गाउँलेबाट चन्दा सङ्कलन गरेर ६ जना शिक्षकलाई तलब

गाउँलेबाट चन्दा सङ्कलन गरेर ६ जना शिक्षकलाई तलब

टिभी अन्नपूर्ण १६ फागुन, दाङ । दाङको एक विद्यालयले गाउँलेबाट चन्दा सङ्कलन गरेर शिक्षकलाई तलब दिने गरेको छ। दाङको तुलसीपुर नगरपालिका–७ मा रहेको आधारभुक्त विद्यालय, प्रतावकोटले विद्यालयमा दरवन्दीअनुसारका शिक्षक नहुँदा निजी स्रोतबाट शिक्षकलाई व्यवस्था गरेको विद्यालयका प्रधानाध्यापक फस्टबहादुर रानाले बताए । विद्यालयमा ६ जना शिक्षक निजी स्रोतमा राखेको र उनीहरुलाई दिने तलब गाउँले र सामुदायिक वनबाट उठाउने गरेको रानाले जानकारी दिए। प्रतिघर वार्षिक रु ८०० र रिठेकोट, धर्मशाला सामुदायिक वनबाट अपुग रकम ल्याएर छ जना शिक्षकलाई तलब दिएर विद्यालयमा पठनपाठन सञ्चालन गर्नुपर्ने बाध्यता रहेको विद्यालयले जनाएको छ। हाल विद्यालयमा दरबन्दीमा…

Read More

सीमा क्षेत्रमा पहिलो पटक फलफूल बिक्री केन्द्र बन्ने

सीमा क्षेत्रमा पहिलो पटक फलफूल बिक्री केन्द्र बन्ने

टिभी अन्नपूर्ण १६ फागुन, सुनसरी । सुनसरीको सीमावर्ती क्षेत्रमा पहिलो पटक फलफूल बिक्री वितरण केन्द्र बन्ने भएको छ । स्थानीयको पहल र गरिबी निवारण कोषको आर्थिक सहयोगमा सीमा क्षेत्रको साहेवगन्ज गाविसमा फलफूल बिक्री केन्द्र बन्ने भएको हो ।फलफूल बिक्री केन्द्र रु आठ लाख गरिबी निवारण कोषको सहयोग र रु दुई लाख बराबरको जनश्रमदानसहित रु १० लाखको लागतमा निर्माण हुने निर्माण समितिका अध्यक्ष गयानन्द मण्डलले जानकारी दिए । गरिबी निवारण कोषले ग्रामीण क्षेत्रका कृषकले उत्पादन गरेको तरकारी तथा फलफूल सहज बिक्री र बस्नका लागि समेत सहजता हुने बताएको छ ।

Read More

बाग्लुग बजारको सहकारी गएराती चोरको निशानामा

बाग्लुग बजारको सहकारी गएराती चोरको निशानामा

राजेशचन्द्र राजभण्डारी/टिभी अन्नपूर्ण १६ फागुन, बाग्लुग । बाग्लुग बजारमा सञ्चालित एक सहकारी संस्था गएराती चोरको निशानामा परेको छ । आईतबार लालीगुराँस चोकमा रहेको शुभलाभ बचत तथा ऋण सहकारी संस्थाको मुल ढोका फोडेर चोरहरु सहकारी संस्थाको कार्यालयमा पसेका भएपनि कुनै धनमाल भने चोरी भएको छैन ।  सहकारी कार्यालयका अन्य ढोका फोडेर भित्र पसेकोे देखिएपनि पैसा राख्ने सेफ भएको कोठा भिन्दैस्थानमा भएकाले चोरले धनमाल नभेटेको शुभलाभ बचत तथा ऋण सहकारीका अध्यक्ष ईश्वर प्रसाद श्रेष्ठले जानकारी दिएका छन् । प्रहरीले भने कुनै धनमाल चोरी नभएकाले यो घटना चोरी वा अरु कुनै क्षती पुर्‍याउने…

