटनगरमा ५७ मिलिमिटर वर्षा भएको थियो । रिमालले शुक्रवाररातीदेखि भारी वर्षा भएका कारण विराटनगरलगायत पूर्वी क्षेत्र डुबानमा परेको बताए ।

मनसूनी न्यून चापीय रेखा नेपालको पहाडी क्षेत्र अर्थात उत्तरतिर रहेकाले वर्षा बढी भएको रिमालको भनाई छ । भोली सम्ममा पूर्व क्षेत्रको वर्षा रोकिने मौषमविद्हरुको भनाई छ ।

Related posts

Leave a Comment