आगलागी हुँदा एकै परिवारका ४ सदस्यको मृत्यु, ६ करोड डलर बराबरको धनमाल नष्ट

आगलागी हुँदा एकै परिवारका ४ सदस्यको मृत्यु, ६ करोड डलर बराबरको धनमाल नष्ट

टिभी अन्नपूर्ण १६ फागुन, काठमाडौं । दक्षिणी भियतनामको बिन दोङ्ग प्रान्तमा अवस्थित थु दाउ नगरको एक आवासीय भवनमा शनिबार मध्यरातपछि आगलागी हुँदा सो घरमा बसोबास गर्दै आएका चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा घरधनीकै परिवारका पति, पत्नी र उनीहरुका दुई जना बालबालिका परेका नगर प्रहरीले जनाएको छ । भवनलाई आगोको लप्काले पक्रिएको थाहा पाउनासाथ स्थानीय छरछिमेकका मानिसहरु दौडादौड गर्दै हारगुहार गर्न आउँदा घरका दुबै द्वारहरु भित्रबाट तालाबन्द भएको पाइएको थियो । तत्कालै अग्नी नियन्त्रकहरुले मूल ढोका फोरी भित्र पस्दा आमाचाहिँले छोरीलाई च्यापिरहेको र चारै जना मृत अवस्थामा भेटिए…

Read More

नेपालको प्रचार सामाग्री टाँसेर सिड्नीमा कार कुदाइयो, मेलबर्नमा पनि कुदाउने तयारी

नेपालको प्रचार सामाग्री टाँसेर  सिड्नीमा कार कुदाइयो, मेलबर्नमा पनि कुदाउने तयारी

टिभी अन्नपूर्ण १६ फागुन, अष्ट्रेलिया । अष्ट्रेलियाको महत्वपुर्ण ठाउँहरुमा करिब दुई घण्टासम्म नेपालको पर्यटन प्रबर्धन गर्ने तस्बिर अंकित भएका गाडीहरु एकसाथ कुदेका थिए । निजी कारमा नेपालको पर्यटकिय स्थलहरुको जानकारी रहेको स्टीकर टाँस्ने अभियानलाई एलिडेटमा पनि सञ्चालन गरिएको हो । कार्यक्रमका संयोजक छवि सापकोटाले नेपालको पर्यटन प्रबर्धन गर्नका लागी आयोजना गरिएको यस अभियानमा साथ दिनेहरुलाई धन्यवाद दिएका थिए । जय नेपाल नामक सस्ंथाले यो अभियान सञ्चालन गरेको हो । संस्थाको तर्फबाट कार्यक्रममा सहभागी हुन सिड्नीबाट विष्णु सापकोटा लगायतका युवाहरु एलिडेट आएका थिए । सडकमा एकै पटक २० भन्दा बढी कारहरुको…

Read More

प्रहरीद्वारा सोमबार इस्लामिक स्टेटसँग आवद्ध एक व्यक्ति मारिए

प्रहरीद्वारा सोमबार इस्लामिक स्टेटसँग आवद्ध एक व्यक्ति मारिए

टिभी अन्नपूर्ण १६ फागुन, काठमाडौं । इन्डोनेसियाली प्रहरीद्वारा सोमबार इस्लामिक स्टेटसँग आवद्ध एक व्यक्ति मारिएका छन् । सरकारी कार्यालयनजिकै राखिएको बम विस्फोटपछि भएको दोहोरो गोली हानाहानमा ती व्यक्ति मारिएका हुन । जाभा द्विपको बन्डुङ्ग सहरमा भएको यस घटनामा आइएस आवद्ध व्यक्ति बाहेक अरु कसैको पनि हताहतको खबर नभएको जनाइएको छ । सरकारी कार्यकालको विपरित दिशामा दोहोरो गोली हानाहान हुनुभन्दा पहिले एक पार्कमा प्रेसर कुकर बम विस्फोट भएको थियो ।  स्थानीय समयाअनुसार सो बिहान ८ः३० बजे विस्फोट गराइएको थियो । सुरक्षा अधिकारीसँग दोहोरो गोली हानाहानपछि पेटमा गोली लागेर घाइते भएका ती…

Read More

यि युवक जसले मुक्का प्रहार गरि १ मिनेटमा नै १ सय २४ नरिवल फोरेर गिनिज बुकमा नाम लेखाए  (भिडियोसहित)

यि युवक जसले मुक्का प्रहार गरि १ मिनेटमा नै १ सय २४ नरिवल फोरेर गिनिज बुकमा नाम लेखाए  (भिडियोसहित)