Read More

सिटी एक्सप्रेसबाट पैसा पठाउनेले पाए काठमाण्डौंमा ३० लाख बढिको घडेरी उपहार

सिटी एक्सप्रेसबाट पैसा पठाउनेले पाए काठमाण्डौंमा ३० लाख बढिको घडेरी उपहार

टिभी अन्नपूर्ण १५ फागुन,काठमाडौं । खाडी मुलुकमा बैदेशिक रोजगारी गर्ने नेपालीहरुमा उत्कृष्ट रेमिट्यान्स सेवा दिदैं आएको सिटी एक्सप्रेस मनी ट्रान्सफरले साउदी अरबबाट नेपालमा रेमिट्यान्स पठाउने ग्राहकलाई काठमाण्डौमा घडेरी उपहार दिएको छ । साउदी अरबबाट सिटी एक्सप्रेसमार्फत नेपालमा ५६ हजार रुपैंया पठाएका महोत्तरीका सनदिलिपकुमार महतोलाई सिटी एक्सप्रेस मनी ट्रान्सफरले काठमाण्डौ उपत्यकाभित्र ४ आना घडेरी उपहार स्वरुप प्रदान गरेको हो ।   सिटी एक्सप्रेस मनी ट्रान्सफरको सिठ्ठी बजाऊ घडेरि जितै कार्यक्रममा सहभागी महतोलाई आज राजधानीमा एक समारोह गरि सिटी एक्सप्रेसका अध्यक्ष हेम गुरुङले ४ आना घडेरी हस्तान्तरण गर्नुभयो । हस्तान्तरण कार्यक्रममा बोल्दै…

Read More

‘नेपाल लगानी सम्मेलन’को तयारी अन्तिम चरणमा

‘नेपाल लगानी सम्मेलन’को तयारी अन्तिम चरणमा

टिभी अन्नपूर्ण १५ फागुन,काठमाडौं । नेपाललाई लगानीको आकर्षक गन्तव्यका रुपमा स्थापित गर्ने उद्देश्यका साथ यही फागुन १९ र २० गते काठमाडौँमा हुने ‘नेपाल लगानी सम्मेलन’ को तयारी अन्तिम चरणमा पुगेको छ ।  उद्योग मन्त्रालय र लगानी बोर्डको संयुक्त आयोजना तथा राष्ट्रिय योजना आयोग र निजी क्षेत्रको सहयोगमा हुने सम्मेलनमा नेपालमा लगानीको सम्भावनाका क्षेत्र, लगानी आकर्षित गर्न सरकारले अघि बढाएका नीतिगत, प्रशासनिक एवम् कानुनी सुधारका प्रयास तथा लगानीका तुलनात्मक लाभबारे गहन प्रस्तुति तथा छलफल हुने सरकारले जनाएको छ । सम्मेलनको तयारीका बारेमा जानकारी गराउँदै उद्योग मन्त्री नवीन्द्रराज जोशीले सम्मेलनमा विदेशी तथा…

Read More

विदेश जानेलाई चुनौतीः कपाल काटेर मासिक दुई लाखभन्दा बढी कमाउँदै युवा

विदेश जानेलाई चुनौतीः कपाल काटेर मासिक दुई लाखभन्दा बढी कमाउँदै युवा

टिभी अन्नपूर्ण १५ फागुन, पर्वत । सानै उमेरदेखि विदेश जाने र प्रशस्त धन कमाएर ल्याउने सपना बोकेका यहाँका एक युवाले सैलुन व्यवसायबाट मासिक दुई लाखभन्दा बढी आम्दानी गर्न थालेका छन् । खाडी मुलुक युएईमा पुगेर दुई वर्षसम्म पसिना बगाए पनि सोचेजस्तो आम्दानी गर्न नसकेपछि घरमै फर्केर सैलुन व्यवसाय सुरु गरेका बानपा–२ का २७ वर्षीय राजन पौडेलले अहिले घरमै बसेर मनग्य आम्दानी गर्न थालेका हुन्। विदेशबाट घर फर्किएपछि राजधानीमा बसेर ६ महिना हेयर डिजाइनर तालिम लिएर पुनः घर फर्केर सैलुन व्यवसाय सुरु गरेपछि जीवनमा सोचेभन्दा पनि राम्रो आम्दानी गर्न सफल भएको…

Read More

धुर्मुस-सुन्तलीलाई विवेकशील नेपालीले गर्‍यो ५ लाख सहयोग

धुर्मुस-सुन्तलीलाई विवेकशील नेपालीले गर्‍यो ५ लाख सहयोग

टिभी अन्नपूर्ण १५ फागुन, काठमाडौं । धुर्मुस सुन्तली फाउण्डेसलाई विवेकशील नेपाली दलले पाँच लाख रुपैयाँ सहयोग गरेको छ । फाउण्डेसनले पुनर्निर्माण गरिरहेको महोत्तरी मुसहरको एकिकृत नमूना बस्तीको सहयोगार्थ उक्त रकम सहयोग गरिएको हो । दलको कार्यालय काठमाण्डौँमा आज आयोजित रकम हस्तान्तरण कार्यक्रममा संस्थाको प्रथम राष्ट्रिय परिषद्को लागि मोरङ जिल्लाका प्रतिनिधि सरस्वती आचार्यले फाउन्डेसनका संस्थापक सीताराम कट्टेल ‘धुर्मुस’ लाई हस्तान्तरण गरिन् । पार्टीका प्रवक्ता रमेश पौडेलद्वारा जारी गरिएको बिज्ञप्तिमा पुनर्निर्माणमा धुर्मुस सुन्तली फाउन्डेसनले गरेको कामलाई थप सहयोग पुगोस् भन्नका लागि यो सहयोग गरेको उल्लेख छ ।

