१९ औं तिलोत्तमा गोल्डकप फुटवल आजदेखि सुरु

१९ औं तिलोत्तमा गोल्डकप फुटवल आजदेखि सुरु

टिभी अन्नपूर्ण १२ फागुन, रुपन्देही । १९ औं तिलोत्तमा गोल्डकप फुटवल आजदेखि सुरु हुदैछ । बुटवलमा रहेको एन्फा टेक्निकल सेन्टरको मैदानमा दिउँसो २ बजेपछिबाट सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा सशस्त्र प्रहरीको एपिएफ र भारतको शेर ए क्लव कालिमपोङ भिड्नेछन् । २१ गतेसम्म चल्ने प्रतियोगितामा ३ बिभागीयसहित १० टिमको सहभागी हुने रुपन्देही जिल्ला फुटवल संघका अध्यक्ष दिर्घवहादुर केसीले जानकारी दिए । प्रतियोगिताको बिजेता टिमले ५ लाख ५५ हजार ५ सय ५५ र उपबिजेताले ३ लाख ५५ हजार ५ सय ५५ रुपैया पुरस्कार पाउनेछन् । त्यस्तै, उत्कृष्ट खेलाडीले मोटरसाइकल पुरस्कार पाउनेछन ।…

Read More

अतिरिक्त खेलाडीले दुई मिनेटमा दुई गोल गर्दै युभेन्टसलाई जित दिलाए

अतिरिक्त खेलाडीले दुई मिनेटमा दुई गोल गर्दै युभेन्टसलाई जित दिलाए

टिभी अन्नपूर्ण १२ फागुन, काठमाडौं । युभेन्टसले पोर्तोलाई हराएको छ । च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लिगमा गएराति भएको खेलमा युभेन्टसले पोर्तोलाई २–० ले हराएको हो । २७ औं मिनेटमा पोर्तोका एलेक्स टेलेस दोहारो पहेँलो कार्ड खाँदै मैदान बाहिरिएपछि पोर्तोको संकट बढेको थियो । १० खेलाडीमा सिमित रहेको पोर्तोमाथि गोल गर्न युभेन्ट्सलाई ७२ मिनेटसम्म कुर्नु पर्‍यो । कुवाडार्डोको स्थानमा मैदानमा प्रवेश गरेका मार्को पाजाकाले पहिलो गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए । त्यसको दुई मिनेटपछि अतिरिक्त खेलाडीको रुपमा मैदान छिरेका डानी अल्भासले गोल गर्दै युभेन्टसको अग्रता दोब्बर बनाए ।…

Read More

इनरिके बार्सिलोनामै बस्नेछन्ः जेरार्ड पिके

इनरिके बार्सिलोनामै बस्नेछन्ः जेरार्ड  पिके

टिभी अन्नपूर्ण ११ फागुन, काठमाडौं । स्पेनिस पावर हाउस बार्सिलोनाको प्रशिक्षक लुइस इनरिकेलाई खेलाडीहरूको पूर्ण साथ रहेको टोलीका प्रभावशाली ३ नम्बरका रक्षक जेरार्ड पिकेले बताएका छन्। गत साता (पिएसजी) सँगको ४–० को लज्जाजनक हार भोगेको टोलीले आइतबार घरेलु लिगको खेलमा लेगानेसमाथि २–१ को जित हासिल गरेको थियो । घरेलु लिगको खेलमा कमजोर मानिएको लेगानेसलाई हराउन पनि अन्तिम समयसम्म संघर्ष गर्नुपर्दा समर्थकहरूले टिम र खास गरी प्रशिक्षक इनरिकेलाई गिज्याएका थिए । ‘सबै खेलाडी पूर्ण रूपमा प्रशिक्षकको साथमा छन्,’ इनरिकेको विषयमा पिकेले भने, ‘समर्थक रंगशालासम्म आउँदा हामी साथ र समर्थनको अपेक्षा गर्छौ…

