वैदेशिक रोजगार सङ्घद्धारा मलेसिया जाने कामदारबाट चर्को रकम असुल्ने संस्था बन्द गर्न माग

वैदेशिक रोजगार सङ्घद्धारा मलेसिया जाने कामदारबाट चर्को रकम असुल्ने संस्था बन्द गर्न माग

टिभी अन्नपूर्ण २४ माघ, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसिया जाने नेपाली कामदारबाट अवैध रुपमा विभिन्न संस्थाले उठाउँदै आएको रकम लिन बन्द नगरे सो देशमा कामदार पठाउन रोक लगाउनुपर्ने माग गरेको छ। सङ्घले माइग्राम, ओएससी, आइएससी, बायोमेट्रिक प्रणालीलगायतका नाममा लिइँदै आएको रकम फागुन २५ गते हटाउन मलेसियाको सरकारसँग कूटनीतिक पहल गर्नुपर्ने र सो नहटाएमा आगामी चैत १ गतेदेखि मलेसियामा कामदार पठाउन रोक लगाउनुपर्ने मागसहितको ज्ञापनपत्र श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङलाई बुझाएको छ। अवैध रकम उठाउने ती संस्था बन्द नगरिए वैदेशिक रोजगार विभाग, काठमाडौँ कार्यालयबाट दिइने पूर्व र अन्तिम…

Read More

प्रहरीमा २६ सय ७८ प्रहरी जवानका लागि आवेदन माग

प्रहरीमा २६ सय ७८ प्रहरी जवानका लागि आवेदन माग

टिभी अन्नपूर्ण २० माघ, काठमाडौं । प्रहरी प्रधान कार्यालयले ठुलो सङख्यामा प्रहरी जवानको नयाँ भर्नाका लागि आवेदन माग गरेको छ । कार्यालयले प्राविधिकतर्फ एक हजार ३३ र जनपदतर्फ १६ सय ४५ जना सहित २६ सय ७८ प्रहरी जवानको माग गरेको हो । प्रहरी जवान जनपद समूहमा एक हजार ६ सय ४५ जना माग गरेको छ। जसमा खुलामा ८८७, अमर अशक्त प्रहरी परिवारलाई ३३, आदिवासी जनजाति २३२, मधेशी २०३, महिला १४५, दलित १०८ र पिछडिएको क्षेत्रका लागि ३७ कोटा छुट्याइएको छ। प्रविधिक समूहअन्तर्गत मेकानिकल इन्जिनियर तथा सवारी, मेकानिकल विपद व्यवस्थापन, स्वास्थ्य,…

Read More

दलित समुदायले भोग्दै आएका समस्या समाधानप्रति सरकार पूर्ण प्रतिबद्ध छ–प्रचण्ड

दलित समुदायले भोग्दै आएका समस्या समाधानप्रति सरकार पूर्ण प्रतिबद्ध छ–प्रचण्ड

टिभी अन्नपूर्ण १८ माघ, काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार दलित समुदायले भोग्दै आएको राजनीतिक, सामाजिक तथा सांस्कृतिक समस्या समाधानप्रति पूर्ण प्रतिबद्धताका साथ क्रियाशील भएको बताएका छन् । राष्ट्रिय दलित मुक्ति मोर्चाका प्रतिनिधिमण्डलसँग मंगलबार छलफल गर्दै प्रधानमन्त्री दाहालले जात, वर्ण र लिङ्गका आधारमा गरिने विभेद र अन्याय सरकारका लागि सह्य नहुने बताए । उहाँले दलित आयोगलाई संवैधानिक मान्यता प्राप्त हुनु ठूलो उपलब्धि भएको बताउँदै दलितहरुको विकास र समृद्धिका पक्षमा कार्य गर्दै आएको उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समितिलाई अझ सक्रिय पारिने बताए । प्रधानमन्त्री दाहालले लक्ष्मी परियार…

