असनको ढलमा राणा प्रधानमन्त्री वीरशमशेरकालीन इँट फेला

असनको ढलमा राणा प्रधानमन्त्री वीरशमशेरकालीन इँट फेला

टिभी अन्नपूर्ण ९ माघ, काठमाडौं । राणा प्रधानमन्त्री श्री ३ वीरशमशेरकालीन असनको ढल मर्मतसम्भार गर्न भन्दै जथाभाबी भत्काउँदा अहिले राजधानीको यो पुरानो बजार हिँडिनसक्नु गरी दुर्गन्धित भएको छ। यो बजारको मुख्य गल्ली सम्पदा मार्गमा जथाभाबी सात फिट गहिरो खाल्टो बनाइएको छ। महानगरले ढल थुनिएको भन्दै बिनायोजना ४/५ ठाउँमा ठूल्ठूला खाल्टा खनेपछि पुरानो ढल भेटिएको छ। उक्त पुरानो ढलमा वीरशमशेरकालीन इँट भेटियो तर महानगर र स्थानीयले यो ऐतिहासिक पक्षको बेवास्ता गरे। महानगरपालिका ३० असन बजारको ढल अहिले भताभुंग पार्दा यो ऐतिहासिक र पुरानो बजार सुनसान बन्न थालेको छ। करिब डेढ सय…

Read More

निःशुल्क घोषणा गरिएका औषधि अस्पतालमै अभाव,

निःशुल्क घोषणा गरिएका औषधि अस्पतालमै अभाव,

टिभी अन्नपूर्ण, ९ माघ, स्याङजा सरकारले निशुल्क भनी घोषणा गरेको औषधिको सूची लामो छ तर यहाँका विरामी यो सुविधाबाट वञ्चित हुनु परेको छ । ग्रामीण स्वास्थ्य चौकी मात्र होइन, जिल्ला अस्पातालमै छैन पर्याप्त औषधि । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार तीनबर्षयता केन्द्रबाट निशुल्क वितरण गरिनुपर्ने सूचीका औषधि नै आएको छैन । केन्द्रीय मेडिकल स्टोरबाट नियमित उपलब्ध गराउने भनिएका ७० प्रकारका औषधि विरामीले बाहिरबाट किन्नुपर्ने अवस्था छ । लामो समयसम्म सिटामोलसमेत अभाव भएपछि जिल्लाले टेन्डर गरी केहि औषधि खरिद गरेपनि त्यसले दुई महिनै नथेगेको जिल्ला स्वास्थ्य प्रमुख डा. दिपक काफ्लेले बताए ।

Read More

पियनकै भरमा कक्षा संञ्चालन,

पियनकै भरमा कक्षा संञ्चालन,

टिभी अन्नपूर्ण, ९ माघ, नवलपरासी कावासोती १५ शेरगन्जस्थित माझी प्राविमा शिक्षक अभावले सहयोगी ९ पीयनकै भरमा कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता छ । विद्यालय सहयोगी मनमाया माझी वालबालिकाको लागि दिवा खाजा मात्र तयार पार्दिनन्, शिशु र कक्षा १ लाई पढाउने जिम्मेवारी समेत वहन गर्छिन् । त्यसै खाली बस्नुभन्दा आफूले जानेका कुरा पढाउने गरेको उनले बताईन् । राहत दरबन्दी एक जना र बालविकासतर्फको एक जना गरी दुई जना शिक्षिका मात्र विद्यालयमा छौं’ प्रधानाध्यापक रामकुमारी मर्दनियाले भनिन्, ‘पियनले पनि कक्षा सञ्चालन गर्नुहुन्छ ।’ अहिले विद्यालयमा ६० छात्रछात्रा अध्ययनरत छन् । जसमध्ये तीन जना…

