एसियन बास्केटबलमा नेपालले भाग लिने

एसियन बास्केटबलमा नेपालले भाग लिने

काठमाडौँ । भारतमा आयोजना हुने फिबा सोह्र वर्षमुनि (यु–१६) वुमन्स एसियन च्याम्पियनसिप बास्केटबल प्रतियोगितामा नेपाली महिला खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । यही कात्तिक ५ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगितामा सहभागिता जनाउने १६ सदस्यीय राष्ट्रिय महिला बास्केटबल टोलीलाई नेपाल बास्केटबल संघका अध्यक्ष लामा टेण्डी शेर्पाले आज एक कार्यक्रमबीच शुभकामनासहित विदाइ गरे । प्रतियोगितामा आयोजक भारत, नेपाल, श्रीलङ्का, बंगलादेश, चाइना ताइपेइ, हङकङ, चीन, जापान, दक्षिण कोरिया, थाइल्याण्ड, अष्ट्रेलिया र न्युजिल्याण्डलगायत १४ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । सहभागी खेलाडीमा प्रतिक्षा मगर (कप्तान), श्रेयषी राणा, निस्ता राजभण्डारी, निलम शेर्पा, ममता गुरुङ, अदिती चौधरी, सुष्मा…

Read More

फिफा बारियतामा नेपाल एक स्थान तल

फिफा बारियतामा नेपाल एक स्थान तल

काठमाडौँ ।  विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा)ले सोमबार जारी गरेको नयाँ फिफा वरियतामा नेपाल एक स्थान तल झर्दै १७६ औँ स्थानमा पुगेको छ । त्यस्तै भारत दुई स्थान माथि उक्लँदै दक्षिण एसियाली राष्ट्रमा शीर्ष स्थानमा छ । भारत १०५ औँ तथा अफगानिस्तान १५४ औँ स्थानमा छन् । त्यसैगरी दुई स्थान गुमाएको माल्दिभ्स १५६ औँ तथा भुटान १६ स्थान तल झर्दै १९० स्थानमा पुगेका छन् । बंगलादेश १९६, श्रीलंका १९८ तथा पाकिस्तान २०१ औं स्थानमा छन् । विश्व वरियतामा जर्मनी शीर्ष स्थानमा यथावत् छ भने ब्राजिल दोस्रो र पोर्चुगल तेस्रो स्थानमा…

Read More

पारस खड्काले क्रिकेट प्रेमिहरुसँग माफी माग्दै भने विश्वकपको बाटो अझै छ

पारस खड्काले क्रिकेट प्रेमिहरुसँग माफी माग्दै भने विश्वकपको बाटो अझै छ

काठमाडौँ । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्र्गत हङकङसँगको दोस्रो खेल वर्षाले रद्द भएपछि नेपाल डिभिजन टु मा घटुवा भएको छ । निश्चित जित आवश्यक भएको खेलमा १ अंक बटुलेपछि च्याम्पियनसिपको २ खेल बाँकी छँदै नेपाल डिभिजन टु मा घटुवा भएको हो । आँधीका कारण आईतबारको खेल स्थगित गरेर सोमबारलाई सारिएको थियो । वर्षा जारी रहेपछि अम्पायरले आजको खेल रद्द गर्दै दुबै टोलीलाई अंक बाँढ्ने निर्णय गरेका थिए । अंक तालिकामा नेपाल १२ खेलको समाप्तिमा ९ अंकका साथ छैटौं स्थानमा छ । समान खेलबाट १४ अंक जोडेको हङकङले तालिकाको चौथो स्थानमा…

Read More

समुन्द्री आँधी आउने संकेतपछि नेपाल र हङकङबीचको खेल स्थगित

समुन्द्री आँधी आउने संकेतपछि नेपाल र हङकङबीचको खेल स्थगित

काठमाडौँ ।  विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत आज हुने भनिएको नेपाल र हङकङबीचको दोस्रो खेल स्थगन भएको छ । हङकङमा समुद्री आँधी आउने चेतावनी दिइएका कारण आजका लागि निर्धारित खेल स्थगन भएको हङकङको अफिसियल फेसबुक र ट्वीटरमा उल्लेख छ । स्थगित खेल सोमबार हुने जनाइएको छ । यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल हङकङसँग ८३ रनले पराजित भएको थियो ।

Read More

नेपाल हङकङसँग ८३ रनले पराजित

नेपाल हङकङसँग ८३ रनले पराजित

काठमाडौँ । आइसिसि विश्व लिग क्रिकेट च्याम्पियनसीपअन्तर्गत आज हङकङविरुद्धको पहिलो खेलमा नेपाल ८३ रनले पराजित भएको छ । हङकङले नेपाललाई जितका लागि १९५ रनको लक्ष्य दिएको थियो । नेपालले ३४.५ ओभरमा सवै विकेट गुमाउँदै एक सय ११ रन मात्र बनाउन सक्यो । नेपालका लागि कप्तान पारस खड्काले २६, आरिफ शेखले २३, ज्ञानेन्द्र मल्लले २१, विनोद भण्डारीले १८ तथा सोमपाल कामीले ११ रन बनाए । बलिङतर्फ हङकङका लागि एहेसान खानले पाँच तथा ऐजाज खानले तीन विकेट लिए । यसअघि हङकङको मिसनरोड मैदानमा भएको खेलमा टस जितेर नेपालले हङकङलाई ब्याटिङको निम्तो दिएको…