Read More

मेसीको सम्झौता बार्सिलोनासँग भैसक्योः हिस्टो स्ट्रोइचकोभ

मेसीको सम्झौता बार्सिलोनासँग भैसक्योः हिस्टो स्ट्रोइचकोभ

टिभी अन्नपूर्ण ११ फागुन, काठमाडौं । बार्सिलोनाको महान खेलाडी लियोनल मेसीको सम्झौताको बारेमा विभिन्न टिकाटिप्णी भैरहेको बेला एउटा सनसनीपुर्ण खबर बाहिर आएको छ । बार्सिलोनाका पूर्व स्टार खेलाडी हिस्टो स्ट्रोइचकोभले लिओनल एक अन्तर्वाताको क्रममा मेसीको सम्झौताको विषयमा खुलासा गरेका छन्। बुल्गेरियाका महान खेलाडी स्ट्रोइचकोभले बार्सिलोनाले ६ महिनाअघि नै मेसीको सम्झौता नवीकरण गरिसकेको दावी गरे। स्पेनमा छापिने पत्रिका ‘स्पोर्ट्स’ ले मेसीको सम्झौताको विषयमा सोधेको प्रश्नमा उनले भने–‘मेसीले ६ महिनाअघि नै नवीकरण गरिसकेका छन्।’ इङ्लिस क्लब म्यानचेस्टर सिटीले मेसीको सम्झौताका लागि कीर्तिमानी रकम खर्चिने खबर बाहिर आइरहेको बेला स्ट्रोइचकोभको यस्तो दावी आएको…

Read More

लिओनल मेसी समाजसेवा गर्न कायरो पुगे

लिओनल मेसी समाजसेवा गर्न कायरो पुगे

टिभी अन्नपूर्ण ११ फागुन, काठमाडौं । अर्जेन्टिनी स्ट्राइकर लिओनल मेसी १० वर्षको अन्तरालपछि मंगलबार इजिफ्टको कायरो पुगेका छन् मेसी समाजसेवाको उद्देश्यले कायरो पुगेका हुन्। उनी हेपाटाइटिस ‘सी’ को रोकथामका लागि खुलेको संस्था ‘टुर एन्ड क्योर’ का सद्भावनादूत हुन्। ‘म पछिल्लो पल्ट २००७ मा यहाँ आएको थिए। तर, त्यतिबेला अहिलेजस्तो प्यारामीडलाई राम्रोसँग हेर्न पाएको थिइन्। इजिफ्ट इतिहास बोकेको देश हो। यहाँ आउन पाउँदा खुसी लागेको छ,’ उनले भने। मेसी कायरोमा उत्रिँदा उनलाई हेर्न ठूलो संख्यामा भीड लागेको थियो। कडा सुरक्षाव्यवस्थाका बीच उनी आफ्नो अभियानमा सक्रिय छन्। ‘पहिलो पल्ट प्यारामीड भएको क्षेत्र…

Read More

अष्ट्रेलियाद्धारा श्रीलंका ४१ रनले पराजित

अष्ट्रेलियाद्धारा श्रीलंका ४१ रनले पराजित

टिभी अन्नपूर्ण ११ फागुन, काठमाडौं । अष्ट्रेलियाले तेस्रो टी ट्वेन्टी क्रिकेटमा श्रीलंका ४१ रनले पराजित भएको छ । बुधबारको खेल हारेपनि श्रीलंकाले तीन खेलको सिरिज भने जितेको छ ।यसअघिका दुई खेल श्रीलंकाले जितेको थियो । १ सय ८८ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १८ ओभरमा पुरै विकेट गुमाएर १ सय ४६ रन मात्र बनाउन सक्यो ।