टिभी अन्नपूर्ण १६ फागुन, काठमाडौं । नांगो हातले एक मिनेटमै १ सय २४ नरिवल टुक्राटुक्रा पारेर एक व्यक्तिले विश्व किर्तिमान बनाएका छन् । केरलाका पी डोमनिक नामक एक भारतिय युवाले आफ्नो नांगो हातले एक मिनेटमा १ सय २४ वटा नरिवल फोडेर अनौठो रेकर्ड कायम गरेका छन् । यसअघि त्यसरी नांगो हातले बढि नरिवल फोड्ने किर्तिमान जर्मनीका मुहमद काहरिमनोविकको नाममा थियो, जसले एक मिनेटमा ११८ नविरल फोडेका थिए । तर डोमनिकले उक्त रेकर्ड सजिलैसँग तोडे । हेर्नुहोस् भिडियो

Read More

जर्मन गुप्तचरले नेपाली सञ्चार माध्यममाथि निगरानी गरिरहेको दाबी

जर्मन गुप्तचरले नेपाली सञ्चार माध्यममाथि निगरानी गरिरहेको दाबी

टिभी अन्नपूर्ण १६ फागुन, काठमाडौं । जर्मनीको गुप्तचर संस्था बीएनडीले संसारभरका पत्रकार र पत्रिकामाथि निगरानी गरिरहेको र उनीहरुको फोन, फ्याक्स र इमेल हेरिरहेको अवस्थामा नेपालको पनि पत्रकारहरुको पनि निगरानी बढाईरहेकोविदेशी डेर स्पिगल नामक पत्रिकाले लेखेको छ । डेर स्पिगलका अनुसार बीएनडीले नेपालका पत्रकार संस्थाहरुको निगरानी गर्दै आएको छ । तर, समाचारमा कुन संस्थामाथि निगरानी गरिएको थियो र केका लागि गरिएको थियो भन्ने केही बताइएको छैन । उसका अनुसार बीएनडीले कम्तिमा पनि ५० वटा फोन, फ्याक्स र इमेलमाथि सन् १९९९ देखि निगरानी गरिरहेको समाचारमा दाबी गरिएको न्यूयोर्क टाइम्सले जनाएको छ ।

Read More

नदी दूषित भएपछि चिलीमा ४० लाख व्यक्तिलाई खानेपानीको आपूर्ति बन्द गरियो

नदी दूषित भएपछि चिलीमा ४० लाख व्यक्तिलाई खानेपानीको आपूर्ति बन्द गरियो

टिभी अन्नपूर्ण १६ फागुन, काठमाडौं । आँधीबेहरी र पहिरोका कारण त्यहाँको मुख्य नदीहरु दूषित बनाएपछि अधिकारीहरुले चिलीको राजधानी सान्टियागोमा दिइँदै आएकोे खानेपानी आपूर्ति बन्द गरेका छन् । ४० लाख व्यक्तिहरुले उपभोग गर्दै आएका सो खानेपानी आपूर्ति बन्द गरिएको हो । आँधीबेहरी र पहिरोको कारण चिलीमा चार व्यक्तिले ज्यानसमेत गुमाइसकेका छन् । शनिबारबाट सुरु भएको अविरल वर्षा र पहिरोका कारण माटो–ढुंगासहितको पहिरो गएपछि माइपो नदी दूषित भएको थियो । यस नदीबाट सान्टियागो सहरमा रहेको घेरै आवासीय भवनमा खानेपानी आपूर्ति गरिन्छ । सो नदी सफा नहुँदासम्म करिब ४० लाख व्यक्तिको खानेपानी आपूर्ति…

Read More

इरानी फिल्म ‘द सेल्सम्यान’ ले जित्यो ओस्कार अर्वाड

इरानी फिल्म ‘द सेल्सम्यान’ ले जित्यो ओस्कार अर्वाड

टिभी अन्नपूर्ण १६ फागुन, काठमाडौं । इरानी फिल्म द सेल्सम्यानले ओस्कर अवार्ड जितेको छ। अस्घर फारहादीको निर्देशनमा बनेको यो फिल्म इरानमा ३१ अगस्त २०१६ मा रिलिज भएको थियो। विदेशी भाषाको फिल्मको लागि नेपालले मिनबहादुर भामको कालो पोथी पठाएको थियो। त्यसैगरी भारतले तमिल भाषाको फिल्म इन्टेरोगेसन पठाएको थियो। दुवै फिल्म नोमिनेसनमा परेनन्। स्विडेनको अ म्यान कल्ड ओभ, जर्मनीको टोनी एर्डम्यान, डेनमार्कको ल्यान्ड अफ माइन र अस्ट्रेलियाको टन्ना नोमिनेसनमा परेको थियो। द सेल्सम्यान एमाड र राना जोडीको कथा हो। दुवै स्थानीय नाट्यघरमा आर्थर मिलरको डेथ अफ अ सेल्सम्यान नाटकका प्रमुख कलाकार हुन्छन्।…