Read More

पत्याउनुहुन्छ ? नेपालमा चामल र पेट्रोल भन्दा बढिको मोबाईलको आयात

पत्याउनुहुन्छ ? नेपालमा चामल र पेट्रोल भन्दा बढिको मोबाईलको आयात

टिभी अन्नपूर्ण १४ फागुन,काठमाडौं ।  पछिल्लो तथ्यांक अनुसार बढ्दो माग पुरा गर्न नेपालमा हरेक महिना २ अर्ब रुपैयाँ बराबरको मोबाइल सेट भित्रने गरेको छ । भन्सार विभागको पछिल्लो विवरण अनुसार मोबाइल सेटको आयात बढेको देखिएको हो । चालु आर्थिक बर्षको पहिलो सात महिनाको तथ्यांकलाई आधार मान्दा मोवाइल सेट, डिजेल पेट्रोल, आइरन स्टिल, अटोमोबाइल र धानचामलपछि सबैभन्दा धेरै आयात हुने वस्तुका रुपमा देखिएको छ । गत साउनदेखि माघ मसान्तसम्मको आयातलाई मासिकमा रुपान्तरण गर्दा हरेक महिना नेपालमा विभिन्न मुलुकबाट १ अर्ब ९७ करोड ९८ लाख २२ रुपैयाँ बराबरका मोवाइल सेट आयात हुने…

Read More

पुर्वका हिमशृङ्खला अवलोकन गर्न विराटनगरबाटै माउन्टेन फ्लाइट

पुर्वका हिमशृङ्खला अवलोकन गर्न विराटनगरबाटै माउन्टेन फ्लाइट

टिभी अन्नपूर्ण १३ फागुन, मोरङ । विराटनगरबाट शनिबारदेखि पूर्वका हिमशृङ्खलाको अवलोकन गराउने उद्देश्यले पर्वतीय उडान (माउन्टेन फ्लाइट) हुने भएको छ । विराट एक्स्पो आयोजक समिति तथा विराटनगरमा पर्यटनसँग सम्बद्ध सङ्घसंस्थाले पूर्वाञ्चलमै पहिलोपटक यती एअरलाइन्सको विमानबाट माउन्टेन फ्लाइट गर्न लागेको जनाएका हुन् । विराटनगरबाट सगरमाथा, मकालु, कञ्चनजङ्घा, गौरीशङ्कर हिमाल सहितका हिमशृङ्खला हेर्ने गरी व्यवस्था मिलाइएको आयोजक संस्था मध्येको विराटनगर ट्राभल्स एसोसिएसनका अध्यक्ष भविशकुमार श्रेष्ठले बताए । उनका अनुसार २९–सिटे यती एअरलाइन्सको जहाजमा २२ जना जान मिल्नेगरी विराट एक्स्पोलाई लक्षित गरेर माउन्टेन फ्लाइटको व्यवस्था गरिएको छ । विराटनगरबाट पहिलो फ्लाइट शनिबार हुनेछ…

Read More

शिवरात्रिको अवसरमा टेलिकमको यस्तो अफर

शिवरात्रिको अवसरमा टेलिकमको यस्तो अफर

टिभी अन्नपूर्ण १३ फागुन, काठमाडौं । नेपाल टेलिकमले शिवरात्रिका अवसरमा ‘फेस्टिभल अफर’ ल्याएको छ । अफरअन्तर्गत ७५ रुपैयाँमा १०० एमबी डाटा खरिद गरी त्यही रकमबाटै पाउने १०० एमबी युट्युब डाटा बोनसस्वरुप १५ दिनसम्म प्रयोग गर्न सकिनेछ । त्यस्तै १ सय ५० रुपैयाँमा २०० एमबी डाटा खरिद गरी २०० एमबी युट्युब डाटा बोनसस्वरुप ३० दिनसम्म प्रयोग गर्न सकिने छ । यसैगरी २२ रुपैयाँ ६० पैसामा १०० एमबी फेसबुक प्याकेज खरिद गरी पाँच दिनसम्म प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।

Read More