Read More

कांग्रेसमा वरिष्ठताक्रमको विवाद सुल्झाउन समिति गठन

कांग्रेसमा वरिष्ठताक्रमको विवाद सुल्झाउन समिति गठन

टिभी अन्नपूर्ण १८ माघ, काठमाडौं । नेपाली कांग्रेसमा वरिष्ठताका आधारमा केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने मापदण्ड बनाएपछि कांग्रेस केन्द्रीय समितिमा वरिष्ठता विवाद चलिरहेको छ। नेताहरुबीच कार्यसम्पादन समितिमा मनोनित हुने २२ सदस्यमा केन्द्रीय कार्यसमितिको मर्यादा क्रममा १ देखि २२ सम्म रहेकालाई मनोनित गर्ने सहमति भएपछि विवाद देखिएको हो। दुई साताअघि कांग्रेस सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलबीच वरिष्ठताका आधारमा केन्द्रीय समितिको मर्यादाक्रममा रहेका १ देखि २२ जनालाई कार्यसम्पादन समितिमा मनोनित गर्ने सहमति भएको थियो। तर त्यसअनुसार मनोनयन गर्दा समितिका केही प्रभावशाली सदस्य कार्यसम्पादन समितिमा नपर्ने र केही निष्क्रिय नेतासमेत समिति…

Read More

लोकसेवाले माग्यो ११ सय १२ नायब सुब्बा, प्रशासन तर्फ सबैभन्दा बढी

लोकसेवाले माग्यो ११ सय १२ नायब सुब्बा, प्रशासन तर्फ सबैभन्दा बढी

टिभी अन्नपूर्ण २७ पुस, काठमाडौं । लोकसेवा आयोगले १ हजार १ सय १२ जना नायब सुब्बा माग गरेको छ । आयोगको बार्षिक कार्यतालिका अनुसार विभिन्न समूहका लागि एक हजार एक सय १२ जना नायब सुब्बाका लागि दरखास्त आह्वान गरेको हो । दरखास्त आह्वान गरिएकामध्ये ४० प्रतिशत खुला प्रतिस्पर्धा र ६० प्रतिशत आन्तरिक प्रतिस्पर्धाका आधारमा पदपूर्ति गरिनेछ । आयोगले सबैभन्दा बढी प्रशासन सेवामा माग गरेको छ । प्रशासन सेवाअन्तर्गत आठ सय ९१ जना माग गरेको छ । जसमा प्रशासन सेवाअन्तर्गत रहेको सामान्य प्रशासन समूहका लागि पाँच सय ९२, लेखा समूहका लागि…

Read More

लोकसेवाद्धारा ५०४ शाखा अधिकृतका लागि दरखास्त आह्वान

लोकसेवाद्धारा ५०४ शाखा अधिकृतका लागि दरखास्त आह्वान

टिभी अन्नपूर्ण २९ मंसिर, काठमाडौं । लोक सेवा आयोगले राजपत्रांकित तृतीय श्रेणीको अप्राविधिक तर्फ ५०४ शाखा अधिकृत पदको लागी दरखास्त आह्वान गरेको छ । आयोगले संयुक्त तथा एकीकृत परीक्षा प्रणाली अन्तर्गत प्रतियोगितात्मक लिखित परीक्षाका लागि दखास्त आह्वान गरेको हो । आयोगले सबै सेवामा खुला र समावेशी गरी ५०४ शाखा अधिकृतका लागि दरखास्त आह्वान गरेको हो । खुला तर्फ दुई सय ७४ तथा दुई सय ३० पदको लागि दरखास्त आह्वान गरेको छ । व्यवस्थापिका संसद, कानुन, न्याय, परराष्ट्र, सामान्य प्रशासन, लेखा, राजस्व, लेखापरीक्षण सेवामा दरखास्त आह्वान भएको हो । महिलाबाट ७३…

Read More

टिम्बर कर्पोरेसनमा खुल्यो ४० जनाको लागि जागिर (विज्ञापनसहित)

टिम्बर कर्पोरेसनमा खुल्यो ४० जनाको लागि जागिर (विज्ञापनसहित)

टिभी अन्नपूर्ण २ कार्तिक, काठमाडौं । सरकारी स्वामित्वमा रहेको टिम्बर कर्पोरेशन अफ नेपालमा ४० रिक्त स्थानका लागि विभिन्न पदहरुमा जागिर खुलेको छ । सोमबार एक विज्ञापन प्रकाशित गर्दै जागिर खुलाएको हो । कर्पोरेशनले लोक सेवा आयोगको सहमतिबमोजिम उपप्रबन्धक, सहायक प्रवन्धक, वरिष्ठ सहायक , सहायक र कम्प्युटर अपरेटर पदमा दरखास्त आह्वान गरेको हो । टिसीएनले वन समूहको प्राविधिकतर्फ ३ जना उपप्रवन्धक मागेको छ । लेखा, प्रशासन र कम्प्युटरतर्फ ६ सहायक प्रवन्धक, लेखा, प्रशासन, र वनतर्फ २३ जना बरिष्ट सहायक पनि मागिएको छ । प्रशासन र कम्इुटरतर्फ ८ जना सहायक पनि टिसीएनले माग…

