खेलकुद क्षेत्रको पूर्वाधार बढाउनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद क्षेत्रलाई उपेक्षा गर्न नहुने बताएका छन् । आईसीसी लिग टु मा तेस्रो स्थान प्रप्त गर्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुक्रवार शीतलनिवासमा बोलाएर बधाइ दिँदै राष्ट्रपति पौडेलले सरकारले खेलकुदलाई उपेक्षित क्षेत्रमा राख्नु नहुने बताएका हुन् ।

राष्ट्रपति पौडेलले भने, ‘मैले हिजो इन्ट्रेस दिएर हेरेँ । असाध्यै राम्रो खेल थियो । दर्शकहरु पनि धेरै प्रफुल्ल हुनुहुन्थ्यो । पूर्वाधारको कमी रहेको छ । तर पनि यस्तो सफलता प्राप्त गर्नुभएको छ, यो ठूलो कुरा हो । यो क्षेत्रलाई पक्कै पनि राज्यले उपेक्षित क्षेत्रमा राख्नु हुँदैन।’

उनले नेपाली क्रिकेट टिमले राष्ट्रको इज्जत र गौरवलाई बढाएको बताए । उनले नेपालमा खेलकुद क्षेत्रमा पूर्वाधारको कमी रहेको भन्दै देशको सान राख्न खेलकुद क्षेत्रको पूर्वाधार बढाउनुपर्ने आवश्यक्ता औंल्याए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार