चलचित्र ‘मुनलाइट’ ले जित्यो ८९ औं ओस्कार अवार्ड

चलचित्र ‘मुनलाइट’ ले जित्यो ८९ औं ओस्कार अवार्ड

टिभी अन्नपूर्ण १६ फागुन, काठमाडौं । ८९ औं ओस्कार अवार्डमा चलचित्र मुनलाइटले बाजी मारेको छ । चलचित्र ला ला ल्याण्डलाई पछि पार्दै मुनलाइट सर्वोत्कृष्ट चलचित्र घोषणा भएको हो । चलचित्र ला ला ल्याण्डले सर्वोत्कृष्ट निर्देशक तथा सर्वोत्कृष्ट अभिनेत्रीसहित ६ विधामा अवार्ड जित्यो । सर्वोत्कृष्ट अभिनेताको अवार्ड म्यानचेस्टर बाई दि सिबाट केसी अफ्लेकले जिते । यस्तै ला ला ल्याण्डबाट एम्मा स्टोनले सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन् भने ला ला ल्याण्डका निर्देशक डेमियन च्याजलले सर्वोत्कृष्ट निर्देशको अवार्ड जिते । फिन्सिसबाट विओला डेविसले सहअभिनेत्री र मुनलाइटबाट माहेर्शाल अलीले सहअभिनेताको अवार्ड जिते ।

Read More

साहित्यकार व्याकुल माइला ‘करियर स्रस्टा सम्मान’बाट सम्मानित

साहित्यकार व्याकुल माइला ‘करियर स्रस्टा सम्मान’बाट सम्मानित

टिभी अन्नपूर्ण १६ फागुन, काठमाडौं । विभिन्न जातजाति, धर्म, संस्कृतिमा रहेका नेपालीहरुलाई राष्ट्रिय गान मार्फत एकवद्ध बनाउन महत्वपूर्ण योगदान गरेवापत व्याकुल माइलालाई नगद २१ हजार १११ रुपैयाँ राशी र ताम्रपत्र सहितको सो सम्मान प्रदान गरिएको हो । समाजमा उल्लेखनीय योगदान गर्ने विशिष्ट व्यक्तिलाई प्रदान गरिने गरि विद्यालयले यसैवर्ष करियर स्रष्टा सम्मान स्थापना गरेको थियो ।

Read More

भारतीय मूलका अभिनेता देव पटेल ओस्कर अवार्ड पाउनबाट चुके

भारतीय मूलका अभिनेता देव पटेल ओस्कर अवार्ड पाउनबाट चुके

टिभी अन्नपूर्ण १६ फागुन, काठमाडौं । ओस्कर अवार्ड पाउनबाट भारतीय मूलका ब्रिटिश अभिनेता देव पटेल चुकेका छन् । ८९ औं ओस्कर अवार्ड वितरण समारोहमा पटेल सर्वोत्कृष्ट सह अभिनेताको लागि मनोनयमा परेका थिए । उनी फिल्म ‘लायन’बाट मनोनयनमा परेको मा अमेरिकी अभिनेत महेशला अलीले फिल्म मुनलाइनका लागि सह अभिनेताको पुरस्कार हात पारेका हुन्। पटेल ओस्कर अवार्डमा आफ्नी आमा अनिताको साथमा पुथेका थिए। हलिउड अवार्डमा सहभागि हुने मौका पाएका पटेलले आफ्ना लागि निकै ठूलो अवसर भएको प्रतिक्रिया दिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । पटेल सेतो रंगको सूटमा ओस्करको रेड कार्पेट पुगेका थिए।…

Read More

८९ औं ओस्कर अवार्ड ‘मुनलाइट’ लाई, कसले कुन अवार्ड जिते ?

८९ औं ओस्कर अवार्ड ‘मुनलाइट’ लाई, कसले कुन अवार्ड जिते ?

