नविल बैंकले सेक्युरिटी कन्सल्टेन्ट माग गरेको छ

नविल बैंकले सेक्युरिटी कन्सल्टेन्ट माग गरेको छ

टिभी अन्नपूर्ण, भदौ २९ नविल बैंकले सेक्युरिटी कन्सल्टेन्ट माग गरेको छ । बैंकले बैंकको सेक्युरिटी व्यवस्थापन पक्षको सम्पूर्ण जिम्मेवारी सम्हाल्न सक्ने नेपाली नागरिकको दरखास्त आह्वान गरेको हो । बैंकका अनुसार, यो पदमा रहेर काम गर्न चाहनेले बैंकको सेक्युरिटी पोलिसीको अध्ययन तथा समीक्षा गर्ने, आवश्यक परेमा थपघट गर्ने, बैंकको केन्द्रीय कार्यालय र शाखाहरुको सेक्युरीटी व्यवस्थापन हेर्ने, बैंकको सुरक्षाका सम्बन्धिमा बैंकका कर्मचारीहरुलाई आवश्यक तालिम दिने, बैंकको सर्भेलियन्स सिस्टमको रिभ्यु तथा मोनिटर गर्ने, बैंकमा आइपर्ने विवादहरु सुल्झाउने, स्थानीय निकाय, प्रहरी तथा अन्य एजेन्सीहरुसँग बैंकको सुरक्षाको विषयमा सल्लाह सुझव लिने लगायतका जिम्मेवारी वहन गर्नुपर्नेछ…

Read More

खुल्यो राष्ट्रिय वाणिज्य बैंकमा २५० जनाको लागि जागिर

खुल्यो राष्ट्रिय वाणिज्य बैंकमा २५० जनाको लागि जागिर

टिभी अन्नपूर्ण, भदौ २९ राष्ट्रिय वाणिज्य बैंकले विभिन्न पदहरुमा २४९ कर्मचारीको लागि आवेदन माग गरेको छ । बैंकले प्रशासनमा सहायक प्रवन्धक ६९ कर्मजारी माग गरेको छ । यसमा आवेदन दिने आवेदकले अर्थशास्त्र वा ब्यवस्थापन संकायमा स्नातकोत्तर उत्तिर्ण गरेको हुनु पर्छ । त्यस्तै बैंकले कम्प्युटर तथा प्रशासनमा ७५ जना वरिष्ठ सहायक र सहायक पदका लागि १०५ जना कर्मचारी माग गरेको हो । वरिष्ठ सहायकका लागि आवेदन दिनेले अर्थशास्त्र वा ब्यवस्थापन संकायमा स्नातक तथा सहायकका लागि १२ कक्षा वा सोसरह उत्र्तिण भएको हुनुपर्ने गरी शैक्षित योग्यता तोकिएको छ । माग गरिएका कर्मचारीमा…

Read More

राष्ट्रिय वाणिज्य बैंकमा २४९ जनाको लागि जागिर खुल्यो

राष्ट्रिय वाणिज्य बैंकमा २४९ जनाको लागि जागिर खुल्यो

टिभी अन्नपूर्ण २८ भदौ, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । वाणिज्य बैंकले केन्द्रीय कार्यालय, क्षेत्रीय कार्यालय र शाखा कार्यालयहरुमा रिक्त रहेका विभिन्न पदका लागि दरखास्त आह्वान गरेको हो । बैंकको मानव संशाधन विभागले मंगलबार एक सूचना जारी गर्दै खुल्ला प्रतियोगिताबाट २४९ जनाको लागि दरखास्त आह्वान गरेको छ । जसअनुसार सहायक प्रवन्धक ६९ जना, वरिष्ठ सहायक १९ जना, वरिष्ठ सहायक (नगद) ५० जना, वरिष्ठ सहायक (कम्प्युटर अपरेटर) ६ जना, सहायक ५५ जना र सहायक (नदग) ५० जना माग गरिएको छ भने त्यसमासमावेशी सिद्धान्त समेत…

Read More

महानगरपालिकामा ७० अधिकृतका लागि जागिर खुला

महानगरपालिकामा ७० अधिकृतका लागि जागिर खुला

टिभी अन्नपूर्ण २७ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकामा ७० अधिकृत पदमा जागिर खुलेको छ । सोमबार महानगरपालिकाले एक विज्ञापन प्रकाशित गर्दै विभिन्न समूहमा अधिकृतहरुको माग गरेको हो । महानगरले यसपाली एकैपटक ५६ जना अधिकृत माग गरेको छ । भने लेखा समूहमा एक जना मात्रै माग गरेको छ । राजस्व समूहमा ३, र प्राविधिकतर्फ १० अधिकृतका लागि महानगरमा जागिर खुलेको छ । प्रशासनतर्फ मागिएको ५६ अधिकृतमध्ये ३० जनाले खुला प्रतिस्पर्धा गर्नेछन् । बाँकी विभिन्न समावेशी कोटाबाट नियुक्त हुनेछन् । परीक्षामा सहभागी हुन स्नातक पास गरेको तथा २१ वर्ष पूरा भई ३५…