Read More

नेपाली सेनामा २१ सय २५ जनाको सिट खुल्यो

नेपाली सेनामा २१ सय २५ जनाको सिट खुल्यो

टिभी अन्नपूर्ण १ कार्तिक, काठमाडौं । नेपाली सेनाले एकैपटक सिपाही देखि लिएर वेटर सम्मगरी २१ सयभन्दा बढीका लागि भर्ना आह्वान गरेको छ । जंगी अड्डा काठमाडौंसहित विभिन्न पृतना, बाहिनी, गण तथा गुल्ममा विभिन्न पदमा गरी २१ सय ३५ जनाको लागि दरखास्त आवेदन मागिएको हो । जसमा सैन्य अर्थात सिपाही पदमामात्रै १ हजार ९ सय ५० जनाको लागि आवदेन मागिएको छ । काठमाडौंको जंगी अड्डामा मात्रै ४ सय जना सिपाही माग गरिएको छ । सेनाले लेखा, जमदार, हुद्दा, अमलदार, सैन्य ड्राइभर, बन्दोबस्ती सिपाही, कुचिकार, धोबी, केशकर्तक, वेटर र लोहार पदमा आवेदन…

Read More

सशस्त्रमा खुल्यो ९० प्रहरी अधिकृतको जागिर

सशस्त्रमा खुल्यो ९० प्रहरी अधिकृतको जागिर

टिभी अन्नपूर्ण ५ असोज, काठमाडौं । सशस्त्र प्रहरी निरीक्षक र सहायक प्रहरी निरीक्षकका लागि जागिर खुलेको छ । सशस्त्र प्रहरीले आज एक विज्ञापन प्रकाशित गर्दै ९० प्रहरी अधिकृतका लागि दरखास्त माग गरेको हो । सशस्त्रले ५४ जना प्रहरी निरीक्षक र ३६ सहायक प्रहरी निरीक्षकका लागि जागिर खुलाएको हो । सशस्त्र प्रहरी निरीक्षकमा २९ जना खुलातर्फबाट सेवा प्रवेश पाउनेछन् भने महिला ५, आदिबासी जनजाति ८, मधेसी ७, दलित ३, र पिछडिएको क्षेत्रर अमरप्रहरी परिवारबाट १/१ पदमा आरक्षण कोटा छ । यस्तै सशस्त्र प्रहरी सहायक निरीक्षकका लागि १९ जना खुलातर्फ मागिएको छ…

Read More

नेपाल बैंक लिमिटेडमा ४७ जनाका लागि जागिर खुल्यो

नेपाल बैंक लिमिटेडमा ४७ जनाका लागि जागिर खुल्यो

टिभी अन्नपूर्ण ५ असोज, काठमाडौं । नेपाल बैंक लिमिटेडमा ४७ जनाका लागि जागिर खुलेको छ। बैंकले कनिष्ठ सहायक (गोल्ड टेस्टर) पदका लागि जागिर खुलाएको हो। बैंकले खुलातर्फ २६ जना माग गरेको छ। महिला ७, आदिवासीरजनजाति ६, मधेसी ४, दलित २, अपाङ्ग १ र पछडिएका क्षेत्रबाट १ कर्मचारी माग गरेको हो। जागिरका लागि १८ वर्ष पूरा भइ ३५ ननाघेको हुनुपर्छ। परीक्षणकाल ६ महिनाका हुनेछ भने कार्यक्षेत्र बैंकले खटाएको जुनसुकै शाखामा जानुपर्ने बैंकले जनाएको छ। बैंकको जागिरका लागि प्लस टु भने उत्तीर्ण हुनुपर्छ। आवेदन आगामी १५ दिनभित्र बुझाइसक्नुपर्छ।

Read More