टिभी अन्नपूर्ण १६ फागुन, काठमाडौं । ८९ औं ओस्कार अवार्डमा चलचित्र मुनलाइटले हात पारेको छ । सबै भन्दा धेरै १४ विधामा मनोनयनमा परेको चलचित्र ला ला ल्याण्डलाई पछि पार्दै मुनलाइटले ओस्कर अवार्ड हात पारेको हो । ब्यारी जेनकिन्सले निर्देशन गरेको मुनलाइटले ला ला ल्याण्ड, अराइभल, फेन्सेस, हक्सव रिड्ज, हेल अर हाई वाटर, हिडन फिगर्स, लायन र म्यानचेष्टर बाई द सीलाई पछि पार्दै उत्कृष्ट फिल्मको अवार्ड जितेको हो । उद्घोषिकाको गलत उद्घोषणले गर्दा सर्वोत्कृष्ट चलचित्रको रुपमा भुलबस ला ला ल्याण्डको नाम घोषणा गरिएको थियो । अवार्ड घोषणा गर्न गएका वारेन बेएट्टी…

Read More

लियाको बिहानी सुरुवात ब्याक पोजबाट

लियाको बिहानी सुरुवात ब्याक पोजबाट

टिभी अन्नपूर्ण १६ फागुन, काठमाडौं । मोडल तथा अभिनेत्री लिया माइकलले आफ्नो बिहानीको सुरुवात योगाबाट सुरु गरिन् । तर, उनी कुनै जीममा भने थिइनन् । ३० बर्षकी यी मोडल तथा अभिनेत्रीले आफ्नो विकिनी शरीरलाई होटलको एक पुलमा मस्तसँग शो गरिन् । आइसल्याण्डको निकै आनन्दमय बातावरणमा उनी मस्त देखिइन् । उनले आफ्नो विकिनी शरीर अगाडिबाट शो गरिनन् । बरु, हट शैलीमा पछाडिको भागबाट तस्बिर लिदै सामाजिक संजालमा पोष्ट गरिन् । अहिले उनको उक्त तस्बिर निकै भाईरल बनिरहेको छ ।

Read More

पुष्पल खड्काले नायिका केकीलाई नयाँ तरिकाले राखे प्रेम प्रस्ताव (भिडियो)

पुष्पल खड्काले नायिका केकीलाई नयाँ तरिकाले राखे प्रेम प्रस्ताव (भिडियो)

टिभी अन्नपूर्ण १६ फागुन, काठमाडौं । म्यूजिक भिडियो क्विन केकी अधिकारी चलचित्रसँगसँगै म्यूजिक भिडियोमा पनि झन भन्दा झन् जम्न थालेकी छन् । उनको अभिनय रहेको नयाँ भिडियो गुडीजाने रेलमा पनि उनले दमदार अभिनय गरेकी छन् । भिडियोमा केकीलाई पछिल्लो समयका ब्यस्त मोडल तथा नायक पुष्पल खड्काले साथ दिएका छन् । विशाल भण्डारीले निर्देशन गरेको भिडियोले युवा अवस्थामा प्रेम रोमान्स गर्ने उमेरका किशोर किशोरीको मायाको भावलाई जस्ताको त्यस्तै पर्दामा उतारेको छ । गायक किशोर शिवाकोटीको शब्द शृजनामा सुनिल माष्कले कम्पोज गरेको गीतको एरेन्ज सचिन सिंहले गरेका छन् । अर्जुन तिवारीले छायांकन…

Read More

बौद्ध भिक्षुको भेषमा लुम्बिनी पुगेका इराकी प्रहरी सोधपुछपछि फरार

बौद्ध भिक्षुको भेषमा लुम्बिनी पुगेका इराकी प्रहरी सोधपुछपछि फरार

टिभी अन्नपूर्ण १६ फागुन, काठमाडौं । बौद्ध भिक्षुको आवरणमा भगवान गौतम बुद्धको जन्मस्थल मायादेवी मन्दिर पुगेका इराकी नागरिक प्रहरी सोधपुछपछि फरार भएका छन् । तीन साताअघि मायादेवी मन्दिरबाट पक्राउ परेका ती व्यक्तिले सुरुमा आफूलाई भारतीय नागरिक बताएका थिए । उर्दू, हिन्दी र सामान्य अंग्रेजी भाषामा कुरा गर्ने उनले पछि आफू इराकी शरणार्थी भएको बताएका थिए । प्रहरीले शरणार्थीको परिचयपत्र देखाउन भन्दा लिएर आउँछु भन्दै प्रहरीबाट उम्किएको लुम्बिनी बिकास कोषमा सूचना अघिकृत खगेन्द्र काफ्लेले जानकारी दिए । रुपन्देहीको बेलहियास्थित अध्यागमन कार्यालयका अनुसार पछिल्लो चार बर्षयता इराकी नागरिक तथा शरणार्थी यस मार्गबाट…