Read More

साउदी पुगेका दुई नेपालीको मृत्यु

साउदी पुगेका दुई नेपालीको मृत्यु

टिभी अन्नपूर्ण, नवलपरासी,  भदौ २६। रोजगारीका लागि साउदी पुगेका नवलपरासीका दुई जनाको पछिल्लो एक सातामा मृत्यु भएको छ । साढे दुई वर्षअघि रोजगारीका लागि गएका मध्यविन्दु नगरपालिका साविक तम्सरिया–५, नवलपरासीका ४६ वर्षीय खुइतप्रसाद महतोको हृदयाघातका कारण मृत्यु भएको हो । दश वर्षदेखि सो कम्पनीमा कार्यरत उनी बिरामी भएर अस्पताल लैजाने क्रममा नै मृत्यु भएको सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र, कावासोतीले जनाएको छ । त्यस्तै तीन महिनाअघि साउदी पुगेका कावासोती–९ का मीनप्रसाद अर्यालले विष सेवन गरेर आत्महत्या गरेको परिवारजनलाई उद्धृत गर्दै सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र, कावासोतीकी परामर्शदाता रञ्जना…

Read More

कुमारी बैंकमा विभिन्न पदमा जागीर खुलेको छ

कुमारी बैंकमा विभिन्न पदमा जागीर खुलेको छ

नेपाल राष्ट्र बैंकबाट क वर्गको इजाजतप्राप्त कुमारी बैंकमा विभिन्न पदमा जागीर खुलेको छ । बैंकले आईटी सुपरभाइजर, सुपरभाइजर, अफिसर/आईटी सिनियर अफिसर, अफिसर/सिनियल अफिसर, एसिस्टेन्ट मेनेजर/डेपुटी मेनेजर, मेनेजर/सिनियर मेनेजर र एसिस्टेन्ट जेनेरल मेनेजर पदका लागि दरखास्त आह्वान गरेको हो । आईटी सुपरभाइजरका लागि कोर बैंकिङ सफ्टवेर अथवा आईटीसम्बन्धि जानकारी भएको, कम्तीमा ३ वर्षको अनुभव भएको, कम्प्युटर साइन्स, आईटी, एमआईएस अथवा सम्बन्धि विषयमा स्नातक उतीर्ण गरेको, उमेर ३५ वर्ष ननाघेको तथा हार्डवेर, सफ्टवेर, नेटवर्क सिस्टक, एडमिनिस्ट्रेसन र सेक्युरिटीसम्न्धि जानकारी तथा अनुभव भएको हुनुपर्नेछ । त्यस्तै, सुपरभाइजरका लागि कम्तीमा ३ वर्ष कुनै पनि…

Read More

सेनामा जागिर खुल्यो, भर्ना हुने होईन त !

सेनामा जागिर खुल्यो, भर्ना हुने होईन त !

टिभी अन्नपूर्ण १५ भदौ, काठमाडौं । नेपाली सेनामा डेढसय अधिकृतको लागि दरखास्त खुलेको छ । अधिकृत पदका लागि समावेशी तथा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले दरखास्त आह्वान गरेको हो । महिलातर्फ १३, आदिवासी जनजातितर्फ २२, मधेसी १९, दलित १०, पिछडिएको क्षेत्र ३ र खुलातर्फ ८३ जना गरी १५० अधिकृतका लागि दरखास्त आव्हान गरिएको विभागले जनाएको छ । भदौ १५ गते बुधबारदेखि असोज १३ गतेसम्म दरखास्त दिन सकिनेछ । छुटेकाहरुले भने दोब्बर दस्तुर तिरेर समय सकिएको एकहप्ता पछि सम्म दरखास्त दिन सक्नेछन् । दरखास्त सेनाको वेब…

Read More

प्रहरी सहायक निरीक्षक पदमा जागिर खुल्यो

प्रहरी सहायक निरीक्षक पदमा जागिर खुल्यो

टिभी अन्नपूर्ण साउन ३१  काठमाडौं नेपाल प्रहरीले प्रहरी सहायक निरक्षक पदमा नयां भर्ना खुलाएको छ ।प्रहरी प्रधान कार्यालय नक्सााले ५ सय ५१ जना सहायक निरीक्षक माग गरेको हो । प्रहरीका लागी आवस्यक उल्लेखित सख्याका लागी खुलातर्फ २९७, आदिवासी जनजातितर्फ ७७, मधेसी ६८, महिला ४९, दलित ३६, पिछडिएको क्षेत्र १३ र अमर प्रहरी परिवार ११ जना सहायक निरीक्षकका लागि भर्ना खुलेको जनाएको छ । दरखास्त भदौ १२ गतेदेखि असोज १० दरखास्त दिन सक्ने नेपाल प्रहरीले जनाएको छ । बिस्तृत जानाकारीको लागी www.nepalpolic.gov.np मा हेर्न सक्नुहुनेछ ।

Read More

बैंकमा रोजगारीको अवसर ।

बैंकमा रोजगारीको अवसर ।

गोर्खामा रहेको कसमस डेभलपमेण्ट बैंकका केही सुपरभाईजर, केही अफिसर, लगायत बिभिन्न पदमा दरखास्त आव्हान गरेको छ । तपाई यहां  (https://www.cosmosbank.com) क्लिक गरेर आवेदन दिन सक्नुहुनेछ ।

Read More