लोकदोहोरी गायक विरेन्द्र केसीको पञ्जेबाजाको कोशेली ‘नौमतीको ताल’ बजारमा

लोकदोहोरी गायक विरेन्द्र केसीको  पञ्जेबाजाको कोशेली ‘नौमतीको ताल’ बजारमा

अमृत शर्मा पोखरेल ७ माघ, कतार । विवाहको महिना सुरू भएसँगै पञ्जेबाजाका गीतहरुले नेपाली लोकसंगितको बजार तताईरहेको छ । यस्तै समयमा लोकदोहोरी गायक विरेन्द्र केसीले ‘नौमतीको ताल’ बोलको लोकदोहोरी गीत लिएर बजारमा आएका छन् । यस गीतको स्वरमा लोकदोहोरी गायक विरेन्द्र केसीलाई सांगितिक क्षेत्रकी उदाउँदो ताराको रुपमा चित्रण गरिएकी गायिका कमला गैरेले साथ दिएकी छिन्। साथै यस गीतको लयको निर्माण अनिल कुमार ढकालले गरेका छन् भने जगत पौडेलले उत्कृष्ट शब्दको निर्माण गरेका छन्। त्यस्तै भावना म्युजिक सोलुसन प्रा.लि मार्फत बजारमा आएको उक्त म्युजिक भिडियोमा क्रमश सारिका, मनोज, ज्ञानु तथा विरेन्द्रले…

Read More

टर्किस एयरको विमान किर्गिस्तानमा दुर्घटना, १६ जनाको मृत्यु (भिडियाेसहित)

टर्किस एयरको विमान किर्गिस्तानमा दुर्घटना, १६ जनाको मृत्यु (भिडियाेसहित)

टिभी अन्नपूर्ण ३ माघ, काठमाडौं । टर्किस एयरको विमान किर्गिस्तानमा दुर्घटना भएको छ । विमान दुर्घटना हुँदा कम्तिमा १६ जनाको ज्यान गएको छ । टर्किस एयरलाइन्सको कार्गो विमान बोइङ ७४७ किर्गिस्तानको मानास विमानस्थलमा दुर्घटना भएको समाचार संस्था रोटर्सले जनाएको छ । दुर्घटनाग्रस्त विमानबाट एक पाइलट र १५ जना यात्रुको शव निकालिएको किर्गिस्तानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कार्गो विमान भएपनि विमानस्थल नजिकै घर रहेकाहरु विमानमा यात्रा गरेका थिए । ‘टर्किस एयरलाइन्सको बोइङ ७४७ विमान खराब मौसमी अवस्थाका कारण दुर्घटनामा परेको हो,’ संकट व्यवस्थापन केन्द्रका रिया नोभोस्तीले बताए । आपतकालीन मन्त्रालयले पनि…

Read More

‘हरेक दिन नेपाली परदेशमा रुन्छ’ सार्वजनिक (भिडियाेसहित)

‘हरेक दिन नेपाली परदेशमा रुन्छ’ सार्वजनिक (भिडियाेसहित)

टिभी अन्नपूर्ण २९ पुस, जापान (टोकियो) । कलाकार तथा सर्जक नारायण कंडेलको देशप्रेमले झल्किने नयाँ गीत ‘हरेक दिन नेपाली परदेशमा रुन्छ’ सार्वजनिक भएको छ । जापानमा बस्दै आएका कंडेलले हाल नेपालको वास्तविक बिषयबस्तुमा आधारित भएर लोकदोहोरीको म्युजिक भिडियो सहित गीत प्रस्तुत गरेका हुन् । नेपालमा बिद्यमान रहेको बन्द हड्ताल र देशको राजनीतिक अस्थिरताले देशको बिकासमा समस्या परिरहेको र अन्य बिकसित मुलुक जस्तो नेपाल कहिले बन्न सक्ला भन्ने जिज्ञासा पनि गीतमा दर्शाउन खोजिएको छ । प्रस्तुत गीतमा जापानमै रहेका कलाकार सुर्य खड्काको स्वर रहेको छ भने गीतमा शिव सुवेदीले संगीत दिएका…

Read More

भावुक हुँदै ओबामाले भने, अमेरिकामा मुस्लिममाथिको भेदभाव अन्त्य भयो (भिडियाे)

भावुक हुँदै ओबामाले भने, अमेरिकामा मुस्लिममाथिको भेदभाव अन्त्य भयो (भिडियाे)