Read More

आज ग्याल्बो ल्होसार, सार्वजनिक बिदा

आज ग्याल्बो ल्होसार, सार्वजनिक बिदा

टिभी अन्नपूर्ण १६ फागुन, काठमाडौं । नेपालका आदिवासी शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले ग्याल्बो ल्होसार (नयाँ वर्ष) सोमबार विभिन्न कार्यक्रम गरी मनाउँदै छन् । भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होसार अर्थात् नयाँ वर्ष सुरु हुन्छ । यसअनुसार आइतबार बाँदर वर्ष पूरा भई सोमबारदेखि चरा वर्ष लाग्ने शेर्पा संस्कृतिविद् टीका शेर्पाले बताए । “हाम्रो संस्कृतिअनुसार मुसा, गोरु, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्ष हुन्छ, बालक जुन वर्षमा जन्मेको हुन्छ त्यसकै आधारमा उसको जीवनका धार्मिक क्रियाकलाप सञ्चालन…

Read More

गायक किशोरको ‘गुडी जाने रेल’  गीतको भिडियो सार्वजनिक (भिडियोसहित)

गायक किशोरको ‘गुडी जाने रेल’  गीतको भिडियो सार्वजनिक (भिडियोसहित)

बिमल पराजुली, टिभी अन्नपूर्ण, काठमाडौं । गायक किशोर शिवाकोटीको गुडीजाने रेल बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गायक स्वयंमकै शब्द सृजनामा सुनिल मास्कले कम्पोज गरेको गीतको एरेन्ज सचिन सिंहले गरेका छन् । विशाल भण्डारीले निर्देशन गरेको भिडियोमा पछिल्लो समयकी चर्चित नायिका केकी अधिकारीसँग मोडल पुष्पल खड्काले अभिनय गरेका छन् । युवा वर्गलाई लक्षित गरी रोमान्टिक शैलीको गीतले हरेक प्रेमी मनहरुलाई प्रभाव पार्न सक्ने आशा गायक शिवाकोटीले लिएको बताए । उनले भने प्रेममा पर्दाको समयमा जो कोही पनि उत्साहित हुन्छ र आफ्नो प्रेमका कारण उसले संसार जितेको अनुभुती गर्छ मैले…

Read More

कति पारिश्रमिक लिन्छन् नेपाली सेलिब्रेटी एउटा म्युजिक भिडियो खेलेको

कति पारिश्रमिक लिन्छन् नेपाली सेलिब्रेटी एउटा म्युजिक भिडियो खेलेको

टिभी अन्नपूर्ण, १५ फागुन, काठमाडौं । म्युजिक भिडीयो खेल्ने काम मोडेल मोडलको भएपनि अहिले प्राय अभिनेता र अभिनेत्रीहरुले पहिले म्युजिक भिडियोमा खेल्न थालेका छन् । नेपाली संगित बजार व्यावसायिक रुपमा सफल हुन सकेको छैन । म्युजिक भिडीयोमा लगानी गर्न निर्माता प्रायः डराएकै हुन्छन् । कति पैसा लिन्छन् एउटा भिडीयो खेलेको १) प्रियंका कार्की प्रियंका कार्की एक म्युजिक भिडियोमा काम गरे बापत ५० हजार रुपैयाँ परिश्रमिक लिन्छिन् । २)पुष्पल खड्का उनी एक म्युजिक भिडियोमा काम गरेबापत ३० देखि ४० हजार रुपैयाँ पारिश्रमिक पाउँछन् । उनको मासिक कमाई म्युजिक भिडियोबाटै झण्डै चार…

Read More