Read More

नेपाललाई हङकङले दियो १९५ रनको लक्ष्य स्कोरबोर्ड सहित {भिडियो लाईभ}

नेपाललाई हङकङले दियो १९५ रनको लक्ष्य स्कोरबोर्ड सहित {भिडियो लाईभ}

काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत अहिले नेपाल र हङकङ खेलिरहेका छन् । टस जितेर व्याटिङको निम्तो पाएको हङकङले पुरै ५० ओभर खेलेर ९ विकेटको क्षतिमा १ सय ९४ रन बनाएको छ । नेपालले केही बेरमा जवाफी व्याटिङ थाल्ने छ ।    

Read More

विश्व क्रिकेट लिगमा शरद नखेल्ने

विश्व क्रिकेट लिगमा शरद नखेल्ने

काठमाडौँ । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नेपालले खेल्ने छैटौँ चरणको हङकङविरुद्धको दुवै खेल नेपाली टोलीको महत्वपूर्ण ब्याट्सम्यान शरद भेषवाकरले गुमाउने भएका छन् । हङकङको मिसन ग्राउण्ड रोडस्थित मोङ कोक मैदानमा शुक्रबार र आइतबार हुने खेलमा ब्याट्सम्यान शरदले अस्वस्थताका कारण दुवै खेल खेल्न नपाउने नेपाली क्रिकेट टोलीका प्राविधिक विश्लेषक रमण शिवाकोटीले जानकारी दिए । उनका अनुसार शरदका स्थानमा नेपाली सेनाका खेलाडी नरेश बुढाऐरलाई बोलाइएको छ । नेपालले आफ्नो पहिलो खेलमा शुक्रबार हङकङको सामना गर्नेछ । नेपालको वरिष्ठ टोलीले करिब एघार वर्षपछि हङकङमा क्रिकेट खेल्न लागेको हो । यसअघि नेपालले सन्…

Read More

अर्जेन्टिना विश्वकपका लागी छनोट, मेस्सीले गरे ह्याट्रिक

अर्जेन्टिना विश्वकपका लागी छनोट, मेस्सीले गरे ह्याट्रिक

काठमाडौं । अर्जेन्टिना विश्वकपमा छनोट भएको छ । लियोनल मेस्सीले ह्याट्रिक गरेसँगै अर्जेन्टिना विश्वकपमा छनोट भएको हो । बुधबार विहान भएको खेलमा अर्जेन्टिनाले इक्वेडरलाई ३–१ गोल अन्तरले हराएको हो । घरेलु मैदानमा भएको खेलमा इक्वेडरले पहिलो मिनेटमा नै इब्राको गोलबाट अग्रता लिएको थियो । तर, अर्जेन्टिना खेलमा फर्कियो । १२ औं मिनेटमा बराबरी गोल गरेका मेस्सीले २० औं मिनेटमा दोस्रो गोल गरे । ६२ औं मिनेटमा ह्याट्रिक गर्दै अर्जेन्टिनाको जित सुरक्षित पारे । यो जितसँगै अर्जेटिना २८ अंकका साथ तेस्रो भयो । दक्षिण अमेरिकी समूहबाट ब्रजिल यसअघि नै छनोट भइसकेको…

Read More

नेपाल ताजकिस्तानसँग ३—० ले पराजित

नेपाल ताजकिस्तानसँग ३—० ले पराजित

एसिया कप २०१९ को छनौटको आफ्नो चौथो खेलमा नेपाल ताजकिस्तानसँग ३–० गोलले पराजित भएको छ । पहिलो हाफको २० औँ मिनेटमा डिबक्सभित्र नेपाली खेलाडीको हेण्ड भएपछि पाएको पेनाल्टीमा ताजकिस्तानले पहिलो गोल गरेको थियो । दोस्रो हाफमा डिबक्समा ताजकिस्तानका खेलाडीलाई लडाएपछि दोस्रो पटक पाएको पेनाल्टीमा ताजकिस्तानले दोस्रो गोल गरेको थियो । खेलको ८६ औं मिनेटमा अर्को पेनाल्टीमार्फत ताजकिस्तानले तेस्रो गोल गर्दै ३–० को जित दर्ता गरेको हो ।

Read More

नेपाली कराते खेलाडी गिनिस बुक अफ वल्र्ड रिकर्डमा

नेपाली कराते खेलाडी गिनिस बुक अफ वल्र्ड रिकर्डमा

अमेरिका। कराते खेलाडी उज्ज्वल ठकुरी गिनिस बुक अफ वल्र्ड रेकर्डमा दर्ता भएका छन् । ठकुरीले गिनिज बुकमा रहेको भ्यानडम शैलीद्वारा पुरुषले अधिक वजन उठाउने विधामा ५० केजीको कीर्तिमान तोडेर ६३।५८ केजी उठाई नयाँ विश्व कीर्तिमान कायम गरेका हुन् । काठमाडौँमा ४२ वर्ष पहिला जन्मिएका ठकुरी अमेरिका १५ वर्ष अगाडि आएका थिए । कराते खेलमा लागेर धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा जीत हासिल गरी विभिन्न पदक प्राप्त गरेका ठकुरीले वल्र्ड टाइटल बेल्ट, विश्व च्याम्पियन बेल्ट, दुई दुई राष्ट्रिय स्वर्ण पदक, अन्तर्राष्ट्रिय कप र अन्तर्राष्ट्रिय ट्रफीलगायत विविध विधामा स्वर्ण पदक जितेका छन्…

Read More