Read More

जर्मनीमा आप्रवासीमाथि आक्रमणको खतरनाक प्रतिवेदन सार्वजनिक

जर्मनीमा आप्रवासीमाथि आक्रमणको खतरनाक प्रतिवेदन सार्वजनिक

टिभी अन्नपूर्ण १६ फागुन, काठमाडौं । जर्मनीमा गत वर्ष आप्रवासीमाथि हरेक दिन झण्डै १० वटा आक्रमण भएको एक प्रतिवेदनले देखाएको छ । सन् २०१६ मा आप्रवासीमाथि दिनको १० वटाका दरले आक्रमण भएको जर्मनीको आन्तरिक मामिला मन्त्रालयले जनाएको हो । गत वर्ष आप्रवासीमाथि भएका तीन हजार पाँच सय ३३ आक्रमणमा पाँच सय ६० जना घाइते भएका थिए । घाइते हुनेमा ४३ जना बालबालिका छन् । आप्रवासीमाथि भएका धेरैजस्तो आक्रमण उनीहरुको घरभन्दा बाहिर भएको मन्त्रालयले जनाएको छ । करीब एक हजार आक्रमण भने उनीहरुको आवास क्षेत्रमै भएको छ । चान्सलर एन्गेला मर्केलले…

Read More

सेक्सको माग गर्दा श्रीमतीले हानेको लातबाट श्रीमानको मृत्यु

सेक्सको माग गर्दा श्रीमतीले हानेको लातबाट श्रीमानको मृत्यु

टिभी अन्नपूर्ण १६ फागुन, काठमाडौं । श्रीमान श्रीमतीमा शारीरिक सम्बन्ध भनेको सामान्य हुन्छ । श्रीमान श्रीमतीबिच आफु अनुकुल सेक्स गर्न सक्छन् । तर भारतमा एक यस्तो अनौठो घटना घटेको छ । जुन घटना सुन्दा श्रीमानहरुलाई आफ्नो श्रीमतीसँग सेक्स माग्न नै डराउनुपर्ने हुन्छ होला । बेग्लोरमा श्रीमतीसँग सेक्स माग्दा महिलाको लात्तिबाट श्रीमानको ज्यान गएको छ । श्रीमानको गोप्य अंगमा लात हान्दा उनको ज्यान गएको प्रहरीले जनाएको छ । उनका श्रीमानलाई एचआईभी थियो र कण्डमको प्रयोग बिना नै यौनसम्बन्धको माग गरिरहेका थिए । यहि कुरामा दुबैको झगडा भयो । र झगडाकै क्रममा…

Read More

दुई एयरहोस्टेजको पिठ्युँमा हात पुर्‍याउँदा जेलको बास

दुई एयरहोस्टेजको पिठ्युँमा हात पुर्‍याउँदा जेलको बास

टिभी अन्नपूर्ण १६ फागुन, काठमाडौं । एयर होस्टेजलाई जिस्काउँदा जेलको हावा खानुपरेको छ । मुम्बईबाट नागपुरको फ्लाइटमा रहेका एक यात्रीले दुई एयरहोस्टेजलाई जिस्कापछि जेलको हावा खानुपरेको हो । मध्यप्रदेश घर भएका आकाश गुप्ताले हवाई यात्राका क्रममा मदिराको नशामा रहेर दुई एयरहोस्टेजमाथि दुव्र्यवहार गरेका थिए । हातपात तथा दुव्र्यवहार गरेको आरोपमा गोवाबाट छुट्टी मनाएर फर्किरहेका उनलाई नागपुरबाट पक्राउ गरेको छ । अनुसन्धान गर्दा उनी नशामा भएको पाइएको छ । २५ फेब्रुअरीका दिन उनी जेट एयरवेजको मुम्बई नागपुरको फ्लाईमा यात्रा गर्दै थिए । नागपुर पुलिसका अनुसार बेलुका करिब पौने चार बजे फ्लाइटको…

Read More