टिभी अन्नपूर्ण २७ पुस, काठमाडौं । अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफ्नो दुई कार्यकालको अन्तिम बिदाई भाषण गरेका छन् । दुई पटक अमेरिकाको राष्ट्रपति भएका ओमाबाले आफ्नो अन्तिम बिदाईको भाषणमा ज्यादै भावुक भएका छन् । उनले आफ्नो भाषणमा आठ वर्षअघि आफूले सत्ता सम्हाल्दाभन्दा अमेरिका हरेक हिसाबले राम्रो र सुरक्षित भएको जिकीर गरेका छन् । उनले अमेरिकी मुस्लिमविरुद्धको भेदभाद अन्त्य गरिएको दावी गरे । राष्ट्रपतिका रुपमा शिकागोमा बिदाई भाषण दिंदै ओबामाले जातीय भेदभाव अन्त्यका लागि अझै धेरै काम गर्न जरुरी रहेको पनि बताए । आफ्नो कार्यकालमा ओसामा बिन लादेनलगायतका सयौं आतंककारीलाई समाप्त…

Read More

गायिका जानुका पौडेलले आमालाई किन भन्दैछिन्, ‘दबाई पठाईदेउ’

गायिका जानुका पौडेलले आमालाई किन भन्दैछिन्, ‘दबाई पठाईदेउ’

अमृत शर्मा पोखरेल २१ पुस, कतार । लोकदोहोरी गायिका जानुका पौडेलले ‘आमा दबाई पठाईदेउ’ बोलको लोकदोहोरी गित लिएर बजारमा आएकी छिन् । सांगितिक क्षेत्रकी उदाउँदो ताराको रुपमा चित्रण गरिएकी गायिका जानुका पौडेल तथा चर्चीत लोकदोहोरि गायक विश्व विनोदको लोकदोहोरी गित आमा दबाई पठाईदेउ सार्वजनिक भएको हो । एकल आवाजमा रहेको यस गितको उत्कृष्ट लय गायक विश्व विनोद आफैले निर्माण गरि स्वर भरेका छन् भने जानुका पौडेल र आफैले संयुक्त रूपमा यस गितको उत्कृष्ट शब्दको निर्माण गरेका छन्। विन्ध्यवासिनी म्युजिक प्रा.लि मार्फत बजारमा आएको उक्त म्युजिक भिडियोमा अहिलेका मोडल दुर्गेश थापा…

Read More

समाचार वाचिकाले अकस्मात भित्री वस्त्र देखाउँदा (भिडियोसहित)

समाचार वाचिकाले अकस्मात भित्री वस्त्र देखाउँदा (भिडियोसहित)

टिभी अन्नपूर्ण १८ पुस, काठमाडौं । समाचार वाचन गर्ने क्रममा इटालीकी एक समाचार वाचिकालाई ठूलै आपत पर्‍यो । इटालीकी कोस्टान्जा कालाब्रिजले एक टेलिभिजन मार्फत ब्रेकिंग न्यूज दिईरहेका बेला उनको भित्री वस्त्र देखिएपछि उनलाई ठूलो आपत आयो । दर्शकहरुलाई ब्रेकिंग न्यूज प्रस्तुत गर्ने भनेर उनले आफ्नै ब्रेकिंग गरिन् । लाइभ समाचार वाचन गरिरहेको बेलामा उनले अकस्मात आफ्नो भित्री वस्त्र देखाउन पुगिन् । छोटो स्कर्ट लगाएकी ती समाचार बाचिकाले गोडा फट्याउँदा भित्री वस्त्र देखिएको उनलाई पत्तै भएन । डेस्कमुनि गोडा रहेका कारण दर्शकले आफ्नो कम्मरमुनिका दृश्य देख्दैनन् भनेर निस्फिक्रि गोडा फट्याएकी ती…

Read More

चन्द्रागिरि केवलकारले सुरु गर्‍यो नि:शुल्क बस सेवा (भिडियोसहित )

चन्द्रागिरि केवलकारले  सुरु गर्‍यो  नि:शुल्क बस सेवा (भिडियोसहित )