Read More

अमेरिकाबाट नेपाल आउदै गरेकी एक नेपाली महिलाको उडिरहेकै जहाजमा मृत्यु

अमेरिकाबाट नेपाल आउदै गरेकी एक नेपाली महिलाको उडिरहेकै जहाजमा मृत्यु

 टिभी अन्नपूर्ण ८ माघ, काठमाण्डौ । कतार एयरको फ्लाइट नं क्यू आर ०७०८ बाट बुधवार अमेरिकाको वासिंगटन डिसीबाट कतारको दोहाहुँदै नेपाल फर्कन लागेकी ७९ वर्षिया देवन्ती विश्वकर्माको उडिरहेको जहाजमै निधन भएको छ। पारिवारीक स्रोतले जनाए अनुसार मृतक बिश्वकर्माको लासलाई छानविनका लागि अहिले कतारका सुरक्षाकर्मीले नियन्त्रणमा लगेका छन्। उडिरहेको जहाँजमा विश्वकर्मालाई अफ्ट्यारो भएपछि प्राथामिक उपचार गरिएको थियो। १४ घन्टा लामो उडान पछि दोहोमा उत्रिए लगतै बेहोस भएकी देवन्ती विश्वकर्मालाई स्वास्थ्यकर्मीले मृत्यु भएको घोषणा गरेका थिए। अमेरिकामा रहेका छोराबुहारीलाई भेटन ६ महिना अगाडी अमेरिका पुगेकी विश्वकर्मा गएको बुधवार कतारको दोहा हुँदै नेपाल…

Read More

बैशाख भित्रै स्थानीय निर्वाचन गर्न दलबीच सहमति, २ नम्बर प्रदेशको संरचना फेरिने

बैशाख भित्रै स्थानीय निर्वाचन गर्न दलबीच सहमति, २ नम्बर प्रदेशको संरचना फेरिने

टिभी अन्नपूर्ण ८ माघ, काठमाण्डौ । प्रमुख तीन दलका शिर्ष नेतृत्वबीच बैशाख मसान्त भित्र स्थानीय तहको निर्वाचन गर्ने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मुख्य तीन दलका शिर्ष नेताहरुबीचको बैठकले बैशाख मसान्तभित्रै स्थानीय तहको निवार्चन गर्ने सहमति गरेको हो । बैठकमा कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले बैशाख मसान्त भित्र निर्वाचन गर्नका लागि माघ १५ गतेभित्रै निर्वाचनसँग सम्वन्धित विधेयकहरु संसदबाट पारित गर्ने बिषयमा पनि समझदारी भएको बताउनुभयो । बैशाख मसान्तभित्रै स्थानीय तहको निर्वाचन गर्ने भनिएपनि मधेशी मोर्चा र निर्वाचन आयोगसँगको छलफलपछि मिति तोक्ने निर्णय भएको समेत पौडेलको पौडेलको भनाई…

Read More

सलमान खानसँग डेट जान आँतुर छन यमी

सलमान खानसँग डेट जान आँतुर छन यमी

टिभी अन्नपूर्ण ८ माघ, काठमाण्डौ । अभिनेत्री एमी ज्याकस्न अहिलेसम्मको सबैभन्दा महँगो भारतीय फिल्म ‘२.०’ मा रजनीकान्त र अक्षय कुमारसँग काम गर्ने भएकी छन । अघिल्लो वर्ष सलमान खानका भाइ सोहेल खानको ब्यानरमा बनेको फिल्म ‘फ्रिकी अली’मा नवाजुद्दिन सिद्दिकीसँग काम गरेकी एमी यसपटक अहिलेसम्मकै सबैभन्दा महंगो भारतीय फिल्म मा काम गर्ने भएकी हुन । बेलायती सहर लिभरपुलबाट बलिउडमा इन्ट्री गरेकी एमीको नाम बिभिन्न समयमा सलमानसँग जोडिने गरेको छ भने उनि सलमान खानसँग डेट जान चाहेको बताएकी थिईन । कतिले त सलमानको रोमानियाली गर्लफ्रेन्ड युलिया वन्तुरसँग सम्बन्धविच्छेद भएपछि उनले एमीसँग डेट…

Read More

अब ६ महिनाभित्रै नेपाल र चीन जोड्ने सबैभन्दा छोटो नाका खुल्दै, निमार्णको काम तीब्र

अब ६ महिनाभित्रै नेपाल र चीन जोड्ने सबैभन्दा छोटो नाका खुल्दै, निमार्णको काम तीब्र

चोलुङ लामा, टिभी अन्नपूणर्, ताप्लेजुङ । नेपाल र चीन जोड्ने सबैभन्दा छोटो नाका टीपतालापासहुदैं ओलाङचुुङगोलादेखी चीनको रिउब बजारसम्मको नाका अब ६ महिनाभित्रै खुल्ने भएको छ । निर्माणधिन २२ किलोमिटर सडकखण्डमध्ये २ हजार ६ सय मिटर मोटरबाटो निमार्ण भईसकेको छ । यसबाहेक यसअघि सोही सडकखण्डमा स्थानीयले खनेको ६ सय मिटर भाग समेत यसैमा जोडिएको छ । बहुबर्षीय ठेक्का प्रणाली मार्फत निमार्ण हुँदै आएको यो खण्डमा चालु कार्यका लागि ४ करोेड बढी रकम छ । यहि कारण थप कामका लागी रकम अभाव नहुने भएकाले तोकिएकै समयमै सडक निर्माणको काम सहिने आयोजना प्रमुख…

