ढुङ्गा झर्दा बस दुर्घटनामा

दाङ ।

रुकुमबा दाङ, तुलसीपुर आउँदै गरेको ना ३ ख ३२३० नम्बरको यात्रुवाहक बस तुलसीपुर उपमहानगरपालिकाको रामरी भन्ने स्थानमा पहिरोमा पर्दा आइतबार एक जनाको मृत्यु भएको छ ।

सल्यान–रुकुम यातायात प्रालिद्वारा सञ्चालित सो बस गुडिरहेको अवस्थामा सडक माथिबाट ठूलो ढुङ्गासहित पहिरामा पर्दा अन्दाजी ३२ वर्षीय नाम नखुलेका एक पुरुषको घटनास्थलमा मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालय, दाङका प्रवक्ता भुवनेश्वर पौडेलले जानकारी दिए । सो घटनामा घाइते भएका सात जनालाई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरेको जनाइएको छ ।

खोलाले बगाउँदा मृत्यु

तुलसीपुर–घोराही सडकखण्डमा पर्ने हापुर खोलाले बगाउँदा घोराही उपमहानगरपालिका वडा नं १२ बस्ने ३३ वर्षीया निर्मला बाठा मगरको आज मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, दाङका प्रवक्ता पौडेलका अनुसार माइत जान हिंडेकी मगरलाई खोला तर्नेक्रममा बगाएको हो । सो सडक खण्डको जँघारबाट करिब २०० मिटर तल उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

Related posts

Leave a Comment