टिभी अन्नपूर्ण १७ पौस, काठमाडौं । काठमाडौंको नयाँ पर्यटकिय गन्तव्य चन्द्रागिरि केवलकारका लागि आइतवारदेखि काठमाडौंमा निशुल्क बस सेवा सुरु भएको छ । चन्द्रागिरि हिल्स लिमिटेडद्धारा निर्माण भएको चन्द्रागिरि केवलकारमा जाने यात्रुका लागि कम्पनीले निशुल्क बस सेवा सुरु गरेको हो । निशुल्क बस सेवाको कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालले थानकोटस्थित केवलकारको बेस स्टेशन परिसरमा सेवा शुभारम्भ गरे । निःशुल्क बस सेवाको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले भालेश्वर महादेवको दर्शन गर्न आउने दर्शानार्थी तथा चन्द्रागिरी घुम्न आउने पर्यटकहरुलाई थप सहज हुने बताए । ‘हामीले अधिकतम सेवा दिने उद्देश्यले निशुल्क बस सेवा पनि…

Read More

यसोधाले ल्याईन ‘मेरो मन’ म्युजिक भिडियो (भिडियोसहित)

यसोधाले ल्याईन ‘मेरो मन’ म्युजिक भिडियो (भिडियोसहित)

टिभी अन्नपूर्ण १४ पुस, काठमाडौं । नेपाली संगीत क्षेत्रमा एक दसकदेखि सक्रिय गायिका यसोधा खालिङ राईको ‘मेरो मन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । जसमा उनलाई गायक बिशो तेन्जिङले गायनमा साथ दिएका छन । शोलुखुम्बुमा जन्मिएकी गायिका यसोधा स्कुल पढ्दादेखि नै गायन क्षेत्रमा सक्रिय थिईन । स्थानिय स्तरमा हुने बिभिन्न साँगितिक कार्यक्रममा नछुटाई सहभागी हुने यसोधाले अध्ययनको शिलशिलामा काठमाडौं आएपछी संगीतको अनौपक्षरिक शिक्षापनि लिएकी थिईन । सन २००६ मा पबिधान खालिङ राइको संगीतमा आफ्नो पहिलो साँगितिक कोशेली  ‘यसोधा १’ बजारमा ल्याएकी थिईन् । २००६ देखिनै अमेरिका बसोबास गर्दै…

Read More

मुसहर बस्ती बनाउँदै धुर्मुस सुन्तली

मुसहर बस्ती बनाउँदै धुर्मुस सुन्तली

टिभी अन्नपूर्ण ६ पुस, काठमाडौं । सामाजिक काममा सक्रिय हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले तेश्रो एकिकृत बस्ती निर्माण गर्ने घोषणा गरेका छन् । एक भिडियो सार्वजनिक गर्दै उनीहरुले मानवता र सद्भावका लागि सहकार्य गरेर साथ दिन सम्पूर्ण सहयोगी मनसँग अपील समेत गरेका छन् । भूकम्प पिडितका लागि दुईवटा एकिकृत नमूना बस्ती निर्माण सम्पन्न गरीसकेको धुर्मुस सुन्तली फाउण्डेशनले बर्दिबास २, महोत्तरीमा एकिकृत नमूना मुसहर बस्ती निर्माण गर्ने घोषणा गरेको हो । गएको वर्ष सरसफाईका क्रममा धुर्मुस सुन्तली उक्त बस्तीमा पुगेका थिए । चरम गरिबीको चपेटामा रहेका मुसहर…

Read More

तिवारी हत्याकाण्डः छानबिन समिति गठन गर्न युवा संघको माग (भिडियाेसहित)

तिवारी हत्याकाण्डः छानबिन समिति गठन गर्न युवा संघको माग (भिडियाेसहित)

टिभी अन्नपूर्ण ५ पुस, काठमाडौं । युवा संघ नेपालले रुपन्देही संघका अध्यक्ष दुर्गा तिवारीको हत्याको छानबिनका लागि समिति गठन गर्न माग गरेको छ । युवा संघले आज बिहान पत्रकार सम्मेलन गर्दै तिवारी हत्याको विषयमा छानविन गरी सत्यतथ्य छानविन गर्न समिति गठन गर्न माग गरेको हो । संघका अध्यक्ष राजीव पहारीले तिवारी हत्याको छानबिन गरी सत्यतथ्य जानकारी बाहिर ल्याई दोषीमाथि कारबाही गर्न माग गरेका हुन् । तिवारीको हत्या राष्ट्रिय अखण्डतालाई कमजोर बनाउन गरिएको तथा प्रदेश नम्बर ५ मा भइरहेको आन्दोलनलाई निस्तेज पार्न गरिएको भन्दै सरकारले तुरुन्तै छानबिन गर्नुपर्ने बताए । सरकारले…

Read More