Read More

यि हुन घ्युकुमारीको जुस पिउदा र लगाउदा हुने फाइदाहरु

यि हुन घ्युकुमारीको जुस पिउदा र लगाउदा हुने फाइदाहरु

टिभी अन्नपूर्ण ८ माघ, काठमाण्डौ । घ्युकुमारीको करिब २ सय ५० प्रजाति रहेका छन् । यसमध्ये केही प्रजातिमात्र औषधीय गुण हुने गर्छ । यसमा सबैभन्दा प्रभावशाली प्रजाती बार्बाडेन्सीस वा एलोभेरा हो । हाम्रो शरिरको सही विकाका लागी २१ वटा एमिनो एसिडको आवश्यकता पर्छ । यसमा १८ वटा एमिनो एसिड एलोभेरामा पाइन्छ । एलोभेरा जुसमा क्याल्सियम, सोडियम, आइरन, पोटासियम, क्रोमियम, मैगनीज, ताम्बा जस्ता खनिज पदार्थ पाइन्छ । एलोभेरामा १८ धातु, १५ एमिनो एसिड, र १२ थरीका भिटामिन पाइन्छ । यसले शरिरमा रगतको मात्राको कमीलाई कम गर्नुका साथै शरिरमा प्रतिरोधी क्षमतामा बृद्धी…

Read More

-याप गायक यम बुद्धको सम्झनामा दीप प्रज्वलन हेर्नुहोस् तस्विरमा

-याप गायक यम बुद्धको सम्झनामा दीप प्रज्वलन हेर्नुहोस् तस्विरमा

टिभी अन्नपूर्ण ८ माघ, काठमाण्डौ ।  गत शनिबार लण्डनमा आत्महत्या गरेका -याप गायक यम बुद्ध (अनिल अधिकारी)को सम्झनामा दीप प्रज्वलन गरिएको छ। शनिबार साँझ बसन्तपुर दरबार क्षेत्रमा दीप प्रज्वलनसहित राखिएको खाली व्यानरमा हस्ताक्षर गरी उनीप्रति समर्थक सर्वसाधारणले श्रद्धान्जली व्यक्त गरेका छन । दिवंगत गायक अधिकारीकै अग्रसरतामा शुरु भएकोे र्याप ब्याटल गायकहरुको संस्था र–बार्जको आयोजनामा सो कार्यक्रम भएको हो । गत शनिबार बेलायतको लण्डनस्थित आफ्नै निवासको बाथरुममा २९ वर्षीय गायक अधिकारीको मृत भेटिएका थिए । उनको शव नेपाल ल्याउने तयारी भइरहेको पारिवारिक श्रोतले जनाएको छ ।  

Read More

वैशाख तेस्रो साता स्थानीय निकायको निर्वाचन गराउन तीन दल सहमत

वैशाख तेस्रो साता स्थानीय निकायको निर्वाचन गराउन तीन दल सहमत

टिभी अन्नपूर्ण ८ माघ, काठमाण्डौ । प्रमुख तीन राजनीतिक दल आगामी वैशाखको दोस्रो सातामा स्थानीय तहको निर्वाचन सम्पन्न गराउन सैद्धान्तिक रुपमा सहमत भएका छन् । मधेसकेन्द्रित दलको माग सम्बोधनका लागि व्यवस्थापिका–संसद्मा टेबल भएको संविधान संशोधनका विषयमा हालसम्म सत्तापक्ष र प्रमुख प्रतिपक्षीले फरकफरक अडान राखे पनि निर्वाचन गराउन एकमत हुनुले त्यो विवादलाई पनि वार्ताबाट मिलाउन उनीहरु तयार देखिएका छन् ।  प्रधानमन्त्री पुृष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज साँझ आमन्त्रण गर्नुभएको प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा निर्वाचनका लागि अन्य राजनीतिक, कानुनी र सुरक्षाको वातावरण बनाउँदै सो समयमा हुने गरी चाँडै स्थानीय तहको…

Read More