Read More

मनाङ  मर्स्याङ्दी शाहिन आस्मयीसँग पराजित

मनाङ  मर्स्याङ्दी शाहिन आस्मयीसँग पराजित

टिभी अन्नपूर्ण ११ फागुन, काठमाडौं । बङ्गलादेशमा भइरहेको दोस्रो शेख कमल अन्तर्राष्ट्रिय क्लब कप फुटबलमा नेपालको मनाङ मर्स्याङ्दी क्लब हार बेहोरेको छ । आज भएको खेलमा अफगानिस्तानको शाहिन आस्मयीसँग ३—१ गोल अन्तरले पराजित भएको हो । चटगाउँको मोहम्मद अजिज रंगशालामा आस्मयीका अमिरुद्धिनले खेलमा अमिरुद्धिनले ह्याट्रिक गरे भने मनाङका लागि बिमल बस्नेतले हेडमार्फत गोल गरेका थिए ।

Read More

पहिलो हापमा मनाङ मर्स्याङ्दी शाहिन आस्मयीसँग ०—१ ले पछाडी

पहिलो हापमा मनाङ मर्स्याङ्दी शाहिन आस्मयीसँग ०—१ ले पछाडी

टिभी अन्नपूर्ण ११ फागुन, काठमाडौं । बङ्गलादेशमा भइरहेको दोस्रो शेख कमल अन्तर्राष्ट्रिय क्लब कप फुटबलमा नेपालको मनाङ मर्स्याङ्दी क्लबले अफगानिस्तानको शाहिन आस्मयीसँग खेलिरहेको छ । पहिलो हापको खेल सकिदा मनाङ शाहिन आस्मयीसँग ०—१ ले पछि परेको छ । चटगाउँको मोहम्मद अजिज रंगशालामा भइरहेको खेलमा सेमिफाइनल पुग्ने बलियो मनस्थितिसहित मनाङ मैदान उत्रिएको छ ।

Read More

च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीको रवाफ, मोनाको विरुद्ध ५ गोल

च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीको रवाफ, मोनाको विरुद्ध ५ गोल

टिभी अन्नपूर्ण ११ फागुन, काठमाडौं । च्याम्पियन्स लिगमा गएराति भएको खेलमा म्यानचेस्टर सिटीले शानदार जित निकालेको छ । घरेलु मैदान एतिहाद रङ्गशालामा भएको खेलमा मोनाकोलाई ५–३ ले हराएको छ । खेलको २६ औं मिनेटमा रहिम स्टेर्लिङको गोलमार्फत सिटीले अग्रता लिएको थियो ।   त्यसको चार मिनेटपछि नै मोनाकोका राडामेल फाल्कोले गोल गर्दै खेल बराबरीमा ल्याए । मोनाकोका मबपिले ४० औं मिनेटमा गोल गर्दै पहिलो हाफसम्म खेल २–१ को स्थितीमा ल्याए । पहिलो हाफमा अग्रता बनाएको मोनाको दोस्रो हाफमा निरिह बन्यो । दोस्रो हाफमा म्यानचेष्टर सिटीले मानाकोको गोल पोष्टमा चार गोल…

Read More

न्युजिल्याण्डद्धारा साउथ अफ्रिका ६ रनले पराजित

न्युजिल्याण्डद्धारा साउथ अफ्रिका ६ रनले पराजित

टिभी अन्नपूर्ण ११ फागुन, काठमाडौं । एकदिवसीय क्रिकेटमा न्युजिल्याण्डले साउथ अफ्रिका विरुद्ध ६ रनको रोमाञ्चक जित निकालेको छ । टस हारेपछि ब्याटिङको निम्तो पाएको न्युजिल्याण्डले निर्धारीत ५० ओभरमा ४ विकेट जाँदा २ सय ८९ रन बनाएको थियो । न्युजिल्याण्डका लागि डेन ब्राउन्लीले ४४ बलमा ३४ रन, केन विलियम्सनले ७५ बलमा ६९ रन, रस टेलरले १ सय १० बलमा अभिजित १ सय २ रन, जेम्स निशामले ५७ बलमा ७१ रन बनाएका थिए । साउथ अफ्रिकाका डायन पिटोरियसले दुई, जायन पार्नेल र इमरान ताहिरले एक एक विकेट लिए । २ सय